under featured image
Sky Link

बुद्ध विशाल बजार पोखरा सिल गरीएको छैन

Above News Headline

पोखरा भ्वाइस संवाददाता, भाद्र ५, पोखरा
बुद्ध विशाल बजार पोखरामा कोरोना संक्रमित बिरामी देखीएपछि सिल गरीएको भन्ने समाचार विभिन्न मिडियामा आएकोमा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको गम्भीर ध्यानर्कषण भएको बताइएको छ ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव खत्रीद्धारा जारी विज्ञप्तीमा भनिएको छ “पोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशालबजारमा २ जना कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र पूर्णतयः शिल गरिएको भन्ने समाचार विभिन्न मिडियामा आएकोमा यस तर्फ बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको गम्भीर ध्यानर्कषण भएको बताउदै कोरोना संक्रमित दम्पती पोखरा महानगरपालिका ९ का वासिन्दा रहेको र उहाहरु वडाको निगरानीमा एक हप्ता अगाडीदेखी नै होम क्वारेन्टेनमा नै रहदै आउनुभएको जनाइएको छ” ।
विज्ञप्तीमा भनिएको छ “नेपाल सरकारले आग्रह गरेको निति नियम अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिन २०७६ चैतमा नेपाल सरकारले नेपालमा कोरोना संक्रमीत बिरामी देखीए पछि पहिलो पटक चैत ११ गते देखी लागु गरेको लगडाउनमा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले उच्च सतर्कता अपनाउदै एक दिन अगाडी नै चैत १० गते बाट बुद्ध विशाल बजार भित्रका सम्पूर्ण ब्यापारिक प्रतिस्ठानहरु बन्द गर्ने निर्णय गरेको स्मरण गराउदै हाल पोखरामा पनि कोरोना संक्रमीत बिरामीहरु बढीरहेको बताउदै बढी मानिसहरु भिडभाड हुने स्थानहरु उच्च सावधानी अपनाउनुपर्ने भएको हुदा पोखरा महानगरपालिका वडा न. ४ को विशेष आग्रह र व्यवसायी साथीहरुको आपसी सल्लाहमा स्वतःस्फुर्द रुपमा पोखरा लकडाउन हुनुभन्दा एकदिन अगाडि व्यवासीक सटरहरु बन्द गरीएको जनाउदै उक्त क्षेत्रलाई शिल गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताइएको छ” ।

Bg Hospital

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनाका अध्यक्ष केशववहादुर खत्रीका अनुसार विस्वभरि नै माहामारिको रुपमा देखिएको कोरना भाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दे कोरोना भाइरसको प्रकोप प्रति सचेत हुदै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले विशाल बजारका सम्पुर्ण शौचालयमा ह्ययाडवासको व्यवस्था गर्नुको साथै मुख्य गेटमा हात धुने ब्यवस्था, ज्वरो नाप्ने ब्यवस्था, माक्स लगाउने व्यवस्था, सेनेटाइजर लगाउने व्यवस्था गर्नुको साथै सम्पुर्ण ब्यवसायीहरुले सामाजिक दुरीको साथ पसल सन्चालन गरीएको बताए ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.