under featured image
Sky Link

नेता सापकोटाको समन्वयमा पोखराको गणतान्त्रिक चोकमा फुड सेन्टर

Above News Headline

पोखरा भ्वाइस संवाददाता, भाद्र १०, पोखरा,
विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड १९) को कारण भएको बन्दाबन्दी र देशको अवस्थालाई मध्यनजर गर्दै पोखरामा फुड सेन्टर अभियान थालिएको छ । बिशेष गरि दैनिक ज्याला मजदुरी गरेर खाने, र बन्दाबन्दीका कारण दैनिक बिहान बेलुका खान समेत अपुग हुने हरुको लागि लक्षित गरि अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिधार्थि युनियन (अनेरास्वयू) केन्दीय नेता क्षितिज सापकोटाको समन्वय र सहिद बेपत्ता स्मृति स्पोर्ट्स स्कूल को सहकार्यमा पोखराको गणतन्त्रिक चोकमा फुड सेन्टर संचालन गरिएको हो ।
खाद्यान्न हुनेले दिएर जाने तथा नहुने ले लिएर जाने हुदा पनि यो अभियान आफैमा लोकप्रीय रहेको छ । राहतको नाममा १÷२ सामाग्री बाड्दै फोटो खिचाउदै जाने चलन लाई समेत अन्त्य गराउन फुड सेन्टर संचालन गरिएको नेता सापकोटा ले बताए । राहत बितरण प्रचारका लागि नभई योगदानको निमित्त हुनुपर्ने भन्दै जो कोहिलाई पनि भोकै बस्न पर्ने अवस्था आउन नदिन फुड सेन्टर संचालन गरिएको बताए ।फुड सेन्टरमा मास्क, Senitizer साथै नुन, तेल, चिनि, दाल, चामल, लगायत खद्यान्नहरु राखिएको छ । यो अभियान अबको १ हप्ता सम्म पोखराको विभिन्न ठाउँ मा चल्ने  छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.