under featured image
Sky Link

लकडाउन होईन, काम गर्ने वाताबरण चाहियो

१४ दिनको क्वारेण्टाइन अनुभब

Above News Headline

तेज गिरी
आज भन्दा ठिक १५ दिन अघि सधै झै विहान ५ बजे उठे । अन्य दिन भन्दा त्यो दिन शरिर अत्यन्तै आलश्य थियो, एक्सरसाईज गर्न कोशिस गरे सकिन, शरिरका हरेक जोर्नीहरु दुखेका थिए, रिङ्गटा लागिरहेको थियो। शरिरको तापक्रम पनि अन्य दिन भन्दा बढि भएको महशुष भईरहेको थियो । खोकी लाग्ने र छाती दुख्ने पनि भई रहेको थियो । थर्मोमिटरबाट ज्वरो जाँच गर्दा १०० डिग्रीको नजिक नजिक पुगेको थियो । कताकता मनमा चिसो पसे जस्तो भयो र तत्कालै कोरोना संक्रमित भएका उपत्यका बाहिरका साथीहरुलाई फोन गरे र लक्षणहरु सोधे, उहाँहरुले बताउनु भएको लक्षण शतप्रतिशत मलाई मिल्न गयो । त्यसपछि झनै मेरो मनमा विभन्न सकारात्मक नकारात्मक विचारहरुको युद्ध नै चल्न थाल्यो । मनले आफुलाई शतप्रतिशत कोरोना नै भयो भन्ने निधो दियो । मेरो सामिप्यतामा आएका साथीहरुलाई फोन गरि मलाई केही असहज भएको छ, तपाँईहरु सुरक्षित रहनु भनि सल्लाह दिएँ । कोही कसैलाई पनि यो कुरा खुलेर भन्ने आँट गर्न सकिन शरिरमा अत्यन्तै पिडा र जलन भईरहेको थियो । आफुले प्रयोग गर्ने र खाने सम्पूर्ण सामानहरु एउटा छुट्टै कोठामा ल्याएर राखे र अब १४ दिन कोही कसैको पनि सम्पर्कमा नरहने निधो गरे । मेरो त्यो क्रियाकलाप देख्दा श्रीमती र छोरी अचम्मित थिए । छोरी बारम्बार आएर अंकमाल गर्न खोज्थिन तर उनलाई श्रीमतीले सम्झाई बुझाई गरेपछि आउनै छोडिन । पहिलो दिन वित्दै गयो साँझ भएपछि शरिरमा झनझन पिडा थपिँदै गयो । नत शरिरको तापक्रम कम हुन्छ, नत शरिर दुख्न नै । खोकी झन झन बढ्दै गयो, खोकी लाग्दा छिमेकीले सुन्छन् कि भन्ने डर अत्यन्तै हुन्थियो र खोकि र हाच्छिउँ आउने वित्तीकै बाथरुम भित्र छिरिहाल्थे ताकी कोही कसैले पनि नसुनुन् । भोली विहान उठ्दा सन्चो हुन्छ की भन्ने आशा सहित त्यो दिन सुत्न कोसिस गरे तर मनमा अनेकौं कुरा खेलेकोले निदाउन अत्यन्तै कठिनाई भईरहेको थियो ।

Bg Hospital

भोलिपल्ट बिउँझिदा शरिरमा कुनै किसिमको सुधार आएको थिएन, जिब्रोले कुनै स्वाद नै पाएको थिएन । तुरुन्तै मेडिकल गए र त्यहाँ पनि सबैकुरा खुलेर भन्ने आँट नै गर्न सकिन, साईनेक्स र कफसिरफ किनेर ल्याए । तातो पानी, गुर्जो पानी र बेसार पानी नियमित सेवन गरे अनि खानपिनमा पनि अत्यन्तै ख्याल गरे । अफिस नगई घर बस्दा वरपरका छरछिमेकीले यो किन अफिस गएन भनि चियोचर्चो गरेको देख्दा नरमाईलो लाग्थ्यो । कोही कसैको फोन आउँदा थाहा नपाउन भन्ने तरिकाले बोल्न खोज्थे तर स्वरबाट नै सन्चो नभएको थाहा पाईहाल्थे र कोरोना भयो की क्याहो भनी भन्थे । मैले चाँही सामान्य हो त्यस्तो केही होईन भनी जवाफ दिन्थे । सन्चो नभएको स्वर सुनेपछि सबैले पिसिआर जाँच गर्न सुझाउँथे तर मलाई पोजेटिभ आयो भने टोल सिल हुन्छ, वरपरका ले मानसिक तनाव दिन्छन्, दुनियाँले नानाथरी कुरा काट्छन् भन्ने डरले नै जाँच गराउन जाने आँट नै आएन । यदी जाँच गराए पनि यसको औषधी थिएन र हजारौं मानिस विना औषधी निको पनि भएका छन्, म पनि निको बनाएरै छोड्छु भन्ने आत्मबल म संग थियो । मेरो कारण कोही कसैलाई पनि संक्रमण हुन दिन्न भनी अठोट नै गरी एकहप्ता सम्म एउटा कोठाबाट कहिँकतै ननिस्किएर बसे । विस्तारै ज्वरो, रुघा, खोकी र शरिर दुख्न कम हुँदै गयो । एकहप्ता पछि विस्तारै एक्सरसाईजहरु गर्न सुरु गरे, कोही कसैको सम्पर्कमा नपर्ने गरी खुल्ला चौर तिर हिँडडुल गर्न थाले । बाहिर निस्कँदा अनिवार्य स्यानिडाईजर र माक्स प्रयोग गर्ने र साथ मै बोकेर हिंडे । आज १५ दिन भयो म पूर्ण रुपमा ठिक भई सके शरिरमा केही कुनै समस्या छैन । श्रीमतीको पिसिआर टेस्ट गर्दा नेगेटिभ रिर्पोट आयो । छोरीको शरिरमा कुनैपनि समस्याहरु छैन, परिवारमा कोही कसैलाई कुनैपनि पनि समस्या छैन ।

वास्तवमा मलाई यो १५ दिनमा शारिरक पिडा भन्दा दश गुणा बढी मानसिक पिडा थियो । म यो १५ दिनको अबधिमा कोही कसैको सामिप्यमा गईन र मेरो कारण कोहि कसैलाई पनि असर पर्न दिईन । संक्रमित साथीहरुको संगको कुराकानी र मेरो यो १५ दिनको अनुभवमा कोरोना एउटा सामान्य रुघाखोकी र ज्वरो जस्तो लाग्यो जुन विगतमा पनि लागेको थियो तर विना औषधी विना तनाव निको पारिन्थ्यो । हरेक ब्यक्तिमा कुनै लक्ष्यण देखियो भने यसरी नै आफु सुरक्षित हुने र आफ्नो प्रभाव अरुलाई पर्न नदिने हो भने यो संक्रमण कुनै हालतमा पनि फैलिन पाउँदैन र सहज र सरल रुपमा नै समाधान गर्न सकिन्छ । नचाहिने होहल्ला फैल्याउने, हाउगुजी मच्चाउने नगरी संक्रमित ब्यक्तिहरुलाई हौसला प्रदान गरि आत्मबल बढाईदिने हो भने एक हप्तामा सहज रुपमा संक्रमण मुक्त हुन सकिन्छ ।लकडाउन भएको आज ५ महिना पुरा भएको छ । अहिले हरेक घरघरमा अशान्ति र कलह फैलिएको छ, कोही कसैको मुहारमा खुशी देख्न पाईदैन । सबैलाई भविष्यको चिन्ता छ, बालबच्चाको भविष्य चिन्ता छ, सबैका सपनाहरु क्षदविक्षेद भएका छन् । बैंकको किस्ता र घरबेटीको भाडाको चिन्ताले ब्यवसायीले कुनबेला कहाँ के घटना घटाउने हुन थाहा छैन । हरेक ब्यक्ति डिप्रेशनको शिकार भएका छन् । लकडाउन समस्या समाधानको विकल्प होईन भन्ने प्रमाणित भई सकेको छ । प्रेसको नक्कली कार्ड बनाएर, भनसुन मार्फत पास बनाएर, हस्पिटलका नक्कली कागजात बनाएर, उच्च अहोदामा रहेका ब्यक्तिहरुको शक्ति प्रयोग गरेर मन लागेको ठाउँमा गएकै छन्, एक जिल्लाबाट अर्को जिल्ला पुगेकै छन्, भारतबाट हाजारौं मानिस भित्रिएकै छन,  भेला भई जुवातास खेल्ने र भोजभतेर मनाउने गरेकै छन् भने यो बारम्बारको लकडाउन किन??? हरेक नागरिकको सपनामा खेलबाड किन??? हरेक नागरिकमा कोरोना संग लड्न सक्ने सामथ्र्य प्रशस्त छ तर भोकमरी संग लड्न सक्ने सामथ्र्य छैन, ऋणको किस्ता संग लड्न सक्ने सामथ्र्य छैन, घरबेटीको भाडासंग लड्न सक्ने सामथ्र्य छैन, डिप्रेशनसंग लड्न सक्ने सामथ्र्य छैन । त्यसैले हामीलाई लकडाउन होईन सचेतनाको खाँचो छ, उद्यमशिलतामा लाग्ने हौसलाको खाँचो छ, आफ्नै देशमा केही गर्छु भन्नेलाई उपयुक्त वातावरणको खाँचो छ । जय देश

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.

  1. kiran raj sigdel says

    सहि छ हजुरको कुरा हरु। मन पर्यो सर।😍