under featured image
Sky Link

पोखरा महानगरमा अनलाईन मार्फत कृषक वर्गीकरण शुभारम्भ

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असोज १२, पोखरा
पोखरा महानगरपालिकाले अनलाईनमार्फत कृषकहरुको वर्गीकरण गर्ने भएको छ ।
महानगरमा रहेका सम्पूर्ण कृषकहरुलाई परिचयपत्र वितरण गर्नका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रकृया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरले तयार पारेको वेवसाईट https://apms.pokharakrishi.com मा राखिएको अनलाईन दर्ता फारम भरेर कृषकहरु सुचिकृत हुन सक्नेछन् । सोमबार महानगरका प्रमुख मान बहादुर जिसीले वेवसाईट क्लिक गरी शुभारम्भ गरे ।
सो अवसरमा बोल्दै मेयर जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरे । फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्ष रुपमै जानकारी गराउनुपर्नेमा जोड दिए ।
कृषि क्षेत्रको समग्र बिकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरि वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको मेयर जिसीले बताए । उनले स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा बोल्दै महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले फारम भर्न कार्यालयसम्मै धाउनुपर्ने बाध्यता अन्त्यका लागि अनलाईन फारमको व्यवस्था गरिएको बताए । कृषकहरुले सबै विवरण घरमै बसेर मोवाईलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाईएको उनले बताए । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाई थियो । कोरोना भाईरसको महामारीका बेला कार्यालयमा भिडभाड गर्नुभन्दा अनलाईनबाटै काम गर्दा छरितो पनि हुने उनको धारणा थियो ।
कृषि क्षेत्रमा संलग्न कृषकहरुलाई संलग्न तालिकामा दिईए अनुसारको विवरण अनलाइनबाट भर्न उनले अनुरोध गरे । कृषकहरुले पेश गरेको विवरण सम्बन्धित वार्डले रुजु गरि सिफारिसका साथ महानगर कृषि तथा पशु बिकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचय पत्र न र बर्गिकरण सहितको कार्ड प्राप्त गर्ने उनले जानकारी दिए । उक्त कार्यविधिमा केहि परिबर्तन भएकोले बिगतमा कार्ड लिएका कृषकहरले पनि पुनः फर्म भर्न उनले अनुरोध गरेका छन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.