under featured image
Sky Link

पोखरा जेसिजद्वारा शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असोज १३, पोखरा ,   पोखरा जेसिजले सडक बालबालिकाहरूलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित फूलबारी स्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको हो ।

पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन सो कार्यक्रम सम्पन्न गरेको हो । सडकमा रहेका बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको हो ।

Bg Hospital

पोखरा महानगरपालिकाको सहयोगमा सडक बालबालिकाको उद्धार गरी फूलबारी स्रोत केन्द्रमा राखिएको छ । केन्द्रले सडक बालबालिकाको उद्धार गरी स्नातक सम्म अध्ययनको लागि समेत सहयोग गर्दै आइरहेको छ । जेसिजले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे । सडकमा रहने बालबालिका मात्र नभई उनीहरूलाई पाउने कतिपय आमाहरू समेत सडकमै रहने गरेको बताउँदै कुँवर त्यसता महिलाको समेत उद्धार गरी सिपमुलक तालिम दिएर जीविकोपार्जनको बाटो देखाउन आवश्यक रहेको बताए ।

‘गरिबका मात्र होइन धनीका छोराछोरी समेत विविध कारणले सडकमा आउने गरेका रहेछन् । हामीले कोशिश गरे सम्भव रहेछ,’ कुवँरले भने । गाउँपालिकाले खाना नफालौ अभियान समेत सञ्चालन गर्दै आएको कुँवरले बताए । ३२ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बालबालिकालाई राख्ने आवास गृह, तालिम हल समेत रहेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा अन्नपूर्ण गाउँपालिकाको सहयोगमा सो क्षेत्रमा पुग्ने बाटोसहित किचन तथा आवस समेत निमार्ण भएको स्रोत केन्द्रका प्रमुख रामचन्द्र शर्माले जानकारी दिए ।

२५ वर्ष देखि सरकारसँग हातेमालो गर्दै आइरहेको केन्द्रले ३७ प्रतिशत आम्दानी आफैंले गर्दै आइरहेको छ । हाल सोही केन्द्रको सहयोगमा करीब ५ सय विधार्थीले विभिन्न १ सय ६८ विधालयमा अध्ययन गर्दै आइरहेका छन् ।

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्का, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटा, शैक्षिक सामग्री हस्तान्तरण संयोजक कपिल पौडेल, सहयोगदाता प्रिति मगरलगायतले आफ्नो भनाइ राखेका थिए । हाल स्रोतकेन्द्रमा १४ बालक, ३ बालिका र एक वयस्क व्यक्ति रहेका छन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.