under featured image
Sky Link

भायानेटले ल्यायो ‘बडा दशैंमा बडा टि.भि’ अफर

Above News Headline

पोखरा भ्वाइस संवाददाता, आश्विन १५, काठमाडौं भायानेटले नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी विभिन्न योजना सार्वजनिक गरेको छ । भायानेटले ‘बडा दशैंमा बडा टि.भि ‘अफर ल्याएको हो । दशैं तथा तिहारको अवसरमा ग्राहकलाई टेलिभिजन सेट र क्यास भौचर प्रदान गर्ने कम्पनीले जनाएको छ ।  यस योजना अन्तर्गत ग्राहकले ३० एमविपिएस इन्टरनेटको बार्षिक योजना र ४३ इन्चको स्काइवर्थ लिड टि.भि प्राप्त गर्नेछन् । ४१ हजार ९ सय ९० रुपैयाँमा यो योजना ग्राहकले प्राप्त गर्नेछन् ।त्यसैगरी २८ हजार ९ सय ९० रुपैयाँमा ३२ इन्च स्काइ वर्थ टि.भि ३० एमविपिएस इन्टरनेट योजना प्राप्त गर्ने जनाईएको छ । ईसेवा मार्फत ६५० सम्मको क्यास भौचर प्रदान गर्नेछ भने पुराना ग्राहकले ६ सय रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
यस योजनाबाट ग्राहकले बजार मूल्य भन्दा करिव ३५ प्रतिशत बढी छुट पाउने कम्पनीले जनाएको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.