under featured image
Sky Link

पोखरादेखि अझै नजिकिदै पञ्चासे, मूलद्वार सडकको स्तरोन्नति

Above News Headline

पोखरा भ्वाइस संवाददाता, आश्विन १६,
कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत संघीय सरकार समेतको समन्वयमा प्रसिद्ध धार्मिक,पर्यटकीय एबं साँस्कृतिक तीर्थस्थल पञ्चासेको मूलद्वारका रुपमा रहेको काँडे भदौरे पञ्चासे ग्रामीण सडक स्तरोन्नति गरेको छ। जैबिक बिबिधतास्थलका साथै तीर्थाटन पर्यटनको अपार सम्भाबना बोकेको पञ्चासेको मूल सडक स्तरोन्नति भएसँगै अब पञ्चासे यात्रासँगै पदमार्ग समेत छोटिएको हो। समुन्द्री सतहदेखि २५१७ मि उचाईमा रहेको पञ्चासे एकै स्थानबाट लामो हिमशृङ्खला (अन्नपूर्ण ,माछापुच्छ्रे ,धौलागिरी ) अबलोकन गर्न पाईने, प्राकृतिक छटाहरु र साँस्कृतिक बिशेषताको संगम, सिद्धबाबा मन्दिर र तालबाराही (पञ्चासे ताल) माताको दर्शन, १४७ प्रजाति सुनाखरी अार्किडहरुको अबलोकन, पर्याबरणमैत्री पदमार्ग एबं सुन्दर ग्रामीण अातिथ्य परम्परा लगायत बिशेषताले अान्तरिक बाह्य पर्यटकमाझ परिचित छ। नेपालको १०० अौ पर्यटन गन्तब्यमा सुचीकृत कास्की, स्याङ्जा र पर्बतको संगम पञ्चासेको यात्रा सहजताले पर्यटन उद्धम फस्टाउनुका साथै कृषि र पर्यटन उद्धम ब्यवसायमार्फत स्थानीय रोजगारी, उत्पादनसमेत बढ्ने विश्वास कास्कीको अन्नपूर्ण गापा अध्यक्ष युवराज कुँवरको छ।

Bg Hospital

अध्यक्ष कुँवरले सो ग्रामीण पर्यटकीय सडक अझै अागामी योजना मार्फत स्तरोन्नति थप्न लागिएको साथै यो यात्रा सहजताले उद्धम ब्यवसायको दायरा फराकिलो भई स्थानीयबासीको अाम्दानीस्तर समेत बढ्ने बिश्वाससाथ खुसी ब्यक्त गरे। पोखरादेखि काँडे भदौरे देउरालीसम्म सवारी यात्रा गरि सुन्दर पर्यटन पदमार्गमार्फत पर्यटकहरु पञ्चासे जाने गर्लछन्। प्राकृतिक, जैविक सुुन्दर छटाहरुले मनै लोभ्याउने पञ्चासे क्षेत्र जादा तीर्थयात्रीहरुले यात्राको क्रममा भदौरे र पञ्चासे भञ्ज्याङमा साँस्कृतिक मान्यतामा अाधारित होमस्टेहरुको अातिथ्यता पाउनाका साथै यात्रा सहजताले स्थानीय कृषि, होमस्टे पर्यटन लगायतका ब्यवसाय अझै प्रबर्द्धन हुनाका साथसाथै अार्थिक विकासको यात्रासमेत सुरु हुने बिश्वास स्थानीय बासिन्दा एबं होमस्टे अभियन्ता नवराज पौडेलले ब्यक्त गरे।
पन्चासे संबंधित यो वृतचित्र हेरौं

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.