under featured image
Sky Link

उपत्यकामा २५ सय ४० सहित ४,३६४ संक्रमित थपिए

१२ जनाको मृत्यु

Above News Headline

पोखरा भ्वाइस संवाददाता, आश्विन २२,

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्कै उच्च चार हजार ३६४  जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ ।

Bg Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार ७१७  जना रहेका छन् भने होम आइसोलेसनमा १४ हजार ९४७ जना छन्।

काठमाडौं उपत्यकामा बिहीबार मात्र २५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.