under featured image
Sky Link

चाडपर्वको अवसरमा बुद्ध विशाल बजारले ल्यायो सामान खरिदमा नगद छुटै छुटको योजना

Above News Headline

पोखरा भ्वाइस संवाददाता, कार्तिक १ , पोखरा

पोखराको पुरानो सपिङ कम्प्लेक्स बुद्ध विशालबजारले चाडपर्वलाई लक्षित गरी विशेष छुट योजना ल्याएको छ । सपिङ गर्ने क्रममा ग्राहकलाई नगद छुट दिने योजना विशाल बजारले ल्याएको हो ।

Bg Hospital

गत वर्षको चाडपर्वमा यो योजना प्रभावकारी बनेपछि यस वर्ष पनि दसैं, तिहार र छठलाई लक्षित गरी नगद छुटको योजनालाई निरन्तरता दिइएको बुद्ध विशालबजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशव खत्रीले जानकारी दिए ।

विशाल बजार भित्र सपिङ गर्ने ग्राहकले १० देखि २५ प्रतिशतसम्म नगद छुट पाउनेछन् । ‘चाडपर्वको अवसर, नगद छुटको बहार’ नाराका साथ छुट अफर ल्याइएको खत्रीले बताए । ‘यो चाडपर्वमा बुद्ध विशालबजार पोखरा भित्र सपिङ गर्नुहोस् र नगद छुट पाउनुहोस भनेर ग्राहकलाई भनिरहेका छौं,’ खत्रीले भने, ‘यो योजनाबाट धेरै ग्राहक लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।’

‘उपहार पहिले–पहिले नगद १० देखि २५ प्रतिशत छुट अहिले’ भन्ने नाराका साथ बुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइएको यो योजना छठसम्म जारी रहने एसोसिएसनले जनाएको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.