under featured image
Sky Link

हल्ट प्राइज लमजुङ क्याम्पसको ‘एक हप्ता, एक सहर, एक कार्यक्रम’ को देशव्यापी अभियान

Above News Headline

पोखरा भ्वाइस संवाददाता, कार्तिक १ , पोखरा

हल्ट प्राइज, लमजुङ क्याम्पसले ‘एक हप्ता,एक सहर, एक कार्यक्रम’को देशव्यापी अभियान कावासोती, भरतपुरका साथ साथै पोखरामा पनि सम्पन्न गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रिय क्याम्पस ‘कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान, लम्जुङ’ ले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती ‘Food for Good’ सँग सम्बन्धित भएर हल्ट प्राइज २०२०/२१ को On Campus Event होस्ट गर्ने तयारी गरेको छ। सोहि कार्यक्रमसँग सम्बन्धित ‘एक हप्ता, एक सहर, एक कार्यक्रम’ नयाँ अभियान हो जसको पोखरा संस्करण मिति २०७७/०६/३० गते शुक्रबारको दिन पोखरा-१४, बाच्छीबुडुवामा अवस्थित १७ जना बृद्धबृद्धा भएको वात्स्यायान वृद्धाश्रममा गई त्यहाँका संस्थापकलाई खाना, मास्क र स्यानिटाइजर वितरण गरी सम्पन्न गरिएको हो।

Bg Hospital

कसैको सानो प्रयास पनि कसैको खुशी को कारण बन्न सक्ने कुरा अनुभव गर्न पाउँदा हल्ट प्राइज लमजुङ क्याम्पसको आयोजक कमिटी हर्षित भएको छ। यस अभियानका लागि सरसामान उपलब्ध गराउन मदत गर्नुहुने सागर नर्सरी फार्म, अनमोल मेडिसिन प्रा. लि. र ‌फिस्टेल डेरी प्रा. लि प्रति पनि हल्ट प्राइज लमजुङ क्याम्पसले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। कोरोना भाइरसको महामारीले विश्वलाई आतंकित बनाएको बेला वृद्धाश्रम, बालगृह, फरक क्षमता भएका मानिसहरू बस्ने संवेदनशील ठाउँहरू ओझेलमा परेको पाइएको छ। एउटा व्यक्तिको सानो प्रयास, एउटा संस्थाको संलग्नताले पनि यस्ता विषयहरू अगाडि बढाउन सकिन्छ भन्ने कुरा मनन गर्दै आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने उद्देश्यले यो खाना , मास्क र स्यानिटाइजर वितरण कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।

“एक हप्ता ,एक सहर ,एक कार्यक्रम” अभियान देशको विभिन्न सहरहरू मा सञ्चालन गरिने छ। यो कार्यक्रममा इच्छुक व्यक्ति अथवा संस्थाहरु हल्ट प्राइज, लमजुङ क्याम्पससँग जोडिएर सामाजिक कार्यमा संलग्न भई आवश्यक परेका मानिसहरू लाइ सहयोग गर्न सकिने कुरा पनि आयोजक कमिटीकी सदस्य रश्मी पाैडेलले जानकारी दिएकी छन्।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.