under featured image
Sky Link

सन्तोष शर्माले नयाँ चलचित्र निर्माण गर्ने तयारीमा

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, कार्तिक ६,
कोरोना भाइरका कारण विश्वभरका चलचित्र प्रभावित हुँदा नेपाली चलचित्र पनि यसबाट अछुत रहन सकेन । जसले चलचित्र, चलचित्रकर्मी, निर्देशक, निर्माता, हल सञ्चालक, चलचित्र वितरक लगायतलाई धेरै नै असर पारेको छ । नेपाली चलचित्र क्षेत्र विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासमा छ ।

अहिलको स्तिथिमा हेर्दा फिल्म बनाउन निकै जोखिमपूर्ण कुरा हो तर पनि समयको मागलाई मध्यनजर गर्दै चलचित्र बनाउन लागेको निर्माता सन्तोष शर्मा बताउछन । चलचित्र लव स्टोरी आधारित रहेर भरपुर कमेडीको पनि मिश्रण चलचित्रमा रहेको कुरा निर्माण पक्षले बताएको छ । कामको अहिले सुरुवाती चरण रहेकोले अहिले नै फिल्मको नाम भने चयन भैसकेको छैन ।

Bg Hospital

मुख्य कलाकारमा मोडल तथा नायक राजन कार्की साइन गरेका छन् भने निर्देशन र अन्य कलाकारको टुंगो लाग्न बाँकी नै छ । कोरोना भाइरसका कारण नेपाली सिनेमा क्षेत्र प्रभावित भई सुटिंगसम्म बन्द हुदा नेपाली सिनेमा क्षेत्रमा ठुलो क्षती भएको छ ।

कोरोनाको लकडाउनका कारण व्यापक मारमा परेको नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरु लकडाउन खुकुलो भएपछि जुर्मुराउन थालेको देख्न पाइएको छ । अब चलचित्रले दर्शकहरुको मन जित्न सफल रहने नायक कार्की बताउनु हुन्छ । साथै नयाँ बन्ने नेपाली चलचित्र निर्माण युनिटलाई अवसर दिनुभएकोमा नायक कार्कीले धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

परफेक्ट मिडिया एकेडमीको ब्यानरमा तयार हुने चलचित्रलाई सन्तोष शर्माले निर्माण गर्ने भएका छन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.