under featured image
Sky Link

इलियाना भन्छिन्–‘म मेरो शरीरलाई पहिले भन्दा बढी सम्मान गर्छु’

Above News Headline

२०७६ मंसिर १४ गते
नायिका इलियाना डीक्रुज सामाजिक संजालमा आफ्नो फोटो राख्न अगाडि छिन् । तर, उनलाई आफ्नो हट तस्वीर सार्वजनिक गर्न पहिले समस्या लाग्थ्यो । इलियाना भन्छिन्–‘मलाई मेरो शरीरलाई यो तरिकाले स्विकार गर्न पहिले खुबै समस्या थियो । तर, म दावाका साथ भन्न सक्छु कि अब म मेरो शरीरलाई झनै बढी माया गर्न थालेकी छु र सम्मान पनि गर्छु ।’
इलियानाले आजको दिनमा आफ्नो शरीरको ध्यान निकै नै गर्न थालेको र यसले आफूलाई खुशी बनाएको पनि उल्लेख गरेकी छिन् । इलियानाले आफ्ना फ्यानसँग आफ्नो फिटनेशको मन्त्र समेत शेयर गरेकी छिन् । उनी भन्छिन्–‘म कुनै समय महिनौ दिनसम्म पागल शैलीमा शरीरका लागि व्यायम गर्थेँ । तर, पछि मैले महशुश गरेँ कि, शरीर बनाउनका लागि ९० प्रतिशत त खानेकुरामा नै ध्यान दिन आवश्यक छ ।’

Bg Hospital

इलियानाले आफ्ना फ्यानलाई खानेकुरामा विशेष ध्यान दिन आग्रह गरेकी छिन् । सामाजिक संजालमा हट तस्वीर शेयर गरेको बिषयमा इलियाना भन्छिन्–‘हरेक समय फिट देखिनु आफैमा सजिलो कुरा होइन । हरेक मानिसमा तपाइको लुक्सको बिषयमा एउटा न एउटा अनुमान हुन्छ । कोही मानिस स्क्रिनमा देखिन्छ भने उसले आफूलाई ग्ल्यामर तरिकाले प्रस्तुत गर्न आवश्यक छ ।’
इलियानाले आफू सधै फिट देखिन संभव नभएको समेत उल्लेख गरेकी छिन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.