under featured image
Sky Link

पोखरामा यसरी हुँदैछ सागको अन्तिम तयारी

आइतबारदेखि सुरु हुने १३ औं सागको पूर्वसन्ध्या

Above News Headline

२०७६ मंसिर १४ गते

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा पोखरा जुटेको छ । आइतबारदेखि सुरु हुने १३ औं सागको पूर्वसन्ध्यामा शनिबारसम्म पोखरा रंगशालामा काम भइरहेका छन् ।

रंगशाला गेटमा रंगीचंगी बत्ती हाल्ने कामदेखि फुलबारी बनाएर फूल रोप्नेदेखि विभिन्न देशका झन्डा फहराउने काम भइरहेका छन् । रंगशालाभित्र छिर्ने गेटदेखि पोखरा क्रिकेट स्टेडियमसम्म पुग्ने बाटो बनाउने र सम्याउने काम सँगसँगै भइरहेको छ ।

महिला फुटबल हुने तय भएको पोखरा फुटबल स्टेडियमको बाहिरी भागमा बन्ने सिन्थेटिक एथ्लेटिक ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ । ट्रयाक नाप्न २ जना प्राविधिक इंग्ल्यान्डबाट पोखरा आएका छन् । महिला फुटबल खेलाडीका लागि चेन्जिङ रुम बनाउन पनि सुरु भएको छ । शुक्रबारबाट सुरु भएको अस्थायी चेन्जिङ रुम ३ दिनभित्र सकिने प्राविधिक रफिपललृ जानकारी दिए । स्टेडियममा मंसिर १७ गतेदेखि महिला फुटबल सञ्चालन हुँदैछ ।

रंगशालामा प्यारापिटको बाहिरी भागमा राखिने फलामका बारहरु शुक्रबामात्रै पोखरा आइपुगेको छ । फलामेबार सागपछि मात्रै जडान गरिने प्राविधिकले जानकारी दिएका छन् । ‘हिजो साँझमात्रै बिम पोखरा आइपुग्यो । अहिले जडान गरेर भ्याइँदैन,’ एक प्राविधिकले भने, ‘अब यो काम सागपछिमात्रै हुन्छ ।’

Bg Hospital

सागका लागि पोखरा रंगशालादेखि पृथ्वीचोकसम्मको बाटो सफा गरिएको छ । सडक तथा जेब्राक्रससमेत रङ लगाइएको छ । रंगशालासम्म पुग्ने २८ वटा बिजुली पोल तथा विभिन्न चोकमा नेपालको झन्डा राखिएको छ ।

१३ औं सागका ८ खेल पोखरामा हुनेछ । त्यसमध्ये आर्चरी, ह्यान्डबल, महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन पोखरा रंगशालामा हुनेछन् भने ट्रयाथलन र बिच भलिबल लेकसाइड तथा भारात्तोलन माटेपानीमा हुँदैछ ।

 

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.