under featured image
Sky Link

लक्की मिडिया हाउसले गर्‍यो तीन दिने भ्रमण कार्यक्रम

लमजुङको घलेगाउंँ, भुजुङ, बेशीशहर, धारापानी लगायतका पर्यटकीय गन्तव्यको अवलोकन तथा भ्रमण

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, फागुन १७, चितवन मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा तीन दिने धार्मिक, सांस्कृतिक एवम्  ऐतिहासिक पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सम्पन्न भएको छ । कोरोना कहर मत्थर भईरहेको बेला पर्यटकीय गन्तव्य खुल्ला छ भन्ने सन्देश दिन उक्त भ्रमणको आयोजना गरिएको हो ।भ्रमण टोलीमा महाप्रबन्धक हरि कार्की “लक्की”, निेर्देशक तथा युवा व्यवसायी सुजन ओझा, कार्यक्रम संयोजक तथा पश्चिम चितवन शाखा प्रमूख राजेश शर्मा आचार्य, प्रोडक्सन इन्चार्ज दिनेश श्रेष्ठ “पासा”, स्तम्भ संयोजक प्रमुख जय पाठक “जेपी” रहेका थिए ।

Bg Hospital

लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की “लक्की” ले आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले नेपालको विभिन्न ठाउंँ भ्रमण गरिएको बताए । उनका अनुसार टोलीले लमजुङ जिल्लाको घलेगाउंँ, भुजुङमा, बेशीशहर, धारापानी लगायतका पर्यटकीय गन्तव्यको अवलोकन तथा भ्रमण गरिएको थियो । यस्तै टोलीले तनहुँ जिल्ला हुँदै पर्यकीय नगरी पोखराका विभिन्न स्थान समेत भ्रमण गरेको थियो । टोलीले पोखराको फेवाताल, सराङ्कोट, डेभिज फल्स (पाताले छाँगो), गुप्तेश्वर महादेव गुफा, बाराही मन्दिर, वेगनास ताल लगायतका ठाउंँहरु भ्रमण गरिएको महाप्रबन्धक कार्कीले जानकारी दिए । भ्रमण पछि प्रतिक्रिया दिदै मिडिया हाउसका निर्देशक सुजन ओझाले भ्रमण उपलब्धी मुलक र फलदायी भएको बताए । आगामी दिनमा मिडिया हाउसले यस्तै पर्यटन प्रर्वद्धनका काम गर्दै जाने समेत बताए ।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.