under featured image
Sky Link

मायामा उमेरले छेक्दैन भन्ने भनाइलाई सहि साबित गर्दै आफुभन्दा सानोसँग बिहे गरेका ५ नेपाली नायिका ।(तस्बिरसहित)

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, जेष्ठ १४ ,धार्मिक शास्त्रका अनुसार श्रीमती भन्दा श्रीमानकाे उमेर केहि बर्षले ठूलाे हुनु पर्ने मान्यता रहेकाे छ । त्यस्तै, पछिल्लाे समय भने उमेरकाे ख्याल नराखी कुनै भेटघाट तथा सामाजिक संजालमा हुने कुराकानीले गर्दा पनि माया बसेर बिहे गरिरहेका…

धार्मिक शास्त्रका अनुसार श्रीमती भन्दा श्रीमानकाे उमेर केहि बर्षले ठूलाे हुनु पर्ने मान्यता रहेकाे छ । त्यस्तै, पछिल्लाे समय भने उमेरकाे ख्याल नराखी कुनै भेटघाट तथा सामाजिक संजालमा हुने कुराकानीले गर्दा पनि माया बसेर बिहे गरिरहेका हाम्राे समाजमा खुल्स्त रुपमा देखिएका छन् । हामिले कतिपय ठाउँमा पुरुष भन्दा महिला ठूलो भए पनि एक अर्कोलाई माया गर्दै बिबाह गर्ने गरेको पनि देखेका छौ ।

तर श्रीमती भन्दा श्रीमान ठुलाे हुनु पर्छ भने हाम्राे धार्मिक मान्यता अझै चलिरहेकाे छ । तर भने कुनै कुनै विकसित समाजमा यस्तो कुराकाे बिश्वास भने पटक्कै गर्दैनन् । अहिलेकाे समयमा धेरै यस्ता केस देख्न सकिन्छ जहाँ श्रीमान भन्दा श्रीमती जेठी हुन्छिन् र यस्ताे बिहेले गर्दा केहि समस्या नभएकाे समेत देख्न सकिन्छ तर धार्मिक शास्त्रमा बिश्वास गर्ने हाे भने यस्ताे बिवाहले श्रीमान र श्रीमती बिच बिहे गरेकाे दुइ, तिन बर्ष राम्राे समबन्ध नहुने देखिन्छ।

आहिले नेपाली सामाज पनि यसलाई त्यति अफ्ठेरो नमानी बिहे गर्दछन त्यस्तै नेपाली सिने जगतका केही जोडि छन जुन श्रीमान भन्दा श्रीमती जेठी छन ।

श्वेता खड्का नेपाली चर्चित अभिनेता स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो विवाह गरेकी अभिनेत्री श्वेता खड्काको दोस्रो विवाह यहि वर्ष मङ्सिर २२ गते प्रख्यात व्यापारी बिजेन्द्रसिंह रावतसँग भएको हो। श्वेता आफ्नो श्रीमान बिजेन्द्र भन्दा उमेरमा ४ वर्षले जेठी छिन्।

Bg Hospital


प्रियंका कार्की हाल आहिले नेपाली चलचित्र क्षेत्रकि सबैभन्दा चर्चित नायिकामा पर्छिन् प्रियंका कार्की। अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान देशराज जोशी २०७६ साल फागुन १७ गते एक-अर्कासँग विवाह बन्धनमा बाँधिएका थिए। लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यी दुई जोडी प्राय: आफूहरु बीच रहेको उमेरको भिन्नताले चर्चामा आउने गर्छन्। प्रियंका आयुष्मान भन्दा ६ वर्ष जेठी रहकी बताइन्छ।

मेलिना मानन्धर नेपाली चलचित्र जगतकी सुन्दरी नायिका भनेर चिनिने मेलीना मानन्धर पनि आफ्नो श्रीमान मुकेश ढकालभन्दा जेठी छिन्। मेलिना अहिले ४४ वर्षकी भइन्। तर उनका श्रीमान मुकेश भने ४० वर्ष मात्रै पुग्दै छन्। अर्थात् मेलिना मुकुश भन्दा चार वर्ष जेठी छिन्।

विपना थापा कुनै समय नेपाली फिल्म जगतमा राज गरेकी नायिका बिपना थापा पनि आफ्ना श्रीमान भन्दा जेठी रहेकी छिन्। उनी डाक्टर आशुतोषसँग विवाद बन्धनमा बाँधिएकी छिन्। यी दुई बीच पनि ४ वर्षको उमेर भिन्नता रहेको बताइन्छ।

निशा अधिकारी विगत लामो समय देखि राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शरद भेषवाकरसँग प्रेम सम्बन्धमा रहेकी निशाको विवाह भएको पनि ४ वर्ष भइसक्यो। नेपालमा चर्चित र धेरै रुचाइएको जोडीमा पर्ने यी जोडीको बीच दुई वर्षको भिन्नता रहेको छ। निशा शरद भन्दा दुई वर्ष जेठी छिन्।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.