under featured image
Sky Link

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको चुनावमा चन्द्र कुंवरको उमेदवारी

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, असार २५, 
आंउदो गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको चुनाव प्रक्रियामा आंफुलाई राष्ट्रीय समन्वय समिति सदस्य (NCC MEMBER) को पदमा आंफुलाई उभ्याउने निर्णय गरेको चन्द्र कुँवरले उम्मेदवारी दिएको जानकारी गराएका छन। एक बिज्ञप्ति प्रकाशित गरि भन्छन “विगत लामो समय देखि सामाजिक हित , आपसी सरसहयोग एवं भाईचारा लाई मज़बूत गर्नका निम्ति समाजमा कार्य गरेको पृष्ठभूमिको जगमा टेकेर नै मैले यो उमेदवारीको घोषणा गरेको छु। आउंदा दिनहरुमा पनि आफ्नो उत्तरदायी चेतना लाई संस्थागत तवरबाट संवोधन गर्ने मनशायनै मेरो उमेदवारीको प्रमुख अभिलाषा हो।२०१७- १९ को गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलिया कार्य समितिमा रहेर सह- सचिव को कार्यभारमा रहेर काम गरेको अनुभवको निखारता संगै
बिगतमा झैं विद्यार्थीहरुका समस्या हरुको आधारभूत समाधानको खोजी गर्ने, गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको साख एवं प्रतिष्ठा लाई मजबुत गर्नका लागी यथोचित पारदर्शिता एवं जवाबदेही भुमिका मा रहने तथा वहुसाॉस्कृतिक भुमीमा नेपाली संस्कृति एवं पहिचानको बिशिष्ठता कायम गर्दै साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदाय संगको निरन्तर सहकार्यमा रहेर सामुदायिक आवश्यकताका विषय हरुमा अविच्छिन्न लागीरहने प्रतिबद्धता व्यक्त गर्दै हजुरको अत्यन्तै निर्णायक मतको लागी सादर अनुरोध गर्दछु ।”     झण्डै ३८ वर्ष अघि हालको पोखरा महानगरपालिका वडा नं २४ मा जन्मिएका कुवँर ई. सम्वत् २००९ मा बिद्यार्थी भिसामा उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलियाको गएका थिए । उम्मेदवार कुँवर अष्ट्रेलियामा एडिलेट कमर्सियल क्लिनिङ्ग सर्भिसेस कम्पनीका डाइरेक्टर हुन भने नेपालमा विभिन्न उत्पादन मुलक क्षेत्रमा लगानी रहेको छ ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.