under featured image
Sky Link

लाहुरे परिवार मा हुर्कदै गरेका गायक – रोशन गुरुङ्ग

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, साउन ४ ,  लाहुरे आफै मा पनि सम्मानित पेशा हो र नेपाली युवाहरु को लागी सुनौलो अवसर पनि हो ।यस्तै लाहुरे पारिवारिक माहोल मा हुर्केका रोशन गुरुङ्ग लामो समय देखी नेपाली गित सङ्गित क्षेत्र मा आफुलाई स्थापित गर्न का लागी सक्रीय रहेका छन । बिभिन्न साङ्गितक प्रतियोगिता मा आफ्नो प्रतिभा देखाउदै आएका  छन । २०७६ साल मा भएको गन्डकी स्टार जित्न सफल भएका त्यस पछी धेरै मेला महोत्सव मा आफ्नो प्रस्तुती  दिदै दर्सकहरुको मन जित्दै थिए । तर अहिले कोरोना को लकडाउन ले गर्दा  गाउ घरमै साथी भाई सङ्ग रमाइलो र  खेतिपाती गर्दै बसेका उनै सङ्ग पोखरा भ्वाइस ले गरेको कुराकानी ।

कस्तो हुँदैछ गाउ घरको बसाई ?

यो समय खेतिपाती गर्ने समय भएकाले गाउघर मा सबै सङ्ग रमाईलो भेटघाट पनि हुँदैछ, खेतिपातीमा रमाइलो पनि हुँदैछ । अनि पहिले भन्दा अहिले गाउ घरमा बिदेश बाट दाजु भाई घर आउनु भाको छ । उहालाई गित सुनाउछु यसरि बित्दैछन दिन हरु ।

साथीभाई ले कस्तो प्रतिकृया दिन्छन तपाई को गित सङ्गित सुनेर ?

सबै साथी भाई र सुन्ने सबैले सकारात्मक प्रतिकृया दिनुहुन्छ । निरन्तरता दिनु पर्छ भनुहुन्छ ।

तपाई लाहुरे पारिवारिक मा हुर्केको घर परिवार को सहयोग कस्तो छ ? लाहुरे बनु पर्छ भन्ने दवाव दिनुहुन्छ  कि नाई ?

एक उमेर मा आएर घर परिवार बाट लाहुरेको लागि दवाव आउनु स्वभाविक हो । उमेर मा लाहुरे पेशा तर्फ आकार्षण  रहनु राम्रो हो जस्तो लाग्छ ।

लकडाउनले तपाई को करियर मा कस्तो प्रभाव पार्यो ?

अहिले मेरो मात्र भनु भन्दा समग्र पेशा व्यवसाय मा असर पारेको छ । मेरो भने हो भने पहिले मेला महोत्सव मा आफ्नो प्रस्तुती दिन पाईन्थियो अहिले खुब मिस गर्दैछु । चाडै कोरोना मुक्त्ती को कामना गर्दछु

अब साङ्गितिक क्षेत्रमा कसरी अगाडी बढने बिचार छ ?

पहिलो कुरा अहिले को यो माहामारी रोग बाट आम नेपाली सुरुक्षित रहनु हो । त्यसपछी मात्र अरु कुराहरु रहन्छ । अब मेरो लक्ष्य भनेकै नेपाली साङ्गितिक क्षेत्रमा केहि नया सिर्जना गर्ने सोच रहेको छ । हाम्रो ठाउ स्याङ्जा  कलाकार उत्पादन गर्ने ठाउ पनी हो । म पनि कलाकारिता मै जम्न र रम्न चाहान्छु । अब दर्शकहरु को  कती माया पाउन सक्छु । त्यसमा निर्भर रहन्छ मेरो साङ्गितिक यात्रा । तर म निरन्तरता दिन्छु ।

साङ्गितिक क्षेत्र मा कती भयो समय दिएको नि ?

५ बर्ष जती भयो साङ्गितिक क्षेत्र मा लागेको ।

साङ्गितिक प्रतियोगिता ले तपाइलाई के के फाईदा गर्‍यो तपाई गन्डकी स्टार २०७६पनी जित्नु भयो आफ्नो अनुभव  राखिदिनुस ?

Bg Hospital

मलाई त फाईदा नै फाईदा भयो गन्डकी स्टार मा सहभागी नहुँदा सम्म मलाई कसैले स्टेज मा गाउछ भन्ने पनि धेरै लाई थाहा थिएन्, जब मैले गन्डकी स्टार जिते त्यसपछी थुप्रै स्टेज कार्यक्रम बाट फोन आउने र प्रस्तुती को लागि बोलाउनु भयो । मेरो साङ्गितिक यात्रा राम्रो हुँदै थियो तर कोरोनाले गर्दा अलि पछी परेको जस्तो लाग्छ ।

कार्यक्रम आयोजक अथवा प्रतियोगिता आयोजक ले के के सुधार गर्नु पर्छ जस्तो लाग्छ ?

कुनै पनि कार्यक्रम अयोजक ले कार्यक्रम लाई स्तरिय बनाउन का लागी सामाजिक सन्जाल र दर्सक माझ कसरी सबै प्रतिभालाई अथवा प्रतियोगी लाई आम दर्सक माझ पुगाउन सकिन्छ ।  यो कुरा मा ध्यान दिने हो भने हाम्रो देशमा पनि थुप्रै प्रतिभा लुकेका छन ति प्रतिभाले पनि अवसर पाउने थिए ,सो मेरो बिचार मा दर्शक मुखी कार्यक्रम हुनुपर्‍यो ।

तपाई ले पहिलो पारिश्रमी कती  पाउनु भयो याद  छ ।

मैले पहिलो स्टेज कार्यक्रम मा गाएर तीन हजार र साथ मा सम्मान पत्र पाएको थिए ।

तपाइले टिक्टक चलाउनु हुन्छ । कस्तो प्रतिकृया पाउनु हुन्छ ?

म खासै टिक्टक मा सकृय छैन कहिले काही रमाईलो भिडियो पोस्ट गर्छु । गित गाएर हालेको छैन अब हाल्नु पर्ला ।

तपाई दोहोरी साझमा काम गर्नुहुन्छ, यसले तपाइको करियर लाई कसरी सहयोग गरेको छ ?

आर्थिक रुपले पनि सहयोग हुन्छ साथै अग्र्ज कलाकार सङ्ग सँगत हुन्छ उहाहरु बाट थुप्रै  कुरा सिक्न पाईन्छ । दिन प्रतिदिन अभ्यास हुन्छ यि कुराले करियरमा  कतै न कतै सहयोग गरेको हुन्छ ।

नेपाल को कुन गायक गायिका लाई मनपराउनु  हुन्छ ?

फिल्मी गित म अलि बढी गाउने भएर होला मेरो आईडल राजेश पायल राई हुनुहुन्छ ।

भेट्ने अवसर मिलेको छ र ?

नजिकै भएर चिनजान को अवसर मिलेको छैन तर उहाका  स्टेज कार्यक्रम पोखरा मा हुँदा म छुटाउदैन हेर्न  पुग्ने गर्छु ।

नेपाल आईडल  वा भ्वाईस अफ नेपाल को तयारी गर्दै हुनुहुन्छ के छ बिचार ?

आउदो बर्ष आउने सिजन मा २ वटै को लागी तयारी गर्ने सोचेको छु ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.