under featured image
Sky Link

जब उभिए तीन सुपरस्टार एउटै स्टेजमा…

Above News Headline

२०७६ मसिर १९ गते
नेपाली फिल्मका तीन चम्किला नक्षत्र हुन्, अभिनेता त्रय राजेश हमाल, शिव श्रेष्ठ र भुवन केसी । यी तीन अभिनेताले नेपाली फिल्म क्षेत्रमा जुन योगदान पुर्‍याएका छन्, त्यो अविस्मरणी छ । त्यसैले त उनीहरुलाई नेपाली फिल्मको पिल्लर भन्ने गरिन्छ । नेपाली फिल्म क्षेत्रमा तीन दशक विताइसकेका यी तीन सुपरस्टारलाई नचिन्ने र उनीहरु अभिनीत फिल्म नहेर्ने सायदै नेपाली छैनन् ।

एक समय उनीहरुको टाउको पोस्टरमा राखेको भरमा फिल्म हिट हुन्थे । हलसम्म दर्शक तान्न उनीहरुको नाम नै काफी थियो । त्यसबेला उनीहरुलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा लिइन्थ्यो । तर, राजेश, शिव र भुवनले सफलताको उत्कर्षमा रहँदा पनि एकअर्कासँग केही फिल्ममा सँगै काम गरेका छन् । फिल्म ‘राजु राजा राम’ मा यी तीन अभिनेताले एकसाथ काम गरेका थिए ।

Bg Hospital

यो फिल्मपछि भने कहिल्यै यी तीन अभिनेताको एउटै फिल्ममा टिमअप भएन । एकअर्कासँग सम्बन्ध बिग्रिएका कारण उनीहरुले साथमा फिल्म नगरेको बताइन्छ । तर, पछिल्लो समय यी तीन सुपरस्टारको दोस्ती गजबको छ । जुन, गएको आइतबार अमेरिकामा भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा पनि देखियो । उक्त कार्यक्रममा उनीहरु एउटै स्टेजमा उभिएका थिए ।

त्यहाँ उनीहरुलाई विभिन्न अवार्डबाट सम्मान पनि गरिएको थियो । सुटमा ठाटिएर पुगेका राजेश, शिव र भुवन वर्षौपछि एकसाथ स्टेजमा उभिँदा कार्यक्रम हल तालीले गुञ्जयमान भएको आयोजक संस्थाले जनाएको छ । अहिले तीन लेजेन्ड अभिनेता एउटै स्टेजमा उभिएको तस्विर सामाजिक सञ्जालमा निकै छाएको छ । धेरैले उनीहरुलाई फेरि पर्दामा हेर्ने इच्छा व्यक्त गरेका छन् ।

पछिल्लो पटक अभिनेता द्वय राजेश र शिव एकसाथ फिल्म ‘बागमती’ मा देखिएका थिए । यो फिल्म असफल भएपछि हमालले नयाँ फिल्म गरेका छैनन् । तर पनि उनी कम व्यस्त छैनन् । शिव भने अहिले फिल्म ‘प्रेमगीत ३’ को छायांकनमा व्यस्त छन् । त्यस्तै, भुवन अभिनीत फिल्म ‘मिस्टर नेपाली’ हालै प्रदर्शनमा आएको थियो । चाँडै उनी फिल्म ‘एन्टी हिरो’ मा काम गर्दैछन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.