
पोखरा भ्वाइस सम्वाददाता, भाद्र ५,
पोखरा महानगरपालिका वडा नम्बर १३ निबासी १५ बर्सिय सुस्मा काफ्लेले कार्तिक ६ मा हुन गइरहेको गोर्खा क्लासिक वमन पावर लिफ्टिङ च्याम्पियनसिप २०२१ मा भिड्दै छिन। पोखरा युनाइटेड एकेडेमी मा कक्षा १० मा अध्ययनरत सुस्माले २०७७ फागुन २९-चैत १ गते भएको देवसुन्दर यादब स्मृति रास्ट्रीय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता को युथमा दोस्रो र जुनियर मा तेस्रो स्थान हासिल गरेकी थिइन।
मनमा केही गर्ने उद्देश्य भयो भने कोरोनाले पनि छेक्न नसक्ने भन्दै आफ्नो रुचिको क्षेत्रमा केही गर्ने उद्देश्यले उनी हाल पोखरा रंगशाला कास्की भारोत्तोलन सेन्टरमा प्रशिक्षण गरिरहेकी छन। ४९ केजि बडि वयट भएकी सुस्माले स्कट – ८०, बेन्च प्रेस ३०, डेड् लिफ – ८० गरि १९० किलो तौल उठाउछिन। gurkha