under featured image
Sky Link

मिस एन्ड मिस्टर एसइई कास्की २०२१ को उपाधी मदिना पौडेल र संस्कार गुरुङ्ग लाई

Above News Headline

देबेन्द्र एस के शाही , १० भदौ, बिट्स इभेन्ट प्रा लि द्वारा आयोजित एसइई दिएर बसेका युवायुवतीहरुको मोडल मोह लाई मध्यनजर गर्दै आयोजना गरिएको २५ जना सहभागीबाट ७ जना  फाईनलमा पुगेका थिए । ति सहभागीलाई विभिन्न तालिम दिएर उहाहरु को व्यक्तित्व बिकास र नेतृत्व बिकास तालिम पोखरा का स्थापित सन्चारकर्मी एवम पत्रकार जिवन सुबेदी द्वारा प्रदान गरिएको थियो ।

Bg Hospital

कोरोना को डर त्रास को समयमा पनि युवायुवतीहरुको उपस्थिती उत्साहजन रहेको आयोजक बिट्स एभेन्ट प्रा लि का प्रवन्धक निर्देशकले जानकारी दिनु भयो । मिस एसइई  कास्की को उपाधी मदिना पौडेल र मिस्टर एसइई कास्की को उपाधी संस्कार गुरुङ्गले हात पारे साथै बिजेतालाई नगद स्वरुप २५ हजार प्रदान गरिएको जानकारी आयोजक टिमले दिनु  भयो । उक्त्त एभेन्टको कोरियोग्राफरको जिम्मेवारी सपना कार्की र अनिमेश श्रेष्ठले लिएका थिए  । आगामिक दिनमा पनि  युवायुवतीको  मोडल  मोह लाई ध्यान मा राख्दै कार्यक्रम लाई निरन्तता दिने उद्देश्य बिट्स इभेन्ट प्रा लि  रहेको  बताएका छन ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.