under featured image
Sky Link

काठमाडौकी नेहा वोमेन्स पावर र्लिफ्टिङ च्याम्पिन

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, कार्तिक ७, पोखरा, अक्स स्ट्रेन्थ जिम काठमाडौंकी नेहा बानु महिला पावरलिफ्टिङ च्याम्पियन बन्नुभएको छ । शनिबार पोखरामा रगशालामा सम्पन्न प्रतियोगितामा ६० केजी तौल समूहको प्रतिस्पर्धामा ३४१ केजी उठाँएदै वानु च्याम्पियन बन्नुभएको हो ।

गोर्खा क्लासिक नेपालको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा वानुले आफनो तौलको ५.७ गुण तौल उठाँउदै च्याम्पियन बन्दै नगद ८० हजार, बल्ट प्राप्त गर्नुभयो । उहाँले स्क्वाड तर्फ १२८ केजी, बेन्च प्रेसमा ७० केजी र डेडलिफ्टमा १४३ केजी भार उठाउनु भएको थियो । आफनो तौल समूहमा प्रथम हुदैं नगद २५ हजार पाउँदा उहाँले आफनो तौलको ५.७ गुणा बढी तौल उठाउँदै च्याम्पियन बन्न सफल हुनुभएको हो ।

६० केजी तौल समूहमै पुनम तामाङ दोस्रो स्थानमा हुनुभयो । उहाँले ओभरअलमा ३२३ केजी भार उठाउन सफल हुुनुयो । बेन्च प्रेसमा ६० केजी, स्क्वाड तर्फ १२३ केजी र डेडलिफ्टमा १४० केजी भार उठाउनुभयो । उहाँले नगद १५ हजार प्राप्त गर्नुभयो भने पोखरा बब्स जिमकी ज्योति थापा तेस्रो स्थानमा हुनुभयो । उहाँले ३१८ केजी भार उठाउने क्रममा बेन्चप्रेसमा ६५ केजी, स्क्वाडमा ११५ र डेडलिफ्टमा १३८ केजीको तौल उठाउँदै तेस्रो बन्नुभयो । उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।

६० केजी तौल समूहको प्रतिस्पर्धामा रत्नश्री जीम पोखराकी सर्मिला शाह ३६५ केजी तौल उठाएपनि ओभरअलमा दोस्रो हुनुभयो । यद्यपी उहाँले आफनो तौल समूहमा स्वर्ण पदक जित्दै २५ हजार प्राप्त गर्नुभयो । शाहले बेन्च प्रेसमा ७० केजी, स्क्वाडमा १४७ केजी र डेडलिफ्डमा १४८ केजीको भार उठाउनुभयो । शाह र वानुबीच प्रतिस्पर्धा देखिएपनि निर्णायक दिनेश राजभण्डारीका अनुसार शाहले आफनो तौलको ४.५ गुणा भार उठाएको भएपनि वानुले आफनो तौलको ५.७ गुण तौल उठाएर च्याम्पियन बन्नुभएको हो ।

Bg Hospital

अक्स स्टे«न्थ जिम काठमाडौंकी सीमा गुरुङ ६० केजी तौल समूहको प्रतिस्पर्धामा दोस्रो हुनुभयो । उहाँले बेन्चप्रेसमा ६५ केजी, स्क्वाडमा १४३ केजी र डेड लिफ्टमा १५३ केजी (३६१ केजी) उठाउन सफल हुुनुभयो । उहाँले नगद १५ हजार प्राप्त गर्दा निवोध एरोविक्स बुटवलकी कोमल थापा तेस्रो हुनुभयो । उहाँले बेन्च प्रेसमा ५०, स्क्वाडमा १२० र डेडलिफ्टमा १३८ केजी भार उठाउन सफल हुनुभयो ।उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, गोर्खा क्लासिक नेपाला अध्यक्ष राजकुमार गुरुङ लगायतले नगदसहित ट्रफी प्रदान गर्नुभयो । मन्त्री गुरुङले मन्त्रालयको तर्फबाट ५० र आफनो ब्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।

प्रतियोगिताले पोखरालाई खेल पर्यटन मार्फत चिनाउदै आन्तरिक पर्यटन प्रवद्र्धनमा नयाँ ईट्टा थप्ने विश्वास र महिला खेलाडीहरुलाई प्रोत्साहन गदै अन्य खेल जस्तै यसलाई राज्यले लगानी गर्ने वातावरण सृजना गर्न दबाब पुग्ने विश्वास आयोजकको छ । यो प्रतियोगिता हरेक दुई वर्षको अन्र्तरालमा सञ्चालन गर्ने योजना आयोजकको छ । आगामी दिनमा समेत प्रतियोगिताले निरन्तरता पाउने अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा आइडिया फोर वर्ड युके नामक कम्पनीले शीर्ष बिधागत पुरस्कार रु ८०,०००, युके नेपाल इन्टरनेश्लल फेडरेसन बडिबिल्डिङ लिग युके, गोर्खा वाच युके, तोल्का भिलेज रिसोर्ट, दि कल्चर रिर्सोट खहरे, मेरी कफी, ढोरबाराही ज्वेलर्स लगायतका संघसंस्था एबं कम्पनीहरुले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.