
पोखरा भ्वाइस सम्वाददाता, मंसिर १६, चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय राष्ट्रिय फुटसल प्रतियोगित गर्ने भएको छ । विभिन्न कार्यक्रम गर्दै आएको लक्की मिडिया हाउसले “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ चितवनमा फुटसल प्रतियोगिता गर्न लागेको हो ।

यस अघि कला, संगीत र प्रिमियर शो, रेड कार्पेट शो गर्दै आएको मिडिया हाउसले खेल क्षेत्रलाई पनि प्रर्वद्धन गर्ने उद्धेश्यले फुटसल कार्यक्रम गर्न लागिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले जानकारी दिए । “हामीले यसअघि कला तथा सिनेमा क्षेत्रलाई प्रर्वद्धन गर्दै आएका थियौं उनले भने, अहिले खेलकुद क्षेत्रलाई टेवा पुगोस भन्ने हेतुले फुटसल प्रतियोगितालाई पनि थप गरेका हौं ।
महाप्रबन्धक कार्कीका अनुसार प्रतियोगितामा चितवन, नवलपरासी, पोखरा, मकवानपुर लगायत ५० भन्दा बढी बिद्यालयका विद्यार्थीहरु सहभागी हुने छ्न् । यसका लागि तयारी थालिएको र विद्यालयहरु संँग छलफल भईरहेको उनले बताए । फुटसल प्रतियोगितमा राष्ट्रियस्तरका खेलाडीहरुको बिशेष उपस्थितिमा कार्यक्रम गरिने छ । साथै फुटसलका बिषयमा खेलाडी, विद्यार्थी र सरोकारवाला बीच अन्तक्रिया र अभिमुखीकरण समेत गरिने कार्कीको भनाई छ ।