under featured image
Sky Link

चालिस बर्षको निरन्तरताले जन्माएको शैक्षिक नायिका -पम्फा गुरुङ

Above News Headline

देवेन्द्र शाही , पोखरा २५,

हरेक मानिस चाहान्छन आफ्नो कार्यक्षेत्र मा सफलता पाउन तर धेरै कम मानिस मात्र सफलता पाउने गर्दछन । प्रतेक मानिस कै आफ्नै सपना हुन्छन र ति सपना साकार पार्न लागी परेका हुन्छन । अहिले को समय मा धेरै लाई थाहा छ , सपना भनेको के हो ? सफलता भनेको के हो ? तर त्यसका लागी आवस्यक कुराहरु के के हुन कसरी सफलता हात पार्न सकिन्छ । यि बिसय मा हामी ले बिभिन्न सामजिक सन्जालमा बिभिन्न व्यक्तित्वहरुका बिचार सुन र देख्न सक्छौ । तर हामी आफ्नै नजिकै का व्यक्त्तिव को बारेमा जानकारी कम राख्ने गर्दछौ । समय मिलाएर भए पनि सफलताको शिखरमा भएका व्यक्तित्वहरु सङ्ग कुराकानी र सुझाव सल्लाह लिदा जिवन मा अति उपायोगी हुन सक्छन। यस्तै शैक्षिक क्षेत्रमा कुशल स्कुल व्यवस्थापक सङ्ग को भलाकुसारी ।

 

लिटिल स्टेप को स्थापना कहिले र कसरी भयो ?

Bg Hospital

 लिटिल स्टेप हामिले  २०३९ साल माघ १६ गते मा सहिद दिवस को दिन बगर मा सन्चालन गरेका थियो । पछी आएर बल्ल तल सार्‍यो अहिले पनि  बगरमा न्यु लिटिल स्टेपको नाममा छ । २०/२२ बर्ष बगरमा चलायौ पछी आएर हामीले तल सार्‍यो । अभिभावक सङ्ग सल्लाह गर्‍यो वहाँहरु को साथ सहयोगले राम्रो भयो ।

यहाँले शिक्षण पेशाको शुरुवात कसरी सम्झनुहुन्छ ?  शिक्षण पेसा नै गर्छु भनेर कहिले सोच्नु भयो ?
यस्तो छ, मेरो जन्म भारतको असाम गोहाटीमा भएको हो , र भारतमै शिक्षा  लिए ।  सानै मै घरपरिवार को जिम्मेवारी धान्नु पर्ने अवस्था आयो र त्यसै बेला  बच्चाहरु लाई पढाउन थाले त्यही बाट पढाउने पेसामा रमाउन थाले । त्यस पछी नेपाल आए बिवाह यतै गरे अनि यता अब काम गर्नु पर्‍यो काम को खोजी गर्नु पर्‍यो त्यो सन्दर्भ मा अन्नपुर्ण बोर्डिङ्ग स्कुल का साथी सङ्ग चिनजान भयो पछी साथी मार्फत कुरा भएछ  बिकल सर सङ्ग, बिकल सरले एकदिन बोलाउनु भयो अन्तरवार्ता का लागी ,अन्तरवार्ता दिए पछी त्यहाँ पढाउने काम शुरुवात गरे ।
अनी स्कुल को परिकल्पना कसरी गर्नु भयो ?
पढाउदा पढाउदै अब स्कुल खोल्नु पर्‍यो बिचार मनमा आयो । स्कुलको आवस्यकता महशुस भयो बल्ल शुरुवात गरिम र बिकल सरको निकै महत्वपुर्ण सहयोग  रह्यो हामिलाई ,हामिले स्कुल २०३९ साल मा चपा सिङ गुरुङ को घर भाडामा लिएर सुरुवात गरेका थियौ ।

भनिन्छ नि पेसा मा रमाउनु पर्छ तपाई को अनुभव कस्तो छ ? रमाउनु भयो ४० बर्ष सम्म ?
पहिलेबाट शिक्षण पेसामा ईच्छा पनि थियो । सो मलाई त्यस्तो गाह्रो भएन , हो यो ४० बर्ष को दोरान दुखहरु त आए । राजनितिक कारणले अलि उतारचढाव आए  तर हामी लाई अभिभावक को अति नै सहयोग थियो त्यसैले अरु पेसा तिर त्यती ध्यान गएन ।
शिक्षण पेशामा तपाइले खुशी कती महसुश गर्नु भाछ ?
खुशी भने कुरा हामिले राम्रो कर्म गरे पछी मिल्ने कुरा हो तर पनि मेरो बिचारमा मैले पाएको भनु पर्दा हामिले पढाएका बिधार्थीका छोराछोरीको रोजाईमा हामी परेका छौ यही नै हो खुशी ।

४० बर्षको समय अनुभवमा शिक्षामा परिवर्तन आवस्यक छ जस्तो लागेको छ  ?
अवश्य पनि अहिले प्रविधीको बिकाश भएको छ । सो  प्रविधीयुक्त हुनुपर्‍यो अब परिवर्तन  गर्नुपर्छ । अब अहिलेको अवस्थामा हामी पढाउन गयो भने फेल हुन्छौ । किनभने हामिले प्रबिधी प्रयोग गर्न पाएनौ हाम्रो बेलामा त्यसैले गर्दा अहिलेको र पहिलेको मा फरक छ । प्रयास त गर्छौ । त्यती चाडै सिक्न सक्दैनौ । किनकि विधार्थी युगमा सहज हुन्छ त्यती अहिले हुँदैन । र उमेर ले पनि फरक पार्छ ।
जती पनि सफल पुरुष छ्न उहाहरु को सफलताको पछ्डी महिला को साथ हुन्छ रे ? यहाँ को सफलतामा कस्तो सहयोग पाउनु भयो ?
पक्कै पनि उहाको साथ बिना सफलता पाउन गार्‍हो हुन्छ नै । उहा को साथ र सहयोग ले हामी यहाँ छौ । हामी मिलेर काम हेर्छौ अथवा समाल्छौ ।
कुनै पनि महिलालाई पुरुष को साथ र सहयोग भए सफलता पाउन सक्छन ?
होनी पुरुष को मात्र नभई पुरै परिवारको साथ सहयोग माया ममता र सम्मान भए महिलाले जे सोचेको छ त्यो लक्ष्य पुरा गर्न सक्छन ।
महिल्ला को अवस्था कस्तो देख्नु भा छ ?
४० बर्ष बिताए शिक्षण  क्षेत्रमा पहिले /पहिले महिला को अवस्था हेर्दा सार्‍है दुख लाग्थ्यो , घरमा मात्र सिमित हुने अवस्था देख्दा दुख लाग्ने भएर नै मैले पढाउदा बिशेष भन्ने गर्थे नारी लाई शिक्षाले ठुलो सहयोग गर्छ जिवन मा सो ध्यान दिएर अध्ययन गराउनमा जोड गर्थे ।
कस्ता कस्ता बिधार्थी सङ्ग पालो पर्‍यो हजुर को सम्झना छ ?
सानो कलासमा त्यती समस्या आएन १० पास पछी कलेज भन्ने बिधार्थी को दिमाकमा हुने भएकाले होला एउटा कपी मात्र लिएर  आउने , अनि कलेज आएको भन्ने परिचलन थियो सो त्यो अवस्था लाई सुधार गरेर सबै किताब कापी बोकेर ल्याउन सिकायौ । र कतिपयले स्कुलको नियम कडा रहेछ भनेर छोडे पनि तर अहिले पुराना बिढार्थी आउनु हुन्छ भेट्नु हुन्छ र बिभिन्न देश जादा भेट हुन्छ, त्यहाँ जादा धेरै माया सम्मान दिन्छन । म यस्तो कराउने अनि गल्ती गरेको देखे भने हकार्ने तर पनि सम्मान गर्छन भन्छु यस्तो गर्थे भन्दा , त्यही हजुरको गाली र बोलिले यहाँ सम्म आयो भन्छन । खुशी लागेर आउछ । मैले यो क्षेत्रमा काम गरेर कस्तो गरे भन्ने लाग्थ्यो जब म बिदेश जाने गरे त्यहाँ बिभिन्न देशमा बिधार्थी भेटे र राम्रो पदमा देखे खुशी लागयो अहिले आएर ठिकै गरेको रहेछु जस्तो लाग्छ । मलाई याद छ एउटा बिधार्थीले आफ्नो बिवाहमा बोलायो र जापान को एउटा राम्रो कम्पनी को राम्रो पदमा रहेछ । त्यो पदको कार्ड सहित मेरो खुट्टामा राखेर सम्मान गर्‍यो । त्यो सबै शिक्षाले गर्दा हो । मलाई ति कुराले खुशी लाग्छ हाम्रो विधालयमा अध्ययन गरेर सफलता चुमेका र बिधार्थीहरुको जिवन  उज्वल देख्दा ।
लिटिल स्टेप का बिशेषता के के हुन ?
पहिलो कुरा शिक्षकहरु अनुभवी हुनुहुन्छ  , शान्त वातावारण रहेको छ , साथै पारिवारिक वातावारण र जिवन उपायोगी शिक्षा भोली बजारमा रोजगारी पाउने किसिमको शिक्षा र देश मात्र नभई बिदेश मा पनि रोजगारी गर्न सक्ने दक्ष बनाउने नै लिटिल स्टेपको  बिशेषता हो ।
शिक्षण पेशा का समस्या हरु के हुन तपाइको अनुभव मा ?
छन अवस्य पनि नतिजा प्रकाशन समय मा गर्नु पर्‍यो बिधार्थीको,  हामी अभिभावक हौ सबैको ध्यान दिनु पर्‍यो स्वास्थ लगायत सुरुक्षा का कुराहरु चिन्ता हुन्छ । भोली बिधार्थीको स्वास्थ  तल माथी भए बिद्यालय लाई दोष आउछ ।  सो ध्यान दिनुपर्ने हुन्छ ।
यो सफलता भन्ने चिज कसरी पाईन्छ ?
लामो हासो सघर्स गरेर , दुख गरेर , साकारात्मक सोच हुनु पर्‍यो । १ महिना वा २ महिना मा पाइदैन तर निरन्तर काम गर्दै गयौ भने पाइन्छ जस्तै ४० बर्षको दुखले यहाँ सम्म आएका हौ ।

भनिन्छ नि सघर्स को समय धेरै मान्छे भोक भोकै बस्ने अवस्था हुन्छ रे ?
हाम्रो समय मा पनि त्यस्तो भयो हामिले पनि खाना खाएको होकी होइन भने पनि बिर्सेर काम गर्‍यो आर्थीक समस्या सङ्ग जुधनु पर्‍यो तर पनि आफ्नो काम लाई निरन्तरता दियौ । त्यसैले निरन्तरता दिनुपर्छ । जुनै पेसा व्यवसायमा बल्ल सफल भईन्छ ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.