
पोखरा भ्वाइस सम्वाददाता, पोखरा २५ पुष,

नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०७८ संस्करण भब्य रुपमा सम्पन्न भएको छ। भव्य सांस्कृतिक कार्यक्रमसहित शनिबार राती अबेरसम्म पोखरा पामे स्थित एक रिसोर्टमा युवा तथा खेलकुदमन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सर्ट फिल्म अवार्डमा बेल्जियमबाट निर्माण भएको निर्देशक निर्माता रफि शाहाको दानव सर्ट फिल्मले उत्कृष्ट सर्ट फिल्मले बाजि मारेको छ भन्ने जीवन शाहीले निर्देशन गरेको मन बार बाट अभिनेता कोशिस क्षेत्री उत्कृष्ट सर्ट फिल्म अभिनेता घोषणा गरियो भने दानवबाटै पार्वती अधिकारी उत्कृष्ट अभिनेत्री घोषणा गरिएको थियो। भुपेन्द्र खड्काकाे आमा सर्ट फिल्मले उत्कृष्ट कथा, र बाल कलाकारमा अवार्ड जित्न सफल भएकाे छ भने आमा बाटै लक्षीमी गिरिलाई यो बर्षको सर्व उत्कृष्ट सर्ट फिल्म चरीत्र अभिनेत्री घोषणा गरियो । आर के मानन्धरको दुर्गाबाट नव नायिकामा सेबिता अधिकारी ,चरित्र अभिनेतामा राजु भुजु, सम्पादकमा रबिन भट्टले अवार्ड जित्न सफल भए गितकार, गायिका र संगितमा पनि दुर्गा उत्कृष्ट रह्यो । त्यसैगरी युएईबाट निर्माण भएको हुन्डी कारोबार सम्बन्धित मिसन जि ३३ बाट मिगेन्द्र भट्टराईले उत्कृष्ट सर्ट फिल्म अवार्डको खलनायकमा पाउन सफल भएकाे छ । त्यस्तै घात बाट बाबुकाजी जल्मी उत्कृष्ट छांयाकार घोषित भए भने सर्ट फिल्मबाट सन्चिता ढकालले श्रृगांरबाट अवार्ड जित्न सफल भइन।त्यसैगरी सह नायिका दानवबाट बर्षा खडका र यो कस्तो प्रेमकथाबाट दिपक लामालाई यो बर्षको नव नायकको अवार्ड हासिल गरे। नव निर्देशकमा एसिट नट द सोलोसनबाट उत्सव केसीले नव निर्देशकको अवार्ड उचाल्न सफल भए। बर्षको सर्व उत्कृष्ट निर्देशक दुर्गाबाट दमन रुपाखेतीले हासिल गर्न सफल भएका छन। बरिष्ठ निर्देशक, कलाकार तथा निर्माता शंकर आचार्य, पुकार भट्टराई , कलाकार उदव प्रसाद भट्टराई , रामेश्वर बुर्लाकोटी , संचारकर्मी तथा कलाकार सुदर्शन आचार्य, निर्देशक निर्माता ऋषिराज आचार्य, सम्पादक अर्जुन जिसी, छांयाकार सौरभ लामा, कलर्लिष्ट रेनिश फागु जुरि रहेको नेसनल बक्स अफिस सर्ट फिल्मबाट खस-भाषाकाे चलिचत्र हरामी बाट कृति बाहादुर सिंह चरित्र अभिनेता र मिना जिसीले चरित्र अभिनेत्रीबाट अवार्ड पाउन सफल भएका छ्न।
त्यस्तै युएईबाट निर्माण भएको मिसन जि ३३ समय सान्दर्भिक उत्कृष्ट कथामा चुनियो, प्रेममय चलचित्र यो कस्तो प्रेम कथा बाट उद्वव भट्टराईले नव निर्माताबाट अवार्ड पाउन सफल भएका छन भने नेपाल भाषा तर्फबाट चलचित्र घात बाट शोभा महर्जनले अवार्ड पाउन सफल भएकी छन। कास्की जिल्लाका विभिन्न पार्टीका नेता तथा बुद्धिजीवी लगायतको उल्लेखनीय उपस्थित रहेकाे साे अवार्ड साेचे भन्दा राम्रो भएकाे आयाेजकका अध्यक्ष आर के सुवेदीले बताएका छन।