under featured image
Sky Link

पढ्दै कमाउँदै कार्यक्रमको कार्यविधि तयार

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, पोखरा २८ पुष। सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि तयार पारेको छ ।

स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारेको हो । कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।

Bg Hospital

कृषि (बाली विज्ञान–पशु विज्ञान–वागबानी), इन्जिनियरिङ (सिभिल–इलेक्ट्रिकल–कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यवसायिक कीट (मौरी पालन च्याउ र रेसम खेती) लगायतका क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यक्रम सञ्चालनका लागि छनोट भएका विद्यालयलाई सम्बन्धित स्थानीय तह मार्फत पेश गरेको प्रस्ताव र आवश्यकताका आधारमा सशर्त अनुदानको रुपमा रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सीपयुक्त एवम् स्वाबलम्बी नागरिक उत्पादन गर्ने उद्देश्य कार्यविधिले राखेको मन्त्रालयले उल्लेख गरेको छ ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.