under featured image
Sky Link

सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा

वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ निर्माण सम्पन्न

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, माघ १४, काठमाडौं साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन‘ इन्डक्ल्याप र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ । वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ को आजै इन्डक्ल्याप गरिएको हो । यो वेब सिरिजको आज ट्रेलर समेत रिलिज गरिएको छ ।

नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन् । सुमित सिंहको निर्देशन रहेको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ छन् । वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन् । वेब सिरिजमा निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

Bg Hospital

साइन्स फिक्सन वेब सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय रहेको छ । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको छ । सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देन र इश्वर घिमिरेको व्यावस्थापन रहेको छ ।

जम्मा ५ एपिसोड निर्माण गरिएको वेब सिरिज र सिनेमाको निर्माण घोषणा कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक घनश्याम लामिछाने बिशेष अतिथिको रुपमा उपस्थीत भएका थिए । उनीहरुले कार्यक्रममा बोल्दै नेपालमा पहिलो पटक फरक विषयमा सिनेमा र वेब सिरिज निर्माण गर्ने चुनौती मोलेको भन्दै सफलताको शुभकामना दिए ।

यही टिमको सहकार्यमा बन्ने सिनेमा ‘सुपर धने’ को अर्को वर्षको कार्तिक अर्थात नोभेम्वरबाट छायांकन थालिएको छ । हाल स्कृप्ट लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको छायांकन नेपाल र युरोपमा गरिनेछ । सिनेमाका लागि चाँडै कलाकार छनोट काम सुरु हुने निर्देशक सिंहले बताए । लिन्क:  https://youtu.be/nidxbQj2GOA

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.