under featured image
Sky Link

छोराछोरी आफन्त सबैले साथ छोडेर जान्छन् तर शिक्षाले कहिले साथ छोड्दैन-टेक बहादुर गुरुङ्ग

फेवा पब्लिक माध्यमिक बोर्डिङ स्कूल प्राचार्य - टेक बहादुर गुरुङ्ग

Above News Headline

देवेन्द्र शाही

 मेरो साथमा छोराछोरी कोही  छैन्न । तर पनि म खुशी छु,  किनकी म सङ्ग शिक्षा साथमा छ । छोराछोरी सबै आफन्तले साथ छोडेर जान्छन तर शिक्षाले कहिले साथ छोड्दैन, शिक्षा बेलामा लिएर पो आज खुशी छु । चिन्ता मुक्त छु । जिवनको सबै भन्दा ठुलो सम्पत्तीनै शिक्षा हो ।  आर्थीकले लाहुरे लाई नजितेता पनि मेरा साथीभाई छन प्रतेक चोकमा , प्रतेक ठाउमा र मैले पढाएका बिधार्थीहरु छन ,यो नै मेरो सम्पत्ती हो । अब मलाई लाहुरे सङ्ग तुलना गर्न मिल्छ ।

 

> प्राचार्य ज्यु ,यहाँको बिचारमा जिवन भनेको के हो ?

जिवन भनेको प्रकृती हो । हामी  प्रकृती द्वारानै जन्मेका  र प्रकृतीमै समापन हुनेछौ । मेरो बुझाई जिवन भनेको प्रकृती हो,   एक दिन जानु छ  सबै , अनि किन अरुको मन दुखाउने, आफ्नो कर्म गर्ने रमाउने दुई दिनको जिन्दगीमा । बाकी प्रकृतीमै  बिलयन हुनुपर्ने हुन्छ ।

> अध्यापन गराउन थालेको कती समय भयो ?

२०२६ सालमा मैले एस. एल. सि .पास गरे, त्यसपछी बालबलिकालाई पढाउन थाले । मेरो उमेर थियो होला १६/१७ त्यती बेला देखी पढाउन थाले र म आफु पनि पढन थाले दाजुभाइ सबै लाहुरे म मात्र अध्ययनमा ।

> यहाँले जानकारी गराउनु भयो  दाजुभाई सबै लाहुरे अनि तपाईलाई लाहुरे बन्ने ईच्छा चाहना भयो कि नाई ?

मेरो हातमा अलि समस्या छ । म फुटबल भलिबल खेल्थे तर लाहुरेको लागी बिशुद्द चाहिन्छ । मैले लाहुरे तिर ध्यान दिएन मेरो बिकल्प भनेकै पढाई थियो । मेरो बुवाको चाहना थियो , छोराहरु पढाई गरुन र स्वदेशमै काम गरुन त्यो सपना मैले पुरा गरे जस्तो लागेको छ  ।

> पछुत्तो छ यहाँलाई लाहुरे नभएकोमा , कि धेरै बिधार्थीलाई ज्ञान बाड्न पाएकोमा खुशी हुनुहुन्छ ?

मलाई केहि चिन्ता छ जस्तो लाग्छ । मलाई केहि चिन्ता छैन । हेर्नुस अहिले मेरो साथमा छोरा छोरी कोही  छैन्न । तर पनि म खुशी छु,  किनकी म सङ्ग शिक्षा साथमा छ । छोराछोरी सबै आफन्तले साथ छोडेर जान्छन तर शिक्षाले कहिले साथ छोड्दैन शिक्षा  बेलामा लिएर पो आज खुशी छु । चिन्ता मुक्त छु । जिवनको सबै भन्दा ठुलो सम्पत्तीनै शिक्षा हो । हो आर्थीकले लाहुरे लाई आर्थीकले लाहुरे लाई नजितेता पनि मेरा साथीभाई  छन  प्रतेक चोकमा , प्रतेक ठाउमा  र मैले पढाएका बिधार्थीहरु छन ,यो नै मेरो सम्पत्ती हो । अब मलाई लाहुरे सङ्ग तुलना गर्न मिल्छ ।

Bg Hospital

> ५ बर्ष अध्ययन गर्न अमेरिका पुग्नु भयो । अधिकान्स मान्छे उतै बस्न  रुचाउछन । यहाँलाई के कुराले फर्कायो ?

मेरी आमाले फर्कायो , मैले पढेको कलेजले फर्कायो  , मेरो जन्मभुमिले फर्कायो ,हेर्नुस यहाँको हिमाल ,मुस्ताङ्गको मरुभुमी, पोखराको हरियाली , शान्त बातावरण कती सुन्दर छ हाम्रो देश । हो मलाई राम्रो डलर भएको जागिरको पनि प्रस्ताव आएको थियो । केहि डलर कमाउन सक्थे तर मेरी आमा बिरामी हुँदा आज म  अस्पताल लगेर जान्छु त्यो गर्न सक्ने थिएन । आमाको हेरचाह गर्छु । त्यो गर्न सक्ने थिएन । साथै यहाँ आफ्नै देशमा बसेर बिधार्थीलाई जाने बुझेका कुरा सिकाउछु त्यो पाउने थिएन । यि सबै कुराको माया लागेर आयो र आफ्नै देशमा काम गर्छु भनेर आएको हुम । आज फेवा पब्लिक स्कुलको स्थापक प्राचार्य भएको छु ।

> तपाईले पढाएका बिधार्थीहरुले कसरी सम्झन्छन ?

अवस्य पनि फोन गरेर त सम्झिन्न तर प्रतेक ठाउमा जस्तै सरकारी कार्यलाय , अस्पताल , बैंक देखी लिएर बिभिन्न सघ – सस्थामा मैले पढाएका बिधार्थीहरु सङ्ग भेट हुन्छ ।  सर आउनु भयो भनेर मानसम्मन गर्नुहुन्छ । कुराकानी हुन्छ त्यही हो । एकचोटीको कुरा हो म अमेरिका थिए यता बाट श्रीमतीलाई बोलाएको , अलि ढिलो भएछ पासपोर्ट लिनलाई अब भोली आउनु कर्मचारीहरुले  भनेछन ।  भोली बिहानको टिकट छ ।  श्रीमती रुन थालिछिन । पछी त्यो कुरा जिल्ला प्रमुखकोमा पुगेछ । जिल्ला प्रमुखले खोजी गरेछ,  अनि मेरो श्रीमती सङ्ग सोधपुछ पछी थाहा पाएछ मेरो नाम , सरले मलाई पढाउनु भएको भनेछ । जिल्ला प्रमुखले पछी नआत्तीनु मेडम भनेर सम्झाएर बिहानको समयमै सबै कुरा मिलाएर सहयोग गरेछ । मैले पढाईको बिधार्थी रहेछ, यसरि बिधार्थीको साथ सहयोग  पाईयो । यो नै शिक्षण पेशाको कमाई हो ।

>  शिक्षण पेसा अपनाउदा खेरीका  दुखहरु के के छन ?

अवस्य दुख छ । पहिलो कुरा शिक्षक  ज्ञानले भरीपुर्ण हुन आवस्यक छ । ज्ञानले भरी पुर्ण हुनका लागी स्व्-अध्ययन हुनु आवश्यक छ । ज्ञानआर्जन गर्न गार्‍हो हो । त्यसपछी आर्थीक पनि छ । सम्मान पनि छ । सबै कुरा छ शिक्षण पेशामा ।

> लामो समय शिक्षा क्षेत्रमा कम गर्नु भयो केहि परिवर्तन गर्नु पर्छ जस्तो लागेको छ ?

मैले भारतमा पनि अध्ययन गर्ने अवसर पाए यसै गरी अमेरिकामा पनि अवसर पाए ,सबै ठाउमा पढाउने शैली यही नै हो । हाम्रो देशमा किन पढाई को गुणस्तर  खस्केको  हो नि । यहाँ एउटा कुरा गलत अर्थ लगाएका छन पढरे के हुन्छ भन्ने गरेको सुनिन्छ अझै पनि । पहिलो यो बिचारको अनत्य गर्नुपर्छ । अब बिदेशको शिक्षाको कुरा गर्ने हो भने त्या बिधार्थीको लागी ऋणको सुबिधा हुन्छ । बिधार्थीले चाहेको बिषय अध्ययन गरोस  र समयमा ऋण पनि सरकार लाई बुझाउस यो चाहनाले बिधार्थी जिम्मेवार पनि हुन्छ । राज्यलाई आर्थीक लाभ पनि हुन्छ । अब यहाँको सन्दर्भको के कुरा गरी साध्य छ र ।

> फेवा पब्लिक माध्यमिक बोर्डिङ स्कूलका बिशेषता के के हुन ?

बालबालिकाको सुरुक्षित भविस्यका लागी गुणस्तर शिक्षा हाम्रो उद्देश्य हो । र बिधार्थीलाई मध्यनजर गरेर कुन कुन बिषयमा बिधार्थी कमजोर छ ,र कुन बिषयमा बिधार्थीले राम्रो गरेको छ । कमजोरलाई थप बलियो बनाउने र सबै बिधार्थीलाई उच्च क्षमतावान बनाउने , भोली देशमै बसेर केहि राम्रो उदाहरणिय  काम गर्न सक्ने , दक्ष नागरिक भएर जिवनयापन गर्न सक्ने बनाउने हाम्रो कार्य रहेको छ ।> सफल प्राचार्यमा हुनुपर्ने गुण के के हुन ?

सबै भन्दा ठुलो कुरा भनेको धैर्य हो अर्को कुरा भनेको मित्रवत हुनु पर्‍यो ,अभिभावक ,शिक्षक र बिधार्थीहरु सङ्ग बल्ल सफल प्राचार्य हुन सकिन्छ ।

 

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.