under featured image
Sky Link

काँग्रेस गण्डकी सदस्यमा युवा ब्यवसायी केसी

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, फागुन ४, पोखरा ।नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्यमा पोखरेली ब्यवसायी देबेन्द्र केसी सर्बसम्मत चयन भएका छन्। पोखरा उद्योग बाणिज्य संघ सदस्यमा यसअघि भारी मतले बिजयी भएका केसी हाल सर्वसम्मत प्रदेश सदस्य बन्न सफल भएका छन्। अन्नपूर्ण गाउँपालिका, ४, सल्यान घर भई पोखरामा ब्यवसाय सञ्चालन गरिरहेका ३४ बर्षीय केसी काँग्रेस प्रदेश सदस्य बन्नुले राजनीतिमा युवाहरूको स्थान सुरक्षित छ भन्ने सन्देश समेत दिएको छ।
कुटी रिजोर्ट प्रालि लेकसाईड, बलेनी क्याफे प्रस्याङ पोखराका सञ्चालक समेत रहेका केसी दर्जनौ ब्यवसाय र उद्धमका सफल सञ्चालक समेत रहेका छन्। युवा राजनीतिज्ञको राम्रो छवि समेत बनाएका केसीको उपस्थितिले गण्डकी प्रदेश तथा कास्की काँग्रेसमा पुस्तान्तरणको नबीनतम् सन्देश समेत दिएको बुझीएको छ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.