
फागुन १४ ,
पञ्चासेको पर्यापर्यटन: नवराज पौडेल
समाज परिवर्तन र ब्यक्तिको अायमा अाएको परिवर्तन सँगै घुमफिर संस्कृतिको हाल व्यापक विकास भएको पाईन्छ। अान्तरिक होस् या बाह्य पर्यटकहरु घुमफिर, पर्यावरण विचरण र पर्यापर्यटनको अानन्द लिन चाहन्छन्। प्रकृति, संस्कृति, रहनसहन र जनजीविकाका साथै परम्परागत संस्कृतिको पनि जानकारी लिन मानिसहरु घुमफिरमा निस्कने गर्दछन्। जस्मा पर्यापर्यटन र ग्रामीण पर्यटनको रसस्वादन गर्न घुमफिरमा निस्कनेहरु पनि हाल क्रमिक रुपमा बढ्न थालेका छन्। प्रकृतिले नै मौसमी या ऋतु परिवर्तन चक्रका रुपमा नै विभिन्न काम गर्ने र फुर्सतमा घुमफिर गर्ने समय पनि संवत् सृजना गरेको नै छ। नेपालमा बसन्त ऋतु अत्याधिक घुमफिरको समय मानिएतापनि नेपाल बार्हैमास घुमफिरको लागि उपयुक्त मानिन्छ। बिज्ञहरु हजारौं शब्दहरुको ज्ञानभन्दा एउटा घुमफिर काफी रहने एबं शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यकै निम्ति पनि घुमफिरकै धेरै महत्त्व रहने कुरा दर्शाईसकेका छन्। तसर्थ संसारमै मानिसहरु प्रकृति बिचरण र घुमफिरलाई मानव जीवनको प्राणका रुपमा लिने गर्दछन्। त्यस्मा पनि प्राकृतिक सुन्दरता, स्वच्छ पर्यावरणका साथै ग्रामीण पर्यापर्यटन अाम मानव समाजका अन्योन्याश्रित अभिन्नता बन्न पुगेका छन्।मानव जीवन र मानव सभ्यताको जिउँने अाधारशीला प्रकृति र पर्याबरण हाल मानव समुदायको पर्यटन गतिबिधिको अाधारशीला समेत बन्दै गईरहेको छ। प्रकृतिले सृजना गरिदिएका अबिच्छिन्न जैबिक बिबिधता, अनुपम छटाहरु र अलौकिक सुन्दरताहरु पनि मानवीय सुन्दर जीवनका अभिन्न पाटोका रुपमा रहने गर्दछन्। प्रकृति पुजक प्राणी मानव हाल अाएर प्रकृति विचरण, पर्यावरण संरक्षण र पर्यावरणमैत्री पर्यटन अायामहरुमा लाग्नुले समेत पर्यावरण र मानव समूदाय वीचको अन्योन्याश्रित पक्षलाई उजागर गरेको छ। मानव र प्रकृति विचको अन्योन्याश्रित सम्बन्धकै कारण पनि हालको पूँजीवादी समाजको गतिशीलतामा समेत मानव सम्प्रदाय प्रकृतितर्फको झुकाबमा छ र मानव गतिबिधिहरु प्रकृतिमैत्री बन्दै गईरहेका छन्। मानव र प्रकृति बीच नङ र मासुजस्तै अन्योन्याश्रितता त छ नै अझ हाल अाएर मानवीय पर्यटन उद्धम ब्यवसाय र गतिबिधिहरुसमेत प्रकृतितर्फ फर्क भन्ने मान्यता र पर्यापर्यटनको मूल मान्यतामा सञ्चालन समेत हुन थालीसकेका छन्।
नेपाल अाफैमा जलस्रोत, बनजङ्गल र प्राकृतिक सम्पदाको हिसाबले भरिपूर्ण राष्ट्र हो। नेपालका प्राकृतिक सम्पदा र प्रकृतिले नै सिँगारिदिएका मनमोहक प्राकृतिक सम्पत्तिहरुले अाज विश्वकै ध्यान खिचिरहेका छन्। नेपालका यस्तै उल्लेख्य प्राकृतिक सम्पत्ति हरुमध्ये कतिपय सम्पदाहरु विश्वकै ध्यानाकर्षित गर्दै विश्वसम्पदा सूचीमा समेत परेका छन् भने कतिपय सम्पदाहरु अाज विश्वभरका हजारौ पर्यटकहरुको रोजाईको केन्द्र समेत बन्दै गईरहेका छन्। पश्चिम नेपालको पर्यटकीय राजधानी पोखरा पर्यटकीय राजधानी मात्रै नभै पर्यापर्यटनको हबका रुपमा समेत परिचित छ। सुन्दर हिमशृङ्खलाहरुको अबलोकन, तालतलैया, छाँगा, झरना र पदयात्रा पर्यटनमार्फत प्रकृति विचरणको रसस्वादन गर्न बर्सेनि हजारौं पर्यटकहरु पोखरा आउँने गर्दछन्। पोखरा सहरमात्रै हैन हरित सहर, पर्यापर्यटन र प्राकृतिक सुन्दरताले समेत विश्वसामु परिचित छ। पोखराको समीपमैमा रहेको पोखरा महानगरपालिकामा समेत पर्ने कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमका रुपमा समेत रहेको पञ्चासे क्षेत्र पर्यापर्यटनको अनुपम गन्तब्यका रुपमा समेत रहेको हामी सबैमाझ बिदितै नै छ। नेपालका उत्कृष्ट १०० पर्यटन गन्तब्यमा समेत पर्ने यो क्षेत्र पर्यापर्यटन र प्रकृति विचरणको हिसाबले उत्कृष्ट पर्यापर्यटन गन्तब्यमा रुपमा मानिन्छ । पुष्प बनस्पतिधारी घना बनजङ्गल, हजारौं फुलहरु, विश्वमै दुर्लभ प्रजाति सहितका दुर्लभ सैँयौ सुनाखरीहरु, लालीगुँरास लगायत पुष्प बनस्पतिहरु यहाँका अनुपम प्राकृतिक छटाका रुपमा रहेका छन्। सुर्योदयको लाली किरणसँगै मनै लोभ्याउने सुर्योदयको दृष्य, मनमोहक र चम्किला लामो हिमशृङ्खलाहरुको अनुपम दृष्य, सुन्दर जैबिक बिबिधता र अनुपम प्राकृतिक सुन्दरता समेत यहाँका मुल प्राकृतिक सौन्दर्य बैशिष्ट्य हुन्। धार्मिक तीर्थाटन, शिम महादेबको पुजापाठ, बालाचतुर्दशी पर्वका अबसरमा सदविज छर्ने गन्तब्यका रुपमा समेत रहेको पञ्चासेमा हजारौं तीर्थालु भक्तजनहरु तीर्थब्रत र पुजापाठका निम्ति समेत अाउँने गर्दछन्। प्राकृतिक सुन्दरता मात्रै नभै साँस्कृतिक सुन्दरतायुक्त भाषा, भेषभुषा, परम्परा , रहनसहन पनि यहाँका विशेषताका रुपमा समेत रहेका छन्। गुरुङ जातिको बाहुल्य क्षेत्रका रुपमा रहेको यश क्षेत्र कला, भेषभुषा, संस्कार र संस्कृतिमा समेत अत्यन्तै धनी क्षेत्रका रुपमा मानिन्छ। समुन्द्री सतहदेखि २५१७ मि उचाईमा रहेको यश क्षेत्र पदमार्ग पर्यटन र पर्यावरणमैत्री पर्यापर्यटनका हिसाबले समेत असाध्यै महत्त्वपूर्ण क्षेत्रका रुपमा मानिन्छ । पुष्प बनस्पतिधारी ५७०० हेक्टर बनक्षेत्र, अनुपम जैबिक बिबिधता, अनेकौं बहुमुल्य जडिबुटीहरु र बहुमुल्य जैविक सम्पदाहरु समेत यहाँको प्रसिद्धिका मूल पक्ष हुन्। प्रकृतिले सिँगारिदिएको पृथ्वीको भुस्वर्ग पञ्चासेमा पञ्चकोशी सरोबर (पञ्चासे तालबाराही) का साथै अन्य तालतलैया, छाँगा, झरना र प्राकृतिक पोखरी र कुवा लगायत प्रकृतिले सृजना गरिदिएका प्रकृतिका उच्चतम् विशेषताहरुले समेत अझै यस्को महत्त्व उजागर गरिदिएका छन्। सैँयौ चराचुरुङ्गीहरुको धुन, मृगका पाठापाठीहरुको लुकामारी मात्रै नभै दर्जनौ बन्यजन्तुहरुको क्रीडा पनि यहाँको पदमार्ग पर्यटनका मूल अाकर्षण हुन्। टलटल टल्किने हिमशृङ्खलाहरुको दृष्यपर्दामा हजारौं रुखहरुको हरियालीले पर्दा /हरियो कार्पेट बिछ्याइएको र लालीँगुँरासको रंगीन फुलहरुले रंगीचंगी कलात्मक सिँगारपटार गरिरहेको दृष्यावलोकनको यो प्राकृतिक कलात्मक पक्षले कस्को मन नै नरमाउला र पञ्चासे पुग्दा। यसरी प्रकृति विचरणको हब, पर्यापर्यटनको केन्द्रका साथै प्रकृतिले सिँगारिदिएको पृथ्वीको भुस्वर्ग पञ्चासेको विशिष्ट पर्यापर्यटन र जैबिक, मानवनिर्मित बैशिष्ट्यहरुलाई यसरी प्रस्तुत गरौ।
१. प्राकृतिक पदमार्ग पर्यटन (प्राकृतिक पदयात्रा )
पञ्चासे प्राकृतिक पदयात्रा पर्यटनको शिखर नै हो। २५१७ मि. उचाईमा रहेको यश जैबिक विविधतायुक्त पदमार्ग गन्तब्य पञ्चासे पदमार्ग पर्यटन, हाईकिङ्ग र छोटो घुमफिरका हिसाबले समेत परिचित छ। पोखरादेखि निकट सर्ट हाईक प्लेस पञ्चासे प्राकृतिक पदयात्राको हब नै हो। पोखरादेखि २९ किमि दुरीमा पर्ने जैबिक पदमार्ग गन्तव्य पञ्चासे अति मनमोहक प्राकृतिक पदयात्रा गन्तब्य पनि हो। कास्की, स्याङ्जा र पर्वतको पर्यटकीय संगम पञ्चासे तीनवटै जिल्लाका गन्तब्यहरुबाट छोटो पदयात्रा दुरीमा पुग्न सकिन्छ । अाधार स्टेशनसम्म सहज यातायात सञ्जालको पहुँच भईसकेको पञ्चासे पुग्न सवारी यात्राबाट अोर्लेपछि करिब २ घण्टा सुन्दर र मनमोहक पदयात्रा दुरीमा सहजै पुग्न सकिन्छ । पदयात्रा मार्फत घुमफिरको रोमाञ्चक यात्रा तय गर्न सकिने पञ्चासे पुग्ने पदयात्रा गोरेटोहरु समेत सुन्दर प्रकृतिले नै सिँगारिदिएको छ। बसन्त ऋतुको अागमनसँगै हजारौं लालीगुँरासका थुँगाहरु हाँसीरहेको हाँसोले यो यात्रामा कस्को मन पो नरमाउला र। बिशिस्ट प्राकृतिक छटाहरु, पुष्प बनस्पतिहरु, छाँगा, छहरा, झरनाहरु, मानव अस्तित्वका सुचक छत्रे उन्युहरु पनि पञ्चासे यात्राका प्राकृतिक सारथीहरु समेत हुन्। प्रकृतिको स्वच्छ पावनी हावा लाई श्वासप्रश्वास गर्दै सुन्दर हिमशृङ्खला नियाल्दै, हरियाली बनजङ्गल र प्राकृतिक छटाहरुलाई चुम्दै अनि प्रकृतिले नै बिछ्याईदिएका सुन्दर गलैँचा हरित चहुरहरुमा लडीबुडी खेल्दै अनि बनकुसुमहरु चहार्दै पञ्चासे उचाइमा पुगेर प्राकृतिक सुन्दरता नियाल्नु यहाँको मुल विशेषता नै हो। ८००० मि भन्दा अग्ला हिमालहरुको बिशिस्ट सुन्दरता सहज नियाल्न सकिने यश यात्रामा कैयन जैविक बिबिधतायुक्त छटाहरुको समेत अबलोकन समेत गर्न सकिन्छ । शान्त र सौम्य पर्यापर्यटनको उत्कृष्ट गन्तव्य पञ्चासे घुमफिर र रमाइलोको माध्यम मात्रै नभै मानवीय स्वास्थ्यको हिसाबले समेत अति महत्त्वपूर्ण पर्यापर्यटन गन्तब्य हो। पञ्चासे युवा युवतीहरुको प्राकृतिक सुन्दरतामा मायाप्रेम साँच्ने, पाकाहरुको प्रकृतिसँग बाँच्ने /लीन हुने माध्यम मात्रै नभै मानव स्वास्थ्यका हिसावले समेत उत्कृष्ट मानव प्राकृतिक चिकित्सालयका रुपमा समेत रहेको छ। पञ्चासे पदयात्रा घुमफिर र छुट्टै पृथकतायुक्त प्राकृतिक शान्त पर्यटनको माध्यम मात्रै नभै अध्ययन, अनुसन्धान र प्राकृतिक अन्बेषणको गन्तव्य पदयात्रामा समेत पर्ने गर्दछ।पर्वावरणमैत्री घुमफिरको उत्कृष्ट गन्तव्य पञ्चासे पदयात्रा अाज हजारौं बिदेशी तथा स्वदेशी पर्यटकहरुको रोजाईको महत्त्वपूर्ण गन्तव्य बन्नुले समेत पञ्चासे पदयात्राको महत्त्व र उच्च महिमा साबित गर्दछ। विगतमा बेलायतकी महारानी एलिजाबेथ द्वितीय र प्रिन्स चाल्सले समेत पदयात्रा मार्फत अबलोकन गरेको यो क्षेत्र घुमफिरको उच्चतम् प्राकृतिक गन्तव्य हो भन्ने यसरी पनि पुष्टि हुने गर्दछ। हजारौं तीर्थालु भक्तजनहरु, पर्यटकहरु र पर्यापर्यटन विचरकहरु यात्रामा निस्कने यो प्राकृतिक पाठशाला अध्ययन,अध्ययन भ्रमण र जैबिक बिबिधता अबलोकनका हिसाबले समेत अति महत्त्वपूर्ण मानिन्छ। सहरी ब्यस्तता, मानवीय गतिबिधिको अस्तब्यस्तता र सहरी कोलाहल भुल्न प्रकृतिको सुन्दर बनावट हेर्न प्रकृतिसँगै सुस्केरा हाल्दै बनकुसुम एबं जैविक बिबिधतायुक्त प्राकृतिक छटाहरु हेर्दै प्रकृति सयर गर्नु नै पञ्चासे पदयात्राको मुल बैशिष्ट्य हो।
२. धार्मिक तीर्थाटन
पञ्चासे हिन्दुहरुको पवित्र धार्मि क्षेत्र पनि हो। स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार शिवजी भगवानले सतीदेबीलाई मृत शरीर समेत छाड्न नसकी बोकेर हिँड्दा सतीदेबीको अङ्ग समेत खसेको र पञ्चासेमा शिबजीले सत्ययुगमा पाईला पदार्पण समेत गरेको ठाउँका रुपमा समेत मानिन्छ। पितामाताभक्त श्रवणकुमारको प्रतिमास्थल समेत रहेको पञ्चासेमा उच्च धार्मिक अास्थायुक्त पञ्चासे शिव महादेब मन्दिर समेत रहेको छ। तपस्वी, योगी, साधु, सन्त र महात्मा हरुले ध्यान, योग र तपस्या गरेको कुटी, पाटी, पौवा र गुफाहरु प्रसस्त मात्रामा अबलोकन गर्न पाईने पञ्चासे धार्मिक तीर्थाटन गन्तब्यस्थलका रुपमा समेत मानिन्छ। बालाचतुर्दशी पर्बका अबसरमा पितृको सम्झनामा हजारौं तीर्थालु भक्तजनहरुले अाफ्ना पितृको सम्झनामा सदबिज छर्ने धार्मिक गन्तव्य का रुपमा समेत पञ्चासे रहिअाएको छ। विभिन्न देशबाट साधु, सन्त र योगी महात्माहरु समेत अाएर पञ्चासेलाई ध्यान, धर्मकर्म र योगको अाधारक्षेत्र समेत बनाईरहेका छन्। सुन्दर प्राकृतिक बक्षस्थलमा रही उच्चतम् अाध्यात्मिक धर्मकर्महरुको विशेषता ग्रहण गर्नु पनि यहाँको मुल अाकर्षणका रुपमा समेत रहिअाएको छ। बिज्ञानले समेत पुष्टि गर्दै अाईरहेको हाम्रो पूर्वीय दर्शन र अाध्यात्मिकता अध्ययन, अन्वेषणका साथै सोको नयाँ पुस्ताहरुमा सिकाई पुस्तान्तरणीय हस्तान्तरण केन्द्र पनि पञ्चासे बन्न सक्नेमा कुनै द्विबिधा छैन। प्रकृति सँगै धार्मिक हिसाबले समेत पबित्र पञ्चासेमा बर्सेनि सिद्ध योगी, तपस्वी, महात्मा र महागुरुहरुले समेत यज्ञ, महायज्ञ, धार्मिक अनुष्ठान र अन्य धार्मिक पर्वहरु/मेलाहरु समेत लगाईराख्नुले समेत यस्को धार्मिक तीर्थाटनको महत्वलाई अझै उजागर गरिदिएको छ।
३. अनुपम जैबिक बिबिधता
पञ्चासे सुन्दर प्रकृति र जैबिक बिबिधताको खानी नै हो। यो उत्कृष्ट जैबिक बिबिधता गन्तव्य पनि हो। ५७०० हेक्टर पुष्प बनस्पति धारी घना जङ्गलमा फैलिएको साथै २५१७ मि उचाईसम्म पर्ने पञ्चासे जैविक र प्राकृतिक बिबिधताको कुञ्ज पनि हो। विश्वमै दुर्लभ सुनाखरीहरु सहित २१७ प्रजातिका सुनाखरीहरु समेत पाईने पञ्चासे सैयौ सुनौला फुलहरुको पुष्प उद्धान समेत हो। प्रकृतिले रंगीबिरङ्गी सिँगारिदिएका लालीगुँरास र अन्य पुष्प वनस्पतिहरुको सौन्दर्य पक्ष नै यहाँको विचित्रको प्राकृतिक चित्रकलाका रुपमा समेत हेर्न, देख्न पाईने बिशेषताका रुपमा समेत रहेको छ। पुष्प बनस्पतिको सुन्दर सजावट र बाँस्नादार जङ्गल मात्रै नभै प्राकृतिक अौषधीय गुणयुक्त बनस्पतिहरुका कारण पनि यो प्राकृतिक चिकित्सालयका रुपमा मानिन्छ। सैँयौ चराचुरुङ्गीहरुको सुन्दर सुसेली, प्रकृतिको सुन्दर सुस्केरा र बन्यजन्तुहरुको सुन्दर क्रीडा पनि यहाँको अलौकिक प्राकृतिक बिशेषता र संसाधनका रुपमा समेत रहेका छन्। विश्वले नै चुनौती ठहराएको पर्यावरणीय पक्षको संरक्षणको उत्कृष्ट नमूनाका रुपमा पनि पञ्चासे नै रहिअाएको छ। प्राकृतिक छटाहरु, अनुपम जैबिक बिबिधता युक्त जङ्गल नै पञ्चासेको मूल पहिचान र परिचायकका रुपमा समेत रहेका छन्। यहीँ जैविक, प्राकृतिक बिबिधताका कारण नै पञ्चासेलाई जैबिक बिबिधता राजधानीको रुपमा समेत लिने गरिन्छ। बहुमुल्य जडिबुटी र अमूल्य प्राकृतिक जैबिक संसाधनको सदुपयोग गर्दै उच्चतम् ब्यवसायिकताको विकास गर्न सकेका खण्डमा पञ्चासे क्षेत्र पर्यापर्यटन गन्तव्य मात्रै नभै युवा उद्धमस्थल र अौधोगिक गन्तव्य बन्न सक्नेमा कुनै द्विबिधा छैन।

४. उत्कृष्ट ग्रामीण पर्यापर्यटन र अातिथ्यता
पञ्चासे क्षेत्र अाफैमा पर्यापर्यटन गन्तव्य त हो नै अर्कोतर्फ विशिष्ट पर्यटन अातिथ्यता गन्तब्य पनि हो। भनिन्छ पञ्चासेको पानी नै मीठो यो भनाईले पानी मीठो भनेको हैन कि पञ्चासेको हस्पिटालिटी र अर्गानिक उत्पादनको स्वादलाई पस्केको हो। कास्की , स्याङ्जा र पर्वत गरि तीन जिल्लाको संगमका रुपमा पर्ने पञ्चासे को समीपैमा रहेका पर्याबरणमैत्री स्मार्ट गाउँहरुले पर्यावरणीय विचरणका निम्ति अाउँने बाह्य र अान्तरिक अागन्तुकहरुलाई स्थानीय अर्गानिक उत्पादन पस्किरहेका छन् र उच्चतम् ग्रामीण अातिथ्यता दिईरहेका छन्। पर्वतको चित्रेकी गुरुङसेनीले गुनियो चोलीधारी मन्द मुस्कानका साथ स्वागत गर्दै पञ्चासे पदयात्रामा पठाएपछि कास्कीको भदौरेकी गुरुङसेनीले अर्गानिक स्वाद र लोकल रक्सी (नारी पा) ले थकान मेट्ने र कास्कीको सिधानेकी गुरुङसेनीले गुरुङ भेषभुषामा हाँसेर पञ्चासे पदयात्रामा स्वागत गर्दा पर्वतको अार्थरकी गुरुङसेनीले अर्गानिक खानासँगै थकान मेट्ने उत्कृष्ट अातिथ्यता नै यहाँको ग्रामीण पर्यटन र अातिथ्य संस्कारको उत्कृष्ट नमूना हो। सुन्दर हरियाली जङ्गल, उत्कृष्ट हरित सुन्दरता, सुन्दर ग्रामीण जनजीवन, बिशिस्ट अातिथ्य संस्कारयुक्त जनजीवन, भेषभुषा, भाषा, संस्कार र रहनसहन बोकेका र सुन्दर प्रकृतिको काखमा सञ्चालित होमस्टेहरु पनि यहाँको सुन्दर अातिथ्य विशेषताका रुपमा समेत रहेका छन्। गुरुङ महिला दिदिबहिनीहरुले सञ्चालन गरेका परम्परागत बिशिस्ट मान्यतामा अाधारित होमस्टेहरु र ग्रामीण अातिथ्य परम्परा पनि यहाँको उत्कृष्ट नमूना नै हो। पञ्चासे सुनाखरी पदमार्ग पर्यटनमा जादा कैद गर्न पाईने सुन्दर जैबिक बिबिधताका पक्षहरु मात्रै हैन स्थानीय ग्रामीण होमस्टेहरुमा पाईने उत्कृष्ट अातिथ्यता, स्वादिला अर्गानिक खानाका परिकार, गाउँले रहनसहन, परम्परा, भाषा, भेषभुषा, कला संस्कृति र संस्कार पनि यहाँका उत्कृष्ट पक्षका रुपमा समेत रहेका छन्। गुरुङ समुदायको बाहुल्यता सँगै ब्राह्मण, क्षेत्री, विश्वकर्मा, सुनार लगायत जातजातिको मिश्रित बसोबास रहेको यश क्षेत्रमा कतै गुरुङ समुदायको रोधी, अर्घु, ट्होटे तँ कतै ब्राह्मण समुदायको भजनचुट्का, रत्यौली र यज्ञ/यज्ञादि समेत देख्न पाईन्छ । जात र संस्कृति बिशेषका ग्रामीण अातिथ्य केन्द्र होमस्टेहरुको भ्रमण र प्राकृतिक मनोरमताको रसस्वादन नै यश क्षेत्रको मूल अातिथ्य विशेषताका रुपमा समेत रहेका छन्। कास्कीमा अन्नपूर्ण ४, भदौरे देउरालीमा रहेका गुरुङ सामूदायिक होमस्टे, तमु ह्युला होमस्टे, देउराली पञ्चासे होमस्टे, पो.म.न.पा, २३ मा रहेका सिधाने सामुदायिक होमस्टे, पिस पञ्चासे होमस्टे, पञ्चासे सामूदायिक होमस्टे त्यसैगरी पर्वतमा चित्रे सामूदायिक होमस्टे, राम्जा देउराली सामूदायिक होमस्टे , अार्थर सामूदायिक होमस्टे पनि यहाँका पञ्चासे ग्रामीण अातिथ्यता केन्द्र एबं सुन्दर अातिथ्य गन्तव्यस्थलका रुपमा समेत रहिआएका छन्। चिसो हावापानीमा उत्पादित अर्गानिक खानेकुराको स्वाद लिदै प्रकृति, प्राकृतिक छटाहरु र अनुपम जैविक बिबिधतासँग लुकामारी खेल्ने उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा यहाँका होमस्टेहरु रहेका छन्। जुन अान्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईको केन्द्र समेत बन्दै अाईरहेका छन्।
५. स्वतन्त्र/स्वच्छन्द विचरण
पञ्चासे प्राकृतिक सुन्दरता मात्रै नभै सानदार अाध्यात्मिक पर्यटन एबं शान्त पर्यापर्यटनको केन्द्र पनि हो। अाध्यात्मिकता मात्रै नभै शान्त , सौम्य र स्वतन्त्र प्राकृतिक विचरणका निम्ति समेत पञ्चासे प्रख्यात मानिन्छ । युवापुस्ताको प्रकृति विचरण, स्वतन्त्र विचरण र शान्त पर्यापर्यटन विचरणको उत्कृष्ट गन्तब्य पञ्चासे बन्दै अाईरहेको। बर्सेनि २/३ पटक पर्ने हिउँ खेल्ने मात्रै हैन, समूह भ्रमण गर्ने, जैबिक बिबिधता अध्ययन अनुसन्धान गर्ने,क्याम्पस भिजिट गर्ने र टेन्ट अावास गर्नेहरुको पनि पञ्चासेमा बाक्लो उपस्थिति नै रहने गरेको छ। बिहानैदेखि बेलुकीसम्म टलटल टल्किने हिमाञ्च्छदित शिखरहरुको दृश्याबलोकन गर्दै जङ्गल घुमफिर गर्ने, छोटो पदयात्रा गर्ने, चरा र जैबिक बिबिधता अध्ययन समेत गर्ने साथै प्रकृतिको सामीप्यतामा सबै समस्या र तनाब भुलेर सुन्दर मुस्कान भर्ने र प्रकृतिसँगै सुस्केरा हाल्ने उत्कृष्ट गन्तब्य का रुपमा पञ्चासे रहिअाएको छ। साथीभाईहरु छुट्टी मनाउने मात्रै नभै नवबिबाहिताहरु सुन्दर प्रकृतिको सामीप्यतामा हनिमुन मनाउने हरुको पनि पञ्चासेमा बाक्लै उपस्थिति रहने गर्दछ। प्राकृतिक सुन्दर पक्षहरुका वीच यहाँ रहेका खर्क चहुरहरुमा टेन्ट खडा गरेर प्रकृतिको छाँयामा बाँस बस्नेहरु पनि प्रशस्तै भेटिन्छन्। प्रकृति, पर्याबरण र सुन्दर ग्रामीण अातिथ्यतासँगै प्रकृतिको सामीप्यतामा सामूहिम जमघट, सामूहिक बनभोज र सामूहिक हाईकिङ गर्ने उत्कृष्ट पर्यापर्यटन गन्तब्यका रुपमा पञ्चासे रहिआएको छ।
६. योगा र अाध्यात्म
पञ्चासे प्राकृतिक बिशेषताको हिसाबले पनि अाफैमा योग र अाध्यात्म केन्द्र पनि हो। सदियौदेखि गुरु, सन्त, महात्माहरुले योग, ध्यान र तपस्या गर्दै अाईरहेका कुटी,पौवा र धर्मशालाहरु हाल पनि पञ्चासे क्षेत्रमा रहिअाएका छन्। सहरी कोलाहलबाट मुक्ति लिन ध्यान, योगा र मेडिटेसनको सहारा लिने मात्रै नभै प्राकृतिक चिकिस्सालयका रुपमा मानिने पञ्चासेमा योगा गर्न चाहनेहरु धेरै नै छन्। सुन्दर हिमालहरुको मुस्कानसँगै, सैयौ बनकुसुमहरुको सुगन्धित पावनी श्वासप्रश्वास, चराहरुको सुमधुर संगीतका बीच प्रकृतिको सुन्दर हरित गलैँचा (चहुरमा) बसेर योग र तपस्या गर्नु नै मानव रोग, चिन्ता र समस्याहरूको निबारण गर्नु हो। हाल युवा पुस्तामा समेत योगा, ध्यान र मेडिटेसन संस्कारको सुरुवात भईरहेको सन्दर्भमा प्राकृतिक योगभूमिकै रुपमा रहेको पञ्चासेमा योगाको सहारा लिन पाउनु मानवीय मनोबैज्ञानिक सबलताको निम्ति र मानसिक स्वास्थ्यका निम्ति समेत उच्चतम् सफलताको पाटो हो। मानव जीवनको अभिन्नतासँग जोडिएको योग र अाध्यात्मको अन्योन्याश्रितता निकै झाङ्गिएको छ। समीपैमा रहने प्रकृतिको काखमा ध्यान र योगा गर्नुको छुट्टै बिशेषता रहने गर्दछ। प्राकृतिक योगा र अाध्यात्म केन्द्रका रुपमा विकास भईरहेको पञ्चासे ईको योगा केन्द्रका रुपमा समेत रहिआएको छ। हाल नेपालका योगगुरु डा योगी विकासानन्द गुरु समेत यश क्षेत्रमै रहेर योग र योग अभ्यासका साथै समग्र अाध्यात्मिकताको विकासमा लाग्नुले पनि पञ्चासेको योगा र अाध्यात्मिकताको अथाह महत्वलाई अझै उजागर गरेको छ।
यसरी पोखरा नजिकैको पर्यापर्यटन हब र जैबिक बिबिधता केन्द्र पञ्चासे नेपालकै महत्त्वपूर्ण पर्यापर्यटन गन्तब्यका रुपमा परिचित छ। पोखरा- पञ्चासे -अष्ट्रेलियन क्याम्प – पुनहिल र अन्नपूर्ण बेसक्याम्प ट्रेकलाई समेत जोडेर राउन्ड ट्रेकका रुपमा समेत विकास गर्न सकिने सम्भाबना समेत प्रशस्त नै छ। पोखरा नजिकैको पर्यापर्यटन र सुन्दर पर्यटन एबं धार्मिक तीर्थाटन गन्तब्य पञ्चासेमा उचित पूर्बाधार ब्यवस्थापन गर्दै उल्लेख्य पर्यटक भित्राउन सकेका खण्डमा यश क्षेत्रमा युवा स्वरोजगारी र अार्थिक विकासको जग समेत बसाउन सकिन्छ । घुमफिर पर्यटनका विभिन्न अायामहरु र पर्यटन पुर्बाधारको विकास गर्दै प्रकृतिको भुस्वर्ग पञ्चासेमा उच्चतम् पर्यटन उद्धम विस्तार विकास गर्नु अाजको अावश्यकता पनि हो। नजिकैको तीर्थ हेला नगरौ पर्यापर्यटन, धार्मिक तीर्थाटन, पदमार्ग पर्यटन र ग्रामीण पर्यटन (होमस्टेका) माध्यमद्वारा पञ्चासेलाई विश्वमाझ परिचित गराउन अब ढिला नगरौँ।
नवराज पौडेल
सदस्य सचिब, पञ्चासे क्षेत्र विकास समिति, कास्की, स्याङ्जा र पर्बत
Video Link: