under featured image
Sky Link

शैक्षिक क्षेत्रका लक्ष्मण – विश्वगोपाल पराजुली

प्रतिभा मा. बि. प्राचार्य - विश्वगोपाल पराजुली

Above News Headline

देवेन्द्र शाही

 

एउटा नेत्तृत्व सफल हुन बिश्वास जित्नु पर्छ । लगनशिल हुनुपर्छ , बिधार्थीको समस्या शिक्षकहरुका समस्या बुझ्न सक्नुपर्छ र समाधान गर्नुपर्छ । साथै सस्थालाई गतिशिल बनाउनका लागी अध्ययनशिल पनि हुनुपर्छ । समय अनुसार चल्न सक्नु पर्छ , साथै दिउसै तारा देख्न सक्नुपर्छ । बल्ल सफल प्राचार्य हुन सकिन्छ ।  कुनै पनि सस्था राम्रो स्थानमा पुग्नको लागी टिमको निकै महत्वपुर्ण भूमिका रहन्छ । यस मानेमा हाम्रो टिमको साथ मलाई रहेको छ ।

> अध्यापन यात्रा कहिले बाट शुरुवात गर्नु भयो ?

२०४३ सालबाट यात्रा शुरुवात भयो आजको मिती सम्म यही सस्थामा अनवरत रहेको छु ।तत्कालिन समयमा दाजु कृष्ण गोपाल पराजुली र मैले मिलेर प्रतिभा उच्च मा. बि. स्थापना गरेका हौ ।

> शैक्षिक सस्थालाई स्थापना गर्न कती गार्‍हो हुदो रहेछ ?

यो एउटा चुनौती पुर्ण जिम्मेवारी हो । सस्था जन्माउनु सामन्य कुरा होला तर सफलता सम्म पुर्याउन चुनौती नै हुन्छ । लामो समय सम्मको अवधीमा हामी यहाँसम्म आईपुगेका छौ र यो हाम्रो प्रयास हो , सफलताको शिखरमा पुग्न अझै बाकी छ । अर्को कुरा सरकारले निजी बिधालयलाई कुनै पनि किसिमको अनुदान सहयोग गरेको छैन । निजी बिधालयले दक्ष जनशक्ती उत्पादन गरेको छ । यि कुरालाई कमसेकम ध्यानमा राखेर सहयोग र  सहकार्य गर्ने काम गर्न सकिन्छ । सरकार  यस तर्फ कुनै किसिम को चासो दिएको छैन  । १२ कक्षा पास गर्ने बित्तिकै बिधार्थी बिदेश जाने र उतै बसोबास गर्ने देखिन्छ । स्वदेशमै सरकारले नेपाली बिधार्थीलाई बिदेशमा पाईने शिक्षा स्वदेशमै पाइन्छ भन्ने अनुभुत गराउन सक्यो भने बिदेशमा अध्ययन गर्न लाग्ने लगानी स्वदेश मै रहन्छ र दक्ष जनशक्त्ती उत्पादन हुन्छ ।

> यहाँलाई बिदेशिने युवा प्रती चिन्ता पनि देखियो नि ?

हो  पक्कै  हामी अभिभावक हामिले चिन्ता गर्नु पर्छ हाम्रो युवाहरुको । जब १२ पास गर्छन बिधार्थीहरु सर्टिफेकेट लिन आउँदा म सोध्ने गर्छु  अबको योजना के छ भनेर । अधिकान्स बिधार्थीले बिदेश जाने भन्छन ।  म भन्ने गर्छु  । हेर बाबु नानी  हो हाम्रो देशमा  धेरै सम्भावना छ । हाम्रो देश बिकाश गर्न युवाको आवश्यकता रहेको छ भनेर बुझाउने कार्य गर्दछु ।  बिधार्थिले स्वदेशमै काम गरेको देख्दा  खुशी लाग्छ ।

Bg Hospital

> प्रतिभा उच्च मा. बि. को बिशेषता के – के हो ?

धेरै बिधार्थीहरुको रोजाईमा परेको बिधालय हो । हाम्रो बिधालयमा जतीपनि शिक्षक साथीहरु छन , पोखराकै शैक्षिक क्षेत्रमा सर्वोउत्कृष्ट हासिल गरेका शिक्षक साथीहरु छन ।  पोखराको मुटु पालिखेचोकमा व्यवस्थित रहेको छ  हाम्रो प्रतिभा मा बि , हामी कहाँ  बिधार्थीको सहजताको लागी स्कुल बस , गुणस्तर खाजा ,स्वास्थ खानेपानी देखी लिएर बिधार्थी सुरुक्षाका कुराको व्यवस्था रहेको छ । 

> बिधार्थीलाई व्यवस्थापन गर्न कती गार्‍हो हुन्छ । कसरी व्यवस्थापन गर्नु हुन्छ ?

बिधार्थीहरुको आवश्यकता लाई बुझ्ने र आवश्यक कुराहरु उपल्बध गराउने गर्छौ त्यसैले हाम्रो सस्था अभिभावक र बिधार्थीको पहिलो रोजाई बनेको हो ।  प्रतिभा  मा. बि. बाट पास भएपछी बिधार्थीलाई सोध्ने गर्छौ । हामिले सुधार्नु पर्ने कुराहरु के के छन भनेर , उहाहरुको सुझाब सल्लाह लिने गर्छौ र आगामि दिनमा बिधार्थीलाई सहजताका लागी यसो गर्ने गरेका छौ ।  हाम्रो बिधालय भर्ना भएपछी हामिले बिधालयको नियमको बारेमा जानकारी कक्षा सन्चालन गर्छौ । जसले गर्दा बिधार्थीलाई बिधालयको अनुशासनमा रहन सहज हुन्छ । अन्य स्कुलका साथीहरुले सोध्नु हुन्छ । यती धेरै बिधार्थीलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर । सिस्टममा बसाउन सक्नुपर्छ । हामी सिस्टममा बसाउने गर्छौ ।  बाबुनानीले सिस्टम बुझेपछी सबैले हाम्रो स्कुलको  सिस्टमलाई कार्यन्वान गर्छ्न । सस्थागत बिधालय सन्चालन गर्न गार्‍हो हुन्छ । अभिभावकहरुको  निकै साथ सहयोग पनि हामिलाई रहेको छ ।

> प्रतिभा  मा. बि. स्कुलको भौतिक सरचना के कस्तो छ  ?

भौतिक जानकारी राख्दा हाम्रो २ वटा भवन मा कक्षा सन्चालन रहेको छ । १२०० बिधार्थी यहाँ अध्ययन गरिरहेका छन । सबै बिधार्थीलाई आवश्यक साईन्स ल्याब , कम्पुटर ल्याब , बास्केट बल , भलिबल खेलकुदको लागी खेलकुद मैदान रहेको छ ,  नृत्य कक्षाको लागी हल , बिधार्थीलाई आवश्यक अनुसार सबै कुरा रहेको छ र अर्को कुरा यहाँलाई जानकारी राख्छु पोखराको चाउथेमा २० रोपनी जमिन हामिले लिएका छौ , बिधार्थीहरुलाई कृषीका साथै गाइ भैसी पालन लगाएतका बिषयमा अध्यापन गराउने सोचेका छौ । अहिले दुध प्याकेटमा आउन थालेको छ । अब दुध प्याकेटमा हुन्छ भन्ने  पनि हुन सक्छ । त्यसैले हामिले बिधार्थीहरु लाई उत्पादन ज्ञान दिन लाई र  हामिले खेतिपातीमा धान , गहु , कोदो लगायत कसरी उत्पादन गर्न सकिन्छ यस बारेमा पनि हामी व्यवहारिक शिक्षा दिने कार्य चाडै गर्नेछौ ।

> शिक्षामा हुनु पर्ने परिवर्तनहरु केहि छन यहाँको अनुभवमा ?
पक्कै पनि हाम्रो अहिले पनि चलन के छ भने, पाठ्यक्रममा भएका बिषय बस्तु मात्र अध्यापन गराउने प्रचलन रहेको छ ।त्यो बाहेक दक्ष जिवन उपायोगी शिक्षा अझै दिन सकिएको छैन । र दक्ष बनाउने किसिमको पाठ्यक्रम तयार गर्नुपर्छ, यो कुरामा सरकारले ध्यान दिनुपर्छ साथै सरोकारका सस्थाले पनि ध्यान दिनुपर्छ ।

> सफल प्राचार्य हुन कस – कस्को साथ चाहिन्छ । र के के गुण हुनु पर्छ ?
एउटा नेत्तृत्व सफल हुन बिश्वास जित्नु पर्छ । लगनशिल हुनुपर्छ , बिधार्थीको समस्या शिक्षकहरुका समस्या बुझ्नसक्नु पर्छ र समाधान गर्नुपर्छ । साथै सस्थालाई गतिशिल बनाउनका लागी अध्ययनशिल पनि हुनुपर्छ । समय अनुसार चल्न सक्नु पर्छ , साथै दिउसै तारा देख्न सक्नुपर्छ । बल्ल सफल प्राचार्य हुन सकिन्छ । र कुनै पनि सस्था राम्रो स्थानमा पुग्नको लागी टिमको निकै महत्वपुर्ण भूमिका रहन्छ । यस मानेमा हाम्रो टिमको साथ मलाई रहेको छ ।

> अहिले शिक्षा लिने र दिने तरिकामा परिवर्तन भएको हो र ?
निस्चित रुपमा भएको छ । पहिले किताबमा मात्र सिमित थियो । अहिले प्रबिधी बिकासले हामिले बिभिन्न डिभाइहरु, भिडियोहरु अन्लाईन प्रयोग गरेर शिक्षा दिन  सक्छौ । अहिलेको समयमा  प्रविधीले यही बिकास गरेको छ  ।
> प्राचार्यको खुशी भनेको के हो ?
म त्यतीखेर खुशी हुन्छु यो बिधालयका बिधार्थीहरु योग्य भएर उत्कृष्ट नतिजा ल्याएर  बिदाई गर्दा एक खालको खुशी लाग्छ । त्यो भन्दा नि अरु स्थानमा गएर प्रगती गर्दा र साथै हाम्रै देशमा काम गरेको देख्दा खुशी लाग्छ । पछिल्लो समय हाम्रो बिधार्थीले उत्कृष्ट नतिजा जस्तै पुरन गुरुङ्ग जसले २०७३ सालमा कास्की जिल्लामै दोस्रो स्थान हासिल गरेका थिए, श्रुती पाण्डे देशकै  सर्वोउत्कृष्ट बिधार्थी भइन , जे यान मिलनले काठमाण्डौ बिश्वबिधालयमा १४ हजार बिधार्थीबाट १ नम्वरमा नाम निकाल्न सफल भए त्यस्तै सुमिना गुरुङ्गले गन्डकी प्रदेशबाट टिचिङ्ग हस्पिटलमा पुर्ण क्षात्रवृत्तमा नाम निकाल्न सफल भइन पछिल्लो बर्षको कुरा गर्दा एमबिबिएसमा ४ जना हाम्रा बिधार्थीले पुर्ण क्षात्रवृत्तमा नाम निकाल्न सफल भए १९ जना बिधार्थिले ईन्जिनियरमा पुर्ण क्षात्रवृत्तमा नाम निकाल्न सफल भए र यही बर्ष ३ .८५ प्रतिशत ल्याएर सुप्रिया मल्ल कास्की जिल्लामै प्रथम हुन सफल भइन यस्ता नतिजा सुन्न पाउदा खुशी लाग्छ ।
> थोरै व्यक्तिगत कुरा जोड्न चाहन्छु , कस्तो स्वभावको हुनुहुन्थ्यो तपाईं बाल्यकालमा ?
बाल्यकालमा म एक्दमै शालिन थिए आज भोली पनि म शालिन नै छु । थोरै मात्र साथी बनाउने र ति साथीभाई माझ हासो ठटा गर्ने रमाउने गर्छु । र कलाकारितामा पनि रुची थियो ।
> एक समय हुन्छ सबै लाई नायक वा कलाकार बन्ने , यहाँको पनि कलाकारितामा पनि रुची रहेछ ?
म क्याम्पस पढ्ने बेला २२ वटा नाट्कमा अभिनय गरे, साथै भिडियो फिल्ममा पनि अभिनय गरे साथै मैले पेन्टिङ्ग गर्ने पनि गरेको छु तर अहिले पनि म कलाकारिता लाई माया गर्छु । मेरा धेरै साथिले  काठमाण्डौ जान पनि अनुरोध गरेका थिए ,  मैले २०४२ साल तिर नाटकमा अभिनय गरेको थिए , पृथ्वी नारायण क्याम्पसको उक्त नाट्कको सर्वोउत्कृष्ट कलाकार र गोल्ड मेडल  प्राप्त गरेको थिए ।
 > पछुत्तो छ तपाई लाई ?
पछुतो छैन किनकि,म यो शैक्षिक क्षेत्रमा छु सस्था यहाँसम्म आईपुगेको छ । मलाई सन्तोष छ मैले सिकाएका कलाकारहरु रास्ट्रीयस्तरमा काम गर्दैछन । म यहाँ धेरै बिधार्थीको भविष्य निर्माणमा लागेको छु । म खुशी छु ।
> यहाँसम्म आइपुग्दा घरपरिवारको साथ सहयोग कस्तो पाउनु भयो  ?
म आफ्नो काम कुरामा लगनशिल भएर लाग्ने मान्छे हुम । र मलाई परिवारको साथ सहयोग नभएको भए म यहाँ सम्म आउन सक्ने थिएन । साथै हामी सङ्ग शिक्षक परिवारको पनि साथ रहेको छ । सबैको साथ सहयोगले नै सस्था सफल हुने गर्छ ।
> जिवन भनेको के हो प्राचार्य ज्यु
जिवन भनेको रङ्गमन्च हो हामी सबै अभिनय गर्दैछौ र जिवन अनुभव हो मेरो बिचार मा ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.