under featured image
Sky Link

पञ्चासे सुचना केन्द्र स्थापना

पञ्चासे अब पर्यापर्यटन एबं जैबिक बिबिधता गन्तव्य

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, चैत ३, प्रसिद्ध धार्मिक, पर्यटकीय एबं जैबिक बिबिधतास्थल पञ्चासेमा जैबिक बिबिधता सूचना केन्द्रको स्थापना भएको छ। पर्यापर्यटन, धार्मिक तीर्थाटन, जैबिक बिबिधता एबं ग्रामीण उद्धमशीलता लगायत समग्र प्रकृति, संस्कार, संस्कृति एबं स्थानीयताको परिचायकका रुपमा स्थापना भएको केन्द्रको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री मा चन्द्रबहादुर बुढाले समुद्घाटन गर्नुभयो । मूख्यत पञचासे जैबिक बिबिधता र पर्यापर्यटनबारे अध्ययन /अध्यापन समेत गर्नमिल्ने गरि पञ्चासे क्षेत्रको समग्र प्राकृतिक बिशेषताबारे सपाट जानकारी गराउने अभिप्रायले केन्द्र स्थापना गरिएको सो सुचना केन्द्रकी अध्यक्ष तथा पञ्चधाम बहुद्धेश्यीय सहकारीकी अध्यक्ष खेमकुमारी गुरुङले बताईन्। पञ्चासे यात्राको मुलद्वारका रुपमा रहेको ग्रामीण पर्यठकीय गाउँ भदौरे देउरालीमा स्थापना भएको केन्द्रमा पञ्चासे जैबिक बिबिधताका छटाहरु, गुरुङ संस्कार र संस्कृतिसम्ब्धी परम्परागत सामग्रीहरु, बिउबिजन तथा नयाँ बालीनालीका स्रोतहरु,पञ्चासे सुनाखरीका सुन्दर दृष्यहरु, कृषि उपजहरु, पञ्चासे सम्बन्धि विभिन्न डकुमेन्ट, घोषणापत्र र अन्य अध्ययन सामग्रीहरु, बृतचित्र, फोटो र अन्य अाकृतिहरु बिबिध जैबिक बिबिधताका सुन्दर चित्रहरु समेत प्रस्तुत गरिएको छ। पञ्चासेको पर्यापर्यटन र जैबिक बिबिधता बिश्वमाझ परिचित गराउँन र नवअध्येता बिद्यार्थीहरुलाई समेत जानकारी लिन सुचना केन्द्रले सहयोगको महत्त्व साबित हुने बुझिएको छ। समग्र पञ्चासेको यात्रा निर्देशित गर्नाका साथै पञ्चासे पर्यापर्यटन, ग्रामीण आतिथ्यता, परम्परा, संस्कार र संस्कृतिबारे जानकारी गराउँन र पर्यापर्यटन प्रबर्द्धन गर्न जैबिक बिबिधता सुचना केन्द्रले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास लिईएको छ। पञ्चासेको काखमा रहेको अन्नपूर्ण ४, मा पर्ने भदौरे देउराली स्थित पञ्चधाम सहकारी संस्था लि को प्राङ्गणमा रहेको सुचना केन्द्र पञ्चासेको गतिलो परिचायक माध्यम बन्ने बिश्वास लिईएको छ। कृषि विकास निर्देशनालय गण्डकी को आर्थिक सहयोग र लि बर्ड कार्यक्रमको संयुक्त पहलमा निर्मित सुचना केन्द्र पञ्चासे पर्यापर्यटन प्रबर्द्धनका लागि महत्त्वपूर्ण आधारस्तम्भका रुपमा रहने बताएको छ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.