under featured image
Sky Link

सहकारी सस्थाको व्यवस्थापकको जिम्मेवारी देखीको यात्रा समता स्कुल सम्म ।

प्राचार्य समता स्कुल - उमेश रेग्मी

Above News Headline

देवेन्द्र शाही

न्युन शुल्कमा बालबालिकाहरुले गुणस्तर शिक्षा पाउन र कुनै पनि बालबालिका शिक्षाबाट बन्चित नहुन भनेर हामी देशभरी लागेका छौ । देशमा मात्र होइन बिदेशमा पनि समता स्कुल  चलिरहेको यहाँलाई जानकारी गराउदछु । हाम्रो कुनै पनि बिद्यालयसङ्ग प्रतिस्पर्धा छैन । हामी चाहन्छौ प्रत्येक जिल्लाका बालबालिका गुणस्तरिय शिक्षा पाउन र जीवन उज्जवल बनाउन यही हो हाम्रो अथवा समता स्कुलको उद्देश्य । २०५८ सालमा काठामाण्डौको जोरपाटीबाट शुरुवात भएको हो । यसका सन्चालक उत्तम सन्जेल हुनुहुन्छ । उहाँलाई सहयोग गर्नका लागी कलाकार ( मह जोडी ) हरी दाइ र मदन दाइको साथ रहेको छ । यही समता सकुलबाट धेरै विद्यार्थी राम्रो -राम्रो पदमा रहेका छ्न् । भविष्य बनाएका छ्न् , सबैको भविष्य राम्रो बनेको हाम्रो सस्था हेर्न चाहान्छ । त्यसैले हामी यो अभियानमा लागेका छौँ ।

> यहाँको जन्मस्थान काठमाण्डौ , सबै करियर बनाउन काठमाण्डौ जान्छन् , तपाई कसरी पोखरा आईपुग्नु भयो ?

मेरो मेडम (श्रीमती )को सैनिक आवासीय स्कुल पोखरामाबाट यता पोखरामा जागिर भयो र म पनि यतै पोखरा आएँ र पोखराका बिभिन्न क्षेत्रमा कर्म गर्न थालेँ।

> आजभोलि यतै मन पर्छ होला नि ?

मन त पर्छ,तर सबै आफन्त काठमाण्डौ मै छन् र यता मेडम (श्रीमती ) को जागिर अथवा सेवा अवधी पुगेपछि (काठमाण्डौ )घरतिरै फर्किनुपर्छ । यहाँ २ दिन बजारमा नदेखिदा यताका साथीभाइहरु भन्ने गर्नु हुन्छ , घर जानु भएको हो र ? त्यसैले पनि जन्मस्थान प्यारो लाग्छ । यसैले मैले पोखरालाई मेरो कर्मस्थल भन्छु । कर्मथलो पनि मेरो लागि प्यारो छ ।

> यहाँको शिक्षाको शुरुवात कस्तो रह्यो ?

सरकारी स्कुलबाट मेरो अध्ययन आरम्भ गरेको हुँ र बि .ए. चाही आर. आर. क्यामपसमा अध्ययन गरेँ, मास्टर डिग्री चाही मैले प्राभेटबाट गरेँ । म मेरो परिवारको पहिलो मास्टर डिग्री गर्ने व्यक्तिमा पर्छु । त्यति बेला औंलामा गन्न सकिने अवस्थामा थिए पढेलेखेकाहरु ।

> यहाँको पेसामा पहिलो रोजाई के थियो ?

मेरो पेशा पढाउने चाही थिएन । खासमा यो पेसा नै गर्छु भन्ने मलाई पटकै थिएन । समय अनुशार जे -जे अगाडि आयो ती सबै काम गर्दै गएँ । म योजना बिना चलेको भएर होला जे जे काम आउँछ त्यही गर्दै गएँ मैले ।

> सानोमा हुँदा के बन्छौ बाबु नानी भन्दा हामी विभिन्न पेसा व्यवसायलाई रोज्ने गर्छौ तपाईको सन्दर्भमा कस्तो रह्यो ?

मेरो जीवन सघर्षमय रह्यो । अभिभावक सानैमा गुमाएँ  त्यसपछी दाजु र दिदीको साथमा हुर्केँ र प्रायः एक्लो बसेँ । त्यसकारण पनि यो बन्छु यसो गर्छु भन्ने अवसर मिलेन । र यस्तै अध्ययन गर्नु पर्छ भन्ने पनि कोहि थिएनन् । ६ कक्षा पढ्दा खेरी नै आमाबुवा गुमाएँ । १० कक्षापछि आफै काम गर्दै पढ्दै आएँ । तर अझै सफल भएको चाही छैन जस्तो लाग्छ । काम धेरै गर्नु बाँकी छ । सफलता पाइसकेको चाहि छैन ।

Bg Hospital

> यहाँको बिचारमा सफलता भनेको के हो नि ?

म अहिले कोही मान्छे सफल र सन्तुष्ट भएको देख्दिन किन भने मानिस आर्थिक रुपले सफल भएर मात्र सफल हुँदैन । मेरो बिचारमा मैले गरेको कामले कसैको जीवन परिवर्तन गर्न सक्छ र कसैको जीवन परिवर्तन भएमा म आफुलाई सफल भएको ठान्ने छु । अरुलाई असलबाटो, असल जिवन जिउनेकला सिकाउन सक्नु नै सफलता हो मेरो बिचार मा ।

> जागिरको शिलशिला कसरी शुरुवात भयो ?

म किसानको छोरा भएर होला ५० /६० रुपैयाँ ज्यालामा खेतिपाती काम गरियो । त्यती बेला जम्मा जम्मी २,००० महिनाको कमाई थियो त्यो ठुलो लाग्थ्यो । त्यसपछि पढाउन भनेर म सिन्धुपाल्चोकको जलविरे भन्ने ठाउँमा पुगेँ । पहिलो चोटी पढाउन भनेर पुगेँ २०५८ साल तिर त्यहाँ गएँ , त्यति बेला द्वन्दको समय फेरि म काठमाण्डौ फर्केँ थप अध्ययनको लागी ।
त्यहाँबाट आएर अन्य धेरै थरिका काम गरियो । कुनै कामबाट पनि सन्तुष्टि पाउन सकिएन । कामको शिलशिलामा देशको धेरै ठाउँमा पनि पुगियो । त्यसपछि सहकारीको व्यवस्थापक भएर काम गरेँ । काम गर्ने शिलशिलाले धेरै कामको अनुभव पनि बटुलेँ र पछि अध्ययन गर्नुपर्छ । अध्ययले जिवन परिवर्तन हुन्छ जस्तो लाग्थ्यो ।अनि अध्यापन कार्यलाई अगाडि बढाएँ , यसको अर्थ यो होइन कि अध्ययन गर्नेले मात्र जीवन परिवर्तन गर्छन् भन्ने होइन तर मेरो सन्दर्भामा मात्र भनेको हुँ तर मलाई अध्ययन नै सबैथोक लाग्थ्यो । अध्ययन गरेकै हुनाले आज यहाँ छु ।

> यहाँले धेरै क्षेत्रको अनुभव बटुल्नु भयो तर कुन पेसामा चाही रमाउनु भयो ?

धेरै कामको अनुभव त छ । सहकारी क्षेत्रमा अलि बढी ज्ञान भएकोले सहकारी क्षेत्रमा पनि मलाई आनन्द नै थियो र अहिले शिक्षण पेशाको कार्य गर्दैछु । यहाँ पनि सबैको माया पाइने सम्मान पाइने भएर होला यहाँ अलिबढी आनन्दित महशुस गरेको छु । पोखरा आएर अरु क्षेत्रमा काम गर्दा २ जनाले पनि चिन्दैन्थे तर शिक्षण पेशामा धेरै बिधार्थीले चिनुहुन्छ । धेरै अभिभावकले चिन्नु हुन्छ । धेरैको भविष्य बनाउने कर्म गरिदैछ त्यसैले यही क्षेत्रमा रमाउदै छु । केहि मान्छेलाई शिक्षित र देश तथा समाजको लागि योग्य बनाउदै छु यही नै मेरो सफलता हो ।
म यहाँ जोड्न चाहन्छु एक चोटीको समय हो मैले पढाईको बिधार्थी मैले तालिम लिने ठाउँमा प्रशिक्षक भएर आएको रहेछन् । मलाई थाहा थिएन पछि सर मलाई हजुरले पढाउनु भएको हो भनेर चिनजान गर्‍यो । त्यो बेला खुशी लाग्यो। अब त हरेक क्षेत्रमाना धेरै मानिस भेटिन्छन् । यहिबाट एस एल सि वा एसईई गरेका विद्यार्थी डाक्टर, इन्जिनियर, सोसलवर्कर, नर्स, शिक्षक भएका छन् । यो जीवनको ठूलो उपलब्धि हो ।

> समता स्कुलको विशेषता के के हो ?

हाम्रो विशेषता हामी न्युन शुल्क लिएर अध्यापन गराउछौँ ।हामी मासिक १०० रुपैयाँ शुल्क लिन्छौँ । त्यसका अलवा परीक्षा शुल्क र कम्प्युटर शुल्क पनि एक एक सय नै लिन्छौँ । अग्रेजी भाषामा अध्ययन गराउछौँ जुन आजको आवस्यकता पनि हो । समता स्कुल देश र विदेशमा पनि रहेको छ । न्यून शुल्कमा गुणस्तरिय शिक्षा दिने हाम्रो टिम को अभियान र लक्ष्य रहेको छ ।

> अनि यती थोरै शुल्कले कसरी व्यवस्थापन गर्नु भाछ ?

मैले अगाडि भनेँ नि हो ती शुल्कले हामीलाई चल्न केही सजिलो हुन्छ । कहिले काहीँ अभिभावकसँग सहकार्य गर्छौँ । मागेर चलाउने हो । लाज मान्नु हुदैन । विद्यार्थीले तिर्न पैसाले मात्रै स्कुल चल्दैन । यसका उत्तम सर तथा केन्द्रका सरहरु लाग्नु भएको छ । हरेक विद्यार्थीलाई वार्षिक १०/१२ हजार खोजेर लगानी गर्नु पर्दछ ।
३ महिना जतिको तलब पुग्दैन वर्षमा । त्यो पैसा विभिन्न साथीभाईहरु लगायत दाताहरुसँङ्ग सहयोग पनि लिन्छौ र केहि हामी आफै पनि व्यवस्थापन गर्छौ ।

> खासमा समता स्कुलको उद्देश्य के हो स्पष्ट पारिदिनुस् ?

न्युन शुल्कमा बालबालिकाहरुले गुणस्तर शिक्षा पाउन् र कुनै पनि बालबालिका शिक्षाबाट बन्चित नहुन् भनेर हामी देशभरी लागेका छौँ । देशमा मात्र होइन विदेशमा पनि समता स्कुल चलिरहेको यहाँलाई जानकारी गराउछु । हाम्रो कुनै विद्यालयसङ्ग पनि प्रतिस्पर्धा छैन । हामी चाहन्छौँ प्रत्येक जिल्लाका बालबलिका गुणस्तर शिक्षा पाउन् र जिवन उज्जवल बनाउन् । यही हो हाम्रो अथवा समता स्कुलको उद्देश्य । २०५८ सालमा काठामाण्डौको जोरिपाटनबाट शुरुवात भएको हो ।यसका सन्चालक उत्तम सन्जेल हुनुहुन्छ । उहालाई सहयोग गर्नका लागी कलाकार हरी दाइ र मदन दाइको साथ रहेको छ । यहीबाट धेरै विद्यार्थीहरुले राम्रो -राम्रो पदमा पुगेर काम गर्न पनि थालेका छ्न् । उनीहरुले भविष्य बनाएका छ्न् , सबैको भविष्य राम्रो बनाउन पाउँदा र भएको देख्न पाइयोस् भन्ने हाम्रो लक्ष रहेको छ ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.