under featured image
Sky Link

रास्ट्रीय पुरस्कार प्राप्त निर्देशक घनश्यामको सिनेमामा साम्राज्ञी

Above News Headline

पोखरा भ्वाइस, चैत २३, एबी इन्टरनेसनलले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । जेठदेखि बेलायत र फ्रान्समा छायांकन हुने यो ट्राभल लभस्टोरी फिल्ममा साम्राज्ञीले एक महत्वाकांक्षी युवतीको चरित्रमा अभिनय गर्दैछिन् ।

‘अग्निदहन’बाट राष्ट्रिय फिल्म अवार्ड जितेका घनश्याम लामिछानेले फिल्मलाई निर्देशन गर्दैछन् । लामिछाने निर्देशित ‘धौली’ र ‘पञ्चेबाजा’ समीक्षकले रुचाएका फिल्म हुन् ।

फिल्मबारे निर्देशक लामिछानेले भने, ‘यो एउटा यात्रामा आधारित प्रेमकथाको फिल्म हो । महात्वाकाङ्क्षी युवती प्रेममा परेपछि उसको जीवनमा आउने उतारचढाव कथावस्तु हो ।’ लामिछानेले फिल्मलाई नयाँपुस्ताको प्रेमकथा पनि भएको बताए । प्रदीप भारद्वाजले पटकथा लेखेका हुन् ।

Bg Hospital

एबी इन्टरनेसनलले विदेशमा एकसाथ दुई फिल्मको सुटिङ गर्दैछ । जसमध्ये अनमोल केसी र सारा श्रीपाइलीको ‘हनीबनी’ पनि छ, जसलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् ।

आगामी असारभित्र ‘हनीबनी’को छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको निर्देशक भट्टराईले जानकारी दिए । हनीबनी फिल्म छायांकन सकिएपछि मात्र ‘लण्डन टु पेरिस’ छायांकन सुरु गर्ने तयारी छ ।

एबी इन्टरनेसनलले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पर्खाइमा छ । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

यो समूहले नेपालमा विदेशी फिल्म वितरणको काम पनि गरिरहेको छ । अक्षयकुमार स्टारर फिल्म ‘बच्चन पाण्डे’को वितरण यही समूहले गरेको थियो ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.