under featured image
Sky Link

स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीको क्यालेन्डर बिमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख २,
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीले २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
“आपसी प्रेम र सदभाव” भन्ने मान्यतालाई मनन गर्दै स्वास्थ्य एवमं सामाजिक सचेतना जगाउदै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा क्यालेण्डर विमोचन गरिएको हो। गण्डकी मेडिकल कलेजका प्राचार्य प्रा.डा. रविन्द्र प्रसाद श्रेष्ठ र स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीका अध्यक्ष दीपक कार्कीले संयुक्तरुपमा ०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेका थिए । कार्यक्रममा प्राचार्य श्रेष्ठले यस्तो कार्यक्रमले भावनात्मक एकतामा सहयोग पुग्ने बताए ।

Bg Hospital

क्यालेण्डर प्रकाशन समितिका संयोजक श्री हरि बहादुर बस्नेतले विषम परिस्थितीमा सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरेका थिए ।
स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्ब्य बरिष्ठ उपाध्यक्ष एवम बालरोग विशेषज्ञ डा. शंकर पौडेलले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव राजन पोख्रेलले गरेका थिए। कार्यक्रम एकैसाथ लेखनाथ स्थित कलेज र अस्पताल प्रङगणमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा कलेजमा कार्यरत चिकित्सक, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, विद्यार्थी एवमं शुभचिन्तकहरुको व्यापक सहभागिता रहेकाे थियो।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.