
पोखरा भ्वाइस सम्वाददाता, बैशाख ७, जनता समाजबादी पार्टीले कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा २५ बर्षे युवा उद्धमीलाई अगाडि बढाएसँगै सर्बत्र चासोको बिषय बनेको छ। जनता समाजबादी पार्टी अन्नपूर्ण अध्यक्ष समेत रहेका पौडेललाई अगाडि सारिएसँगै युवाहरुमाझ उत्साह थपिएको छ। पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयमा अध्ययनरत मेधाबी छात्र पौडेल पढाइ, कर्मशीलता सँगै राजनीतिमा समेत सक्रिय छन्। १६ बर्षे उमेरमा माअोबादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका पौडेल विगतमा माअोबादी जिल्ला सचिबालय सदस्य , भदौरेतामागी गाबिस अध्यक्ष सँगै नयाँ शक्ति हुँदै बिद्यार्थी र पार्टी मोर्चामा जनता समाजबादी पार्टीसम्म अाउँदा अबिचलित रुपमा अनबरत लागिरहेका ब्यक्ति हुन्। अनुशासित र ईमानदार कार्यकर्ताको छवि बनाएका पौडेल विकास अभियानका असल साधकका रुपमा समेत रहेका छन्।
हाल पञ्चासे क्षेत्र विकास समिति सदस्यसचिव, होमस्टे महासंघ नेपाल प्रचारप्रसार विभाग सदस्य, पञ्चासे पर्यावरणीय विकास संघ सचिबका रुपमा समेत सामाजिक विकास, पर्यावरणीय प्रबर्द्धन र पर्यापर्यटन प्रबर्द्धनमा सक्रिय पौडेल जुझारु सामाजिक अभियन्ताका रुपमा समेत रहेका छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), खुमलटार, ललितपुर, कृषि विभाग, हरिहरभवन ललितपुर र मौरी विकास केन्द्र, गोदाबरी ललितपुरमा रहेर समेत पौडेलले मौरीपालन प्रबिधि, ग्रामीण कृषि उद्धम र पर्यावरणीय कृषि प्रबर्द्धन विषयमा लामो तालिमबाट विषयगत विज्ञता हासिल गरि ग्रामीण कृषि कार्यकर्ताको रुपमा समेत पौडेल सक्रिय छन्। पञ्चासे ईको टुरिजम प्रालि र सृजनशील बहुद्ध्येश्यीय एग्रो फार्मको समेत सफल सञ्चालक पौडेल पर्यापर्यटन प्रबर्द्धन र कृषि उद्धम प्रबर्द्धनमा सक्रियतापूर्बक लागीरहेका छन्। कलिलो उमेरबाट नै सक्रिय राजनीतिमा लागेका युवा नेता पौडेलको उम्मेदवारी नै जित भएको सबैले अाँकलन गरिरहेका छन्। युवा उम्मेदवारका रुपमा उभिएका पौडेलले उत्साहपूर्बक घरदैलो कार्यक्रम अगाडि बढाईरहेका र जनसम्बन्ध विस्तार पनि तीब्रतामा अगाडि बढीरहेको बुझीएको छ।