under featured image
Sky Link

अलौकिक कवि देशभक्त सिंह कुँवरलाई साहित्यिक राष्ट्रनायक उपाधि

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ७, अलौकिक कवि देशभक्त सिंह कुँवरलाई साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मान गरिएको छ ।  चितवनको ग्राण्ड मल्टि इन्टरटेनमेन्ट हाउस प्रालि, भरतपुरले उनलाई एक समारोह आयोजना गरी सो उपाधिबाट सम्मान गरेको हो । छोटो बसाइँमै साहित्य र संगीतका सिर्जना जति पनि सिर्जित गर्न सक्ने उनको क्षमताको कदर गर्दै र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदानको उच्च सम्मान स्वरुप उनलाई सो उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ । बहुआयामिक प्रतिभाका धनी कुँवर गायन, संगीत, साहित्य, संचार लगायतका विविध विधामा सक्रिय छन् । मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया, कुँवर राणा गार्डेन सोसाइटी, सिर्जनशील साहित्य परिवारमा हाल अध्यक्ष छन् । २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा हात हालेका कुँवरले गिनिज बुक वल्र्ड द रेकर्डमा समेत नाम लेखाएका छन् । उनले साहित्यकार, नायक, गायक, संगीतकार, गीतकार, निर्देशक, मोडल, संचारउद्यमीको परिचय बनाएका छन् । कला, साहित्य र संगीत क्षेत्रमा पोखरामा क्रियाशील संघसंस्थाले पोखरा १४ निवासी कुँवरलाई ५ वर्ष अघि अलौकिक कविको उपाधि दिएका थिए । उनका हालसम्म साहित्यका दर्जनौं कृति प्रकाशनमा छन् भने २ सय ५० गीतमा स्वर तथा संगीत दिएका छन् । साथै १ सय बढी कृति प्रकाशोन्मुख छन् ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.