under featured image
Sky Link

ज्याकलिन फर्नान्डिसको ७.२३ करोडको सम्पत्ति जफत, लुकआउट नोटिस पनि जारी

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता वैशाख १७ ,२०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले नायिका ज्याकलिन फर्नान्डिसविरुद्ध ठूलो कारवाही गर्दै उनको मुम्बईको ७ करोड २७ लाखको सम्पत्ति जफत गरेको छ । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले लुकआउट नोटिस जारी गरेको छ । नायिकासँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । उनीसँग तिहाड जेलमा बन्द सुकेश चन्द्रशेखरसँग उनको सम्बन्धको विषयमा सोधपुछ भएको छ । इडीले नायिकाविरुद्ध थुप्रै प्रमाण पनि भेटेको छ । नायिकाको सुकेशसँग नजिकको सम्बन्धः

इडीको स्रोतलाई विश्वास गर्ने हो भने नायिका र ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच नजिकको सम्बन्ध थियो र उनले नायिकामाथि पैसाको खोलो बगाउँथे । चन्द्रशेखरले नायिकालाई सुन र हिराका गहना, आयातित सर–सामान दिएका थिए । यसका साथै, ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो पनि उपहारमा दिएका थिए । ज्याकलिनका लागि सुकेशले थुप्रै चार्टर्ड फ्लाइट बुक गरेका थिए । इडीको स्रोत अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारु खर्च गरेका थिए ।होटलमा बसेको खर्च पनि सुकेशले नै तिरेका थिएः

Bg Hospital

अनुसन्धानमा पाइए अनुसार नायिकाका लागि दिल्लीबाट मुम्बई र त्यसपछि यहाँबाट चेन्नई जाने चार्टर्ड विमान पनि सुकेशले बुक गराएका थिए । ज्याकलिन केही पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए । इडीले यी दुई तीनपटक भेटेको सटिक जानकारी पाएको छ, यसैका लागि नायिकासँग सोधपुछ गरिँदैछ । यो भेट सुकेश अन्तरिम जमानतमा रिहा भएपछि भएको थियो । ज्याकलिनसँग सम्बन्धमा थिए सुकेश ! सुकेशले आफू ज्याकलिनसँग सम्बन्धमा भएको दाबी पनि गरेका छन् । उनको यो दाबीको पुष्टि दुईका केही तस्बिरले गर्छन् । यी तस्बिरमा नायिका र चन्द्रशेखर एक–अर्काका निकै नजिक देखिएका छन् । इडीका अनुसार यो पाँचतारे होटलको हो । यद्यपि, ज्याकलिनले अनुसन्धान एजेन्सीसँग कुनै पनि सम्बन्ध भएको अस्वीकार गरेकी छिन् । अनुसन्धानमा सुकेश तिहाड जेलमा बस्दा पनि उनले नायिकासँग थुप्रै्र पटक फोनमा कुरा गरेको पत्ता लागेको छ । यसको प्रमाण भेटिएपछि इडीको एउटा समूहले तिहाड जेलको भ्रमण पनि गरिसकेको छ । ज्याकलिनसँग अर्बौँको सम्पत्ति

ज्याकलिनसँग करोडौँको सम्पत्ति छ । मिडिया रिपोर्टका अनुसार ज्याकलिनसँग करिब १० मिलियन डलरको सम्पत्ति छ । ज्याकलिन एउटा फिल्मका लागि करिब ३ देखि ४ करोड भारु लिने गर्छिन् । एक रिपोर्ट अनुसार सन् २०१९ मा ज्याकलिनको वर्षभरीको आम्दानी ९.५ करोड भारु थियो ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.