
पोखरा भ्वाइस सम्वाददाता वैशाख १८ , वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि दलहरु आ-आफ्नो चुनावी प्रचारमा व्यस्त रहेका छन् ।
यहि परिवेशमा नेपाली कांग्रेस पनि होमिएको छ । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं १ को छैटौं दिनको प्रचार अभियान गरिएको छ ।
वडाध्यक्षका उम्मेदवार सीता गुरुङ, सदस्यका उम्मेदवारहरु सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघ बहादुर गुरुङ र रामजीप्रसाद पौडेलसहितको टोलीले केआईसिं पुलको वरपर घरदैलो गरेको छ ।

प्रचारको क्रममा आफ्नो पक्षमा मत आउनेमा ढुक्क भएको अध्यक्षकि प्रत्यासि गुरुङले बताईन । उनले भनिन्, जनताका काम गर्न जाने हो, सेवा गर्न जाने हो । हाम्रो प्रतिवद्धता छ कि जनताको दैनिकी र काम सहज किसिमको होस्, त्यो नै हामीले चाहेका छाै ।
प्रचार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले बिहान माछापुच्छ्रे बैंकको गेटबाट शुरु भएको घरदैलो केआईसिं पुलको बाँयातर्फको भागमा, दायाँतर्फ केआईसिं पुलबाट संस्कृत क्याम्पस, संस्कृत पाठशाला, बगर हुँदै पिएन क्याम्पसको उपल्लो गेटसम्म सकिएको बताए ।