under featured image
Sky Link

१७ नम्बर वडालाई नमुना वडा बनाउछु, एमाले नेत्री राधिका शाही योगी

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता वैशाख २७ , पोखरा महानगरका ठूला वडामध्येमा पर्छ वडा नं. १७ । डेभिजफल्स, गुप्तेश्वर गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सेतीको गल्छी, फुस्रो किनारको गल्छीदेखि विरौटा फाँट यही वडामा पर्छन् । पोखराका मुख्य बजारको रुपमा परिचित विरौटा, छोरेपाटन, डेभिजफल्ससहित बस्ती विस्तार भइरहेका टोल यहाँ छन् । यस्तो विविधतापूर्व वडाको नेतृत्वमा एमालेले राधिका शाही योगीलाई अघि सारेको छ ।

गएको कार्यकालमा वडा सदस्य रहेकी उनले कार्यपालिका सदस्यको रुपमा स्थानीय सरकारको अनुभव लिइसकेकी छन् । स्कुलबाटै राजनीतिमा लागेकी उनी वडा सदस्यको अनुभवपछि पोखरा १७ लाई नमुना बनाउने संकल्पसहित मैदानमा छिन् । एमालेले वडामा सदस्य तारा सेवा परियार लाई पनि दोहो¥याएको छ । राधिकाको टिममा महिला सदस्यमा विष्णु थापा भुजेल र खुला सदस्यमा शिवराम भण्डारी र विक्रम गुरुङ मैदानमा छन् ।

राधिकाले पहिले पोखरा १७ मा स्वास्थ्य स्वयम्सेविका भएर काम गरेकी थिइन् । उनी भन्छिन्, ‘घर घरमा पुगेर वडावासीलाई औषधि खुवाएकी छु । सबै टोल टोलसम्म परिचित छु ।’ उनलाई सामाजिक रुपमा परिचत बनाउन जीवनसाथी गोविन्दनाथ योगीको विशेष भूमिका छ । हिमालय आँखा अस्पातालका तालिम इन्चार्ज गोविन्दले यहाँका आमा समूह, क्लब, शिक्षक, स्वास्थ्यकर्मीलाई आँखाको हेरचाहबारे तालिम दिँदा उनी पनि सहभागीसँग जोडिने मौका पाइन् ।

उनको जीवन संघर्षपूर्ण छ । कर्णाली प्रदेशको दुर्गम कालिकोटमा जन्मिएकी उनको कर्मक्षेत्र पोखरा बनेको छ । उसो त पोखरालाई अहिलेको पोखरा बनाउन यहाँका रैथाने भन्दा बाहिरबाट आउनेहरुको कम भूमिका छैन । कालिकोटबाट पोखरा आएपछि उनले एमालेको टोल कमिटीमा बसेर काम गरिन् । त्यहाँ उनी जिल्ला कमिटी सदस्य थिइन् ।

एमालेले पोखरा १७ मा उठाएका उम्मेदवारहरु घरदैलोमा ।
तल्लो पदमा बस्नु परे पनि हीनता बोध गरिनन् । पार्टीको आदेश पालना गरिने । उनी सम्झिन्छिन्, ‘बच्चा लिएर पनि बैठकमा गएँ तर बैठक छुटइनँ, पार्टीका अभियानमा गयल भइनँ ।’ अहिले उनी एमाले जिल्ला कमिटी सदस्य हुन् । पार्टीको प्रदेश क्षेत्रीय कमिटीको इन्चार्ज पनि छिन् ।

गएको निर्वाचनमा उनी वडा सदस्यको उम्मेदवार बनिन् । उनी भन्छिन्, ‘वडाका युवा, महिला, ज्येष्ठ नागरिक सबैलाई समेटेर काम गरियो । योजना माग गर्न, सीप विकास, उद्घोषण तालिम पनि वडाले सञ्चालन ग¥यो ।’ वडाले आमा समूहहरुलाई एग्रो फार्म चलाउन सहयोग गरेको छ । पूर्वाधारको हिसाबले वडामा थुप्रै बाटा बने ।

राधिका भन्छिन्, ‘करिब अब बाटाको काम ३५ प्रतिशत बाँकी छ । भित्रभित्रका केही बाटा बाँकी छन् ।’ वडामा धार्मिक पर्यटकीय सर्किट बनाउन योजना अबको कार्यकालमा साकार पार्ने उनी प्रतीज्ञा गर्छिन् । डेभिजफलदेखि ढुंगे साँघुलाई आएका पर्यटकलाई ल्याउने र यहाँ बस्ने पूर्वाधार बनाउन पहल गर्ने उनी सुनाउँछन् ।

पोखरा १७ मा खेल मैदान निर्माणाधी छ । स्कुलमा भवन, क्याम्पसमा भवन बनेका छन् । युवालाई सक्षम बनाउन गएको कार्यकालमा विभिन्न योजनाअघि सारेको उनले उल्लेख गरिन् । ‘प्लम्बिङ, इलेक्ट्रिोनिक, हेयर कटिङ जस्ता तालिम आयोजना ग¥यौं । धेरैले सीप सिकेर यही स्वरोजगार बने, केही विदेश गएर काम गरिरकेका छन् ।’

‘सबैभन्दा पहिला त नागरिकलाई सहज सेवा दिन हेल्प डेस्क राख्छौं । मैले ५ वर्षमा केही सिक्ने मौका पाएँ । आफ्ना योजना लागू गर्न कार्यकारी भूमिकामै हुनुपर्छ भन्ने ठानेर अध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।’

फेरि किन दोहोरिन चाहनुभयो भन्ने प्रश्नमा उनी बाँकी काम पूरा गर्न आएको जवाफ दिन्छिन् । पोखरा महानगरमा पहिलो पटक वडाबाट राजस्व बुझाउने सुरुवात उनकै कार्यकालमा भएको यो थियो । उनी भन्छिन्, ‘केही काम अझै अधुरा छन् । पहिलो वर्ष ऐन, कानुन नहुँदा रोकियौं । त्यसपछि काम गर्ने रफ्तार चल्दै थियो, एक वर्ष नहुँदै २ वर्ष कोभिडले तहसनहस बनायो ।’

Bg Hospital

महामारीमा वडा कार्यालयले टोल टोलमा पुगेर राहत बाड्यो । पछिल्लो १ वर्ष महामारीको प्रकोप केही काम भएका पनि संघ र प्रदेश सरकार परिवर्तनले काम छायाँमा परेको उनको अनुभव छ । आफू निर्वाचित भएका उनी वडाबाट हुने काम व्यवस्थित गर्ने, पेपरलेस बनाउन पहल गर्ने बताउँछिन् । राधिका भन्छिन्, ‘सबैभन्दा पहिला त नागरिकलाई सहज सेवा दिन हेल्प डेस्क राख्छौं । मैले ५ वर्षमा केही सिक्ने मौका पाएँ । आफ्ना योजना लागू गर्न कार्यकारी भूमिकामै हुनुपर्छ भन्ने ठानेर अध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।’

सबै कुरा एउटैले जान्न सम्भव नभएकाले अग्रजका अनुभव र टिमका सदस्यको ज्ञान, अनुभव र सहकार्यमै आफू अघि बढ्ने उनले सुनाइन् । पोखरा १७ का विभिन्न ठाउँमा भूमिहीन र अव्यवस्थित बसोबासी छन् । यो समस्या समाधान गर्ने उनले प्रतिवद्धता गरेकी छन् । उनी भन्छिन्, ‘सुकुम्बासी समस्या समाधान गर्नु छ । कोभिडको बेला ज्यानको परवाह नगरी घर घर गएर हामीले फार्म भरेका छौं । ती कायम हुन त हामी आउँदा सजिलो होला नि । नयाँ मान्छे आयो भने फेरि अनुसन्धान गर्ने होला, जग्गा पाउने पछि सर्ने होला ।’

वडामा खानेपानीको क्षेत्रमा सबैभन्दा राम्रो काम भएको उनको दाबी छ । ‘वडामा ८५ प्रतिशत काम भइसकेको छ । स्रोत नभएका ठाउँमा बोरिङ बनाएर भए पनि पानी पु¥याएका छौं । केही शाखामा बाँकी छ । समृद्धि टोल बाँकी छ । लामातरा बाँकी छ । महतगौडासम्म गएको छ । अबको कार्यकालमा यहाँ खानेपानी प्राथमिकतामा राख्छौं,’ उनले भनिन् ।

अघिल्लो निर्वाचनताका गरेका प्रतिवद्धतामध्ये ९५ प्रतिशत पूरा गरेको उनको जिकिर छ । मुल कुलो र फेवा क्यानलको व्यवस्थापन मुख्य समस्या भएको उल्लेख गर्दै उनी संघ, प्रदेशमा समन्वय गरी समस्या समाधान गर्ने योजना सुनाउँछिन् ।

विद्युतको सब स्टेसन बनाउने विषयमा द्वन्द्व भए पनि त्यसको समाधान निकाल्न सघाउने उनको प्रतिवद्धता छ । वडमा बनेको आरटिओको सौन्दर्यकरण र महतगौडाको ओरालोदेखि दोबिल्लासम्मबो बाटो स्तरोन्नतिको पहल पनि उनका एजेन्डामा छन् ।

गएको कार्यकालमा पोखरा १७ को स्वास्थ्य चौकीबाट स्तरोन्नति गरी स्वास्थ्य केन्द्र बन्यो । महतगौंडा नजिकै रहेको स्वास्थ्य केन्द्र सबैको पायका छैन । वडा नं. २२, २१ र १७ लाई पायक पर्ने गरी छोरेपाटन, सिमलटुँडाको तल अर्काे स्वास्थ्य केन्द्र खोल्न पहल गर्ने उनको प्रतिवद्धता छ ।
महिलालाई आत्मनिर्भर बनाउन ससाना घरेलु उद्यममा सघाउनेदेखि औजार दिने उनी बताउँछिन् । वडाले सामूहिक उत्पादन गर्ने उद्योग खोल्ने, युवालाई यही रोजगार सिर्जना गर्न सीपमूलक तालिम दिने र तालिम लिएको जनशक्तिलाई बिउँ पुँजी दिएर उद्यमी, व्यवसायी बनाउने उनको टिमको योजना छ ।

राधिका भन्छिन्, ‘म निम्न वर्ग आएकी महिला हुँ । ती वर्गलाई कसरी संरक्षण र प्रोत्साहन गर्न सकिन्छ भन्ने मलाई राम्ररी थाहा छ । सबैको साझा जनप्रतिनिधि बनेर वडाको समृद्धि गर्दै नमुना वडा बनाउने प्रण गर्दछु ।’

बालबालिकालाई सानैबाट आफ्नो सहर, संस्कृति, देशबारे परिचित बनाउनुपर्ने उनको भनाइ छ । स्कुल कार्यक्रम सञ्चालन गरी वडा, महानगरको बारेमा जानरकारी दिने, उनीहरुको प्रतिभा प्रस्फुटन गर्ने उनको प्रतिबद्धता । अहिले भाडाको घरमा सञ्चालन भइरहेको वडा कार्यालको भवन निर्माण पनि प्राथमिकतामा पर्ने उनले जनाइन् ।

एमालेले पोखरामा २ महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । एमालेबाट टिकट पाए पनि निर्वाचित भएपछि सबैको साझा बनेर काम गर्ने उनको प्रतिबद्धता छ । ‘गएको कार्यकालमा एमालेबाट सदस्य जिते पनि सबैको बनेर काम गरेँ । फेरि पनि त्यसरी नै काम गर्ने प्रतिबद्धता गर्दछु । वडालाई समृद्ध बनाउन चाहन्छु । आफ्ना योजना कार्यान्वय गर्न कार्यकारी भूमिका चाहिन्छ । यहाँहरुले मलाई त्यो भूमिका पठाउनुहुन्छ भन्ने मेरो विश्वास छ ।’

महानगरको कार्यपालिका सदस्य बनेर नीति, नियम बुझेकाले अब योजना बनाएर कार्यान्वयन गर्न सहज हुने उनी बताउँछिन् । राधिका भन्छिन्, ‘म निम्न वर्ग आएकी महिला हुँ । ती वर्गलाई कसरी संरक्षण र प्रोत्साहन गर्न सकिन्छ भन्ने मलाई राम्ररी थाहा छ । सबैको साझा जनप्रतिनिधि बनेर वडाको समृद्धि गर्दै नमुना वडा बनाउने प्रण गर्दछु ।’

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.