under featured image
Sky Link

“लन्डन टु पेरिस”मा नयाँ नायक निश्चल खड्काको इन्ट्री

Above News Headline

एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा नयाँ नायक निश्चल खड्काको इन्ट्री भएको जानकारी एबि प्रोडक्सनका कार्यकारी निर्माता सिध्धार्थ सिम्खडा ले जानकारी  दिनुभयो। नेपाली सिनेमा नायक को अभावमा नयाँ अनुहार  निश्चल खड्का को इन्न्ट्रीलाइ बिशेष रुपमा लिइएको छ।
अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली सिनेमा गर्न भनी नेपाल आएका निश्चल खड्काले केही बिज्ञापनमा मोडलिङ समेत गरेका छन भने अस्ट्रेलियामा बस्दा पनि केही मोड्लिङ इभेन्टमा भाग लिएका थिए। यस फिल्ममा उनले साम्राज्ञी राज्यलक्ष्मी शाह का साथमा गरिमा शर्मा  सङ अन स्कृन रोमान्स गर्ने भएका छन। “लन्डन टु पेरिस” मा  निश्चल खड्काले एउटा रोम कम ड्रामा को भुमिका गर्दै छन।
यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने सिनेमा मा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा र कबिर खड्का फाइनल भैसकेका छन। निर्देशक घनश्याम लामिछानेका अनुसार अरु बाकी कलाकारहरु लन्डन बाटै लिइने जानकारी दिए। घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाका केही दिन यता कान्तिपुर फिल्म एकेडेमीमा नाट्यकर्मी सरिता गिरिले वर्कसप गराइरहेकी छन । निर्देशक लामिछानेले यसअघि ‘धौली” र “पञ्चेबाजा’ जस्ता समिक्षकले रुचाएका सिनेमा र २०७५ सालमा चलचित्र बिकास बोर्डको रास्ट्रीय जुरि अवार्ड प्राप्त सिनेमा अग्निदहन को निर्देशन गरिसकेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमा असारको दोस्रो साताबाट फ्लोरमा जाने छ ।

Bg Hospital

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन ५०% सकिसकेको छ ।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.