under featured image
Sky Link

होमस्टे महासंघ प्रचार बिभागमा पौडेल

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, जेष्ठ २१, 
देशैभरका होमस्टेहरुको छाता संगठन होमस्टे महासंघ नेपाल (होफेन) को केन्द्रीय सूचना तथा प्रचारप्रसार विभागमा कास्की पञ्चासेका नवराज पौडेल सर्बसम्मत निर्बाचित भएका छन्। यसअघि २०७८ फागुन २७ देखि २९ सम्म गाभर भ्याली सामूदायिक होमस्टेमा चलेको महासंघको राष्ट्रिय सम्मेलनले प्रेमशङ्कर मर्दनिया थारु (अमलटारी होमस्टे) को नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । पञ्चासे क्षेत्र विकास समिति सदस्य सचिव तथा पञ्चासे होमस्टे विकास समिति सचिव समेत रहेका पर्यटन अभियन्ता पौडेल यसअघि एक कार्यकाल पनि सो समितिमा रहेका थिए। पर्यापर्यटन एबं ग्रामीण पर्यटन अभियन्ता पौडेल पञ्चासे क्षेत्रमा होमस्टे प्रबर्द्धन र पर्यापर्यटन अभियानमा सक्रिय रहँदै अाएका छन्। पञ्चासे क्षेत्रमा हाल अाएर भदौरे, चित्रे, अार्थर र राम्जामा ग्रामीण संस्कृतिमा अाधारित होमस्टेहरु सञ्चालित छन् साथै यी होमस्टेहरुको प्रबर्द्धन र प्रचारप्रसारमा पौडेलले यल्लेख्य काम गर्दै अाईरहेका छन्। सानै उमेरबाट पर्यटन प्रबर्द्धनका क्षेत्रमा सक्रिय पौडेल महासंघको प्रचारप्रसार भूमिकामा समेत अत्यन्तै लोकप्रिय मानिन्छन् ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.