under featured image
Sky Link

होमस्टे महासंघ अन्तरास्ट्रिय विभागमा बस्याल

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, जेष्ठ २२, 
देशैभरका होमस्टेहरुको छाता संगठन होमस्टे महासंघ नेपालको बिदेश बिभागमा युवा पर्यटन अभियन्ता एबं अग्रज युवा होमस्टेकर्मी धनीश्वर बस्याल चयन भएका छन्। होमस्टे यशोसियसन नेपाल सुरुवाती समयदेखि नै दिलोज्यान समर्पित गर्दै होमस्टे पर्यटन अभियानमा सक्रिय बस्याल पाल्पाका सुपरिचित पर्यटन ब्यवसायी समेत हुन्। उच्च सादगीपन र मृदुभाषी बस्याल तेस्राे राष्ट्रिय सम्मेलन बाट  लोकप्रिय मतका साथ होसान (हाल होफेन) को उपाध्यक्ष चयन भएका थिए। स्वर्गरुपी देशको प्राकृतिक सौन्दर्यात्मक बिशेषतामा अझै सुगन्ध थप्ने महाअभियानका एक साधक बस्यालले होमस्टे कर्ममार्फत नै बिबिध राष्ट्रिय एबं अन्तरास्ट्रिय अवार्ड समेत प्राप्त गरीसकेका छन्। विगतको कार्यकाल गण्डकी प्रदेश ईन्चार्जका रुपमा सफल कार्यकाल सम्पन्न गरेका बस्याल हाल लुम्बिनी प्रदेश ईन्चार्जका रुपमा समेत रहेका छन्। होमस्टे महासंघ बनेलगत्तै संस्थाले गाभर भ्याली होमस्टेमा यसअघि फागुनमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै अमलटारी होमस्टे नवलपुरका प्रेमशङ्कर मर्दनिया थारुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियोे ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.