
पोखरा भ्वाइस सम्वाददाता, असार ५, आइतबार नेपाली अभिनेता एबम फिल्म मेकर जसवन्त देव श्रेष्ठ को “फेस्टिवल अफ सरस्वति पुजा” ले हिजो भएको ४८ औं एम्मि अवार्ड २०२२ को धार्मिक विधाको आउट स्ट्यान्डिङ एचिभमेन्ट अन्तर्गत प्यासिफिक साउर्थन २०२२ एम्मि अवार्ड जित्न सफल भएको छ। फेस्टिवलका विभिन्न ९ बिधामा नोमिनेशनमा परेका श्रेष्ठ, अब एकमात्र तेस्ता नेपाली अभिनेतामा परेका छन जस्ले अमेरिका को एम्मि अवार्ड जित्न सफल भएका छन।
जुन १८ जुन, २०२२ मा पाम स्प्रिंस, क्यालिफोर्नियामा आयोजित अवार्ड कार्यक्रममा फिल्म निर्माता तथा अभिनेता जसवंत देव श्रेष्ठ द्धारा निर्माण भएको ‘दशैंको पर्व, “सरस्वतीको पर्व पूजा” र “महा शिवरात्रिको पर्व” गरि तीन वटा डकुमेन्ट्री एम्मी अवार्डको नोमिनेशनमा परेको थियो ।

उनले नेपाली कला र सस्कृतिका मिथक, किंवदन्ती, र पुरातन परम्परा तथा संस्कृतिलाई वृत्तचित्रमार्फत प्रस्तुत गरि बिश्व सामु पुर्याउनु पाउनु अवार्ड समेत जित्न पाउँदा औधी खुसी लागेको श्रेष्ठको भनाई छ । तर अहिले आफू अमेरिका भएकोले यो खुसी नेपाली दाजुभाइ हरु सामु साट्न नपाएकोमा दुख व्यक्त गरे।
अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका श्रेष्ठले आफु ४ बर्षको उमेर देखी अभिनेता बन्ने र विदेशमा नेपाली कलाकरिताको श्रीबृद्दिमा लाग्ने सपना पुरा भएको बताए । उनले भने,‘ नेपाली सम्पदा र आफ्नो संस्कृतिलाई जीवित राख्नका लागि चाडपर्वमाथि श्रृंखलाहरू सिर्जना गरेको हुँ । एक कलाकार र फिल्म मेकरको हुनुको नाताले राष्ट्रिय तर्फबाट यो महान सम्मान पाउँदा म खुसी निकै छु ।’
अवार्ड थाप्दै अभिनेता श्रेष्ठले भने “यो अवार्ड सम्पुर्ण नेपाली हरुको सम्मान हो। यस घडीमा म यस वृतचित्रमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण टिमका सदस्य हरुलाइ धन्यवाद दिन चाहन्छु। साथै अवार्डमा मलाइ भोट गरि नोमिनेशनमा लैजानु हुने एम्मि अवार्ड का आयोजना सदस्यहरुलाइ पनि बिशेष धन्यवाद दिन चाहन्छु।”