under featured image
Sky Link

“लन्डन टु पेरिस” को छायांकन सकियो

पेरिस को छायांकन अर्को महिनामा

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, साउन २०
एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ को लन्डनको छायांकन सकिएको छ। निर्माता अमित बस्नेत, सनिस खकुरेल, अन्कित गौतम, निर्देशक घनश्याम लामिछाने, साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का लगायत कलाकार  एबम प्राबिधिकहरुले शुटिङ सकिएपछी केक काटेर लन्डन छायांकन सफलता पुर्वक सकिएको खुसी मनाएका थिए। केक काटे लगत्तै कलाकार एबम प्राबिधिक सहितको टिमलाई नेपाली रेस्टुरेन्टमा रात्री भोज दिइएको थियो। २३ दिनको छायांकनमा लन्डनको भाग सकिएको निर्देशक घनश्याम लामिछानेले जानकारी दिए। बाकी छायांकन अर्को महिना फ्रान्सको पेरिसमा हुनेछ। लन्डनमा बस्ने युवा युवती को प्रेममय उतारचढाव समेटिएको सिनेमा “लन्डन टु पेरिस” रोम कम ड्रामा को यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुदैछ। घनश्याम लामिछाने को निर्देशनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का, मनिष श्रेष्ठ, लोक बिक्रम मल्ल, रुस्मा थापा का साथै लन्डनमा बस्ने नेपाली र इन्डियन कलाकारहरुले अभिनय गर्दैछन्। सिनेमा हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड बि, सलिन मगरले संगीत दिएका छन भने लङिनस फर्नाडेसको कोरियोग्राफी छ। सुनिल गौतमको हेयर र श्रीङार अनि आबेद परवको छायांकन, फिरोज खड्का को मुख्य सहायक निर्देशन रहेको छ।

Bg Hospital

फिल्म अग्निदहन बाट २०७४ सालको रास्ट्रीय अवार्ड प्राप्त निर्देशक घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ यहि भदौ १७ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.