under featured image
Sky Link

प्रोफाईल फोटोमा अरु फिल्म भन्दा प्रेमगन्जको दुई गुणा बढि

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, भाद्र १,
यही भदौ ३ अर्थात आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुन गईरहेको प्रतिक्षित चलचित्र प्रेमगन्जको पछिल्लो ७ दिनमा झण्डै १२ सय जनाले प्रोफाईल फोटो बनाएका छन् । प्रेमगन्ज नेपाली फिल्ममा सबैभन्दा धेरै प्रोफाईल फोटो बनेको चलचित्र हो । प्रेमगितको भने १८ दिनमा ६१३ प्रोफाईल फोटो बनेको छ । यसैगरि भदौ ३ मा नै प्रदर्शन हुन गईरहेको चलचित्र कृष्णलीला को ७ दिनमा ५६१ वटा र माईकल अधिकारीको ६३ वटा प्रोफाईल फोटो बनेका छन् । सिने क्षेत्र र बैंकिङ्ग क्षेत्रका लगभग ३०० जनाको उपस्थितिमा हिजो श्रावण ३१ गते सम्पन्न प्रिमियर सो मा प्रेमगन्जले अत्यन्तै उत्कृट समिक्षा पाएको छ । अधिकांशले प्रेमकथामा आधारित पछिल्लो समयको नेपाली फिल्ममा प्रेमगन्ज सबैभन्दा उत्कृष्ट चलचित्र बनेको भनि प्रतिक्रिया दिएका थिए । पत्रकार विजय आवाजले प्रेमगन्ज लाई मास्टर पिस फिल्मको ट्याग नै लगाई दिए । प्रायः हिन्दी र नेपाली चलचित्र हेरिसकेपछी कडा प्रतिक्रियात्मक फेसबुक स्ट्याटस लेख्ने स्कृन राइटर प्रदीप भारर्द्वाजले पनि प्रेमगन्ज उत्कृष्ट प्रेममय चलचित्र बनेको स्ट्याटस लेखिरहेका छन।  यस चलचित्रले दर्शकको कस्तो साथ पाउने हो त्यो जान्न भने आउँदो शुक्रबार सम्म प्रतिक्षा गर्नु पर्नेछ ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.