
पोखरा भ्वाइस सम्वाददाता, असोज ४,

कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्यान स्थायी घर भई हाल पोखरा लेकसाईडमा पर्यटन उद्धम सञ्चालनगरिरहेका युवा उद्धमी हुन् देबेन्द्र केसी। मध्यमबर्गीय किसान परिवारमा जन्मेर अबिराम संघर्षको प्रतिफलस्वरुपकुटी रिजोर्ट लेकसाईड लगायत दर्जनौ पर्यटन उद्धम र ब्यवसायको सफल सञ्चालकका रुपमा दरिएका छन् उनी। सामान्य किराना ब्यवसायबाट र यातायात सेवामार्फत ब्यवसायमा प्रबेश गरेका केसी हाल कुटी ग्रुपफार्फत १ दर्जन बढी ब्यवसायको सफल सञ्चालन गरिरहेका छन्। युवा अबस्थामा नै उच्च ब्यवसायिक सफलता हासिल गरेका केसी पोखरामा स्थापित युवा राजनैतिक ब्यक्तित्वका रुपमा समेत रहेका छन्। नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य समेत रहेका केसीलाई कास्की क्षेत्र नं ३ `ख´ अन्तर्गत प्रदेश साँसद पदको बलियो दाबेदारका रुपमा समेत हेरिएको छ। छोटो समयमा नै तीब्र सफलता हासिल गरेका केसी सबै युवाहरुका लागि उद्धमशीलताका प्रेरणाका रुपमा समेत रहेका छन्। राजनीति मागेर खाने र मागेर चल्नेचलाउने पेशेवर अबस्थामा पुगिरहेका बेला पोखराका प्रतिष्ठित युवा उद्योगी केसीको राजनीति प्रबेशले अर्कैमोड लिनेछ भनेर सबैले चासोका रुपमा हेरेका छन्। ब्यवसायिक सफलता सँगै सामाजिक नेतृत्वमा समेत रहेका केसीले पोखरा उद्योग बाणिज्य संघमा दुई कार्यकाल सदस्य र हाल उद्योग उपाध्यक्ष पदमा सर्बाधिकमतका साथ बिजयी भएका थिए। सकारात्मक राजनीति र राजनीतिको व्यापक सुधारको अपेक्षा सहित राजनीतिक घटनाक्रमको अपेक्षा सहित मानिसहरुले धारणा बनाईरहेको अबस्थामा केसी जस्ता युवा उद्योगी एबं उद्धमशीलताका उदाहरणीय पात्रको राजनीति प्रबेशले मानिसहरुमा एउटा नयँा अाशाको सञ्चार हुने बुझिएको छ। युद्धकालीन मोर्चाहरुबाट फौजी होलटाइम कार्यकर्ता उत्पादन गर्ने भट्टीमा रुपमा रहेको राजनीतिबदल्न नयाँ पात्र र तरङ्ग हरु अाईरहेको अबस्थामा केसीको अग्रसरतालाई पनि अलि पृथक दृष्टिकोणलेहेरिएको छ।