
पञ्चासे पुत्र, जो बन्दैछन् युवा उद्योगपति
नेपालका उत्कृष्ट १०० पर्यटन गन्तव्यमा पञ्चासे (२५१७ मि. ) पनि पर्दछ।सिद्धबाबामन्दिर, तालबाराही, अमिट एेतिहासिकता, कुटी, गुम्बा, जङ्गल र जडिबुटीले सजिएको यो सुन्दर भूमि एेतिहासिक धार्मिक पर्यटकीय स्थल पनि हो। ५,७०० हेक्टर सुनाखरी पुष्प बगानयुक्त जंगल र पर्यापर्यटनको अबिच्छिन्न सुन्दरताले भरिपूर्ण छ पञ्चासे। पर्यापर्यटन, जैबिक बिबिधता , अाध्यात्मिक पर्यटन, साँस्कृतिक बिबिधता उत्कृष्ट ग्रामीण अातिथ्य क्षेत्रको बैशिष्ट्यका रुपमा रहेको पञ्चासे परिचित ग्रामीण उद्धमस्थलका रुपमा समेत रहेको छ।

यिनै पर्यापर्यटनर पर्यावरणीय बैशिष्ट्यको सुन्दर बगैँचारुपी गाउँ पञ्चासे क्षेत्रमा जन्मिएका हुन् युवाउद्योगी देबेन्द्र केसी । उमेरले ३५ टेक्दानटेक्दै उद्धम ब्यवसायको शिरमा पुग्ने अबिराम उकालो चढ्दैछन् के.सी। पञ्चासेको पर्यावरणीय सुन्दरतामा हुर्केका उनले ब्यवसायमा कहिल्यै पछडि फर्कन परेन। किराना पसल,यातायात सेवा, होटल रेष्टुरेन्ट हुँदै उचाईमा चुलिएको उनको ब्यवसायिक यात्राले उद्योगको रुप मात्रैधारण गरेन, करिबन चार सैयौँलाई रोजगारीको माध्यम समेत बनाईरहेको। अाफ्नो ब्यवसायिक यात्रालाई चौगुना गतिमा दौडाईरहेका केसी कुटी ग्रुपमार्फत सञ्चालित दर्जन बढी ब्यवसायको मालिक समेत हुन्। बिदेश पलायन र जागिरको बाटो कहिल्यै नदेखेका भिजनरी युवा उद्धमी के.सी पर्यटन उद्धम, ग्रामीण पर्यापर्यटन रग्रामीण कृषि उद्धमद्वारा तीब्र छलाङ मार्न चाहन्छन् ।
सृजनशीलता र उद्धमशीलताका गहनाहरुले सुसज्जित के.सी समाजसेवा र राजनीतिमा समेत कमजोर छैनन्। यूवा उद्योगपतिको पहिचान बनाएका के.सी पोखरा उद्योग बाणिज्य संघको दुई कार्यकाल कार्यसमिति सदस्य र हाल भारी मतान्तरले बिजयी उद्योग उपाध्यक्ष समेत हुन्। शान्त ,सरल र गम्भीर मिजासका के.सी सर्बप्रिय युवा राजनीतिकर्मी समेत हुन्। नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य समेत रहेका के.सी कास्की क्षेत्र नं ३ ख अन्तर्गत प्रदेश सभा सदस्य पदका बलिया दाबेदार समेत हुन्। पञ्चासे क्षेत्रको झुल्किदो ताराका रुपमा रहेका उद्योगी के.सी अागामी ब्यवसायिक एबं राजनीतिक यात्राका दरिलो खम्बासमेत हुन्।