
सुन्दर प्राकृतिक पदयात्रा गन्तव्य पञ्चासे
नवराज पौडेल
प्रकृति र मानवका वीचमा अत्यन्तै अन्योन्याश्रित सम्बन्ध छ। मानव र प्रकृति एकअर्कालाई पूरक पनि हुन्। घुमफिर र प्राकृतिक विचरणका हिसाबले मात्रै नभै मानव अस्तित्व नै प्रकृति, पर्याबरणमा निर्भर छ। घुमफिरको कुरा गर्दा हाल आएर मानव ब्यवहारको अभिन्न पाटो बन्न थालिसकेको छ। बिदेशी हरु छुट्टी मनाउन नेपाल आएको हेरेका नेपालीहरु आफैँ घुमफिरका लागि बिदेशतिर लाग्ने प्रचलन पनि बढ्दो छ। यसबाट नै प्रस्ट हुन्छकि घुमफिरको महत्त्व कति अगाडि छ भनेर। हरेक तथ्य र ब्यवहारिक अनुभबहरुबाट पनि घुमफिर सिकाईको मूल्यमान्यता बढेर गएको पाईन्छ। कतिपयले त सैयौँ काम छाडेर पनि घुमफिरमा निस्क भनिसकेका छन्। अबलोकन, अन्बेषण एबं अनुसन्धानमूलक सिकाई चिरस्थायी हुने विचार विश्वभर साबित भैसकेको छ। नेपाल आफैमा रमणीय घुमफिर गन्तव्य पनि हो। पर्यटकीय राजधानी पोखरा पनि घुमफिर पर्यटनका निम्ति प्रसिद्धछ। आउँनुहोस् अब यै सुन्दर पोखरा नजिकैको घुमफिर गन्तव्यको चर्चा गरौँ।
पञ्चासे पदमार्ग पर्यटनको उत्कृष्ट र छोटो दुरीको आकर्षक गन्तव्य हो। सुन्दर संस्कृति, सुन्दरपर्यावरण र सुन्दर जैबिक बिबिधताका छटाहरु अबलोकन गर्न पाईने पदमार्ग गन्तव्य पञ्चासे कास्की, स्याङ्जा र पर्बत जिल्लाको संगम पनि हो। चरा अबलोकन, जैबिक बिबिधता र पर्यावरण अध्ययनका हिसाबले समेत उत्कृष्ट गन्तव्य पञ्चासे ग्रामीण पर्यटनका हिसाबले समेत उत्कृष्ट छ। लामो हिमशृङ्खला मात्रै हैन सूर्योदय र सूर्यास्तको अलौकिक दृश्यावलोकन गर्न पाईने पञ्चासे घुमफिरका लागि र सर्ट ट्रेकका लागि अति महत्त्वपूर्ण मानिन्छ । गुरुङ होमस्टेमा रमाउने, सुनाखरीहरुको सुन्दर सजावट हेर्ने, पर्यावरणीय स्वच्छताको आनन्द लिने, खोलानाला, झरना, तालतलैया र पार्कहरु अबलोकन गर्ने, बन्यजन्तु अबलोकन गर्ने साथै योगा, आध्यात्ममा पर्यावरणीय सुन्दरतामा लिन हुने या मायाप्रेममा रम्ने पनि यहाँका मूल गतिविधि र आकर्षण बन्नपुग्छन्। २५१७ मि सम्मको प्राकृतिक पदयात्रा र बाटोमा पाईने जैविक र पर्यावरणीय सुन्दरता अझै यहाँका महत्वका विषय हुन्। घुमफिर सँगै सुन्दर प्रकृति/पर्यावरण सँग साईनो गाँस्न पाउँनु र ग्रामीण पर्यटन र पर्यापर्यटनको आनन्द लिदै स्थानीय होमस्टेहरुको संस्कार र संस्कृतिसँग रम्न पाईनु पनि यहाँका मूल विशेषता समेत हुन्। पञ्चासेका केही मूल आकर्षणहरुलाई यसरी प्रस्तुत गरौ।
१. पञ्चासे सिद्दबाबा मन्दिर
२५१७ मि को सुन्दर हरियाली जंगलका विचमा पर्ने सुन्दर पञ्चासे पहाड साँच्चिकै नै भूस्वर्ग नै झै लाग्छ।सुनाखरी र लालीगुँरास अनि सैयौ पुष्प लहराहरु मगमगाएको जंगल र तहाँ रहेको हिन्दु आस्थाको धरोहर सिद्धबाबा मन्दिर प्रकृतिको स्वप्निल सुन्दर संयोजन झै लाग्छ। हरेक बर्ष बालाचर्तुदशीको अबसरमा लाग्ने मेलामा लाखौं दर्शनार्थी र तीर्थयात्रीले पितृ मोक्षको कामना गर्दै पुजा आरधना गर्ने गर्दछन्। हिन्दु आस्थाको धरोहर मन्दिरका रहेको मन्दिरमा पुगेपछि पुजा गर्ने मात्रै हैन पदयात्री समेत अचम्मित र दंग पर्दछन्। यहाँबाट सुन्दर हिमालहरुको लामो शृङ्खला, नजिकका गाउँ बस्तीहरु, सूर्योदय र सूर्यास्तको दृश्यका साथै सुन्दर मनमोहक हरियाली जंगलको उत्कृष्ट दृश्याबलोकन समेत गर्न सकिन्छ ।
२. पञ्चकोशी सरोबर
पञ्चासे ताल अति सुन्दर प्राकृतिक ताल हो। यो अति सुन्दर र कञ्चन छ। यहाँ जंगलबाट खसेका पातपतिङ्गर चराहरुले टिपेर समेत सफा पार्ने कार्य गरेको पाईन्छ। बालाचतुर्दशी मेलामा विशेष पुजा आरधना हुने यो ताल पर्यावरणीय सुन्दरताका दृष्टिकोणले समेत अति सुन्दर र कञ्चन छ।
३. कुटी, गुम्वा र पार्कहरु
पञ्चासे ऐतिहासिक महत्वको क्षेत्र पनि हो। परापूर्वकालमा च्यवन ऋषिको तपस्या भूमि पनि पञ्चासे रहेको कुरा बताईन्छ। यहाँ ऐतिहासिक कुटी, पाटी, पौवा, गुम्वा, मठमन्दिर आदि प्रशस्तै मात्रामा छन्। हालपनि पञ्चासेमा भारत, मलेसिया, क्यानडा लगायत देशहरुबाट समेत योगी, सन्यासी, तपस्वीहरु आएर कुटी आश्रममा बसिरहेका छन्। यो ध्यान, योग र तपस्याका लागि समेत पूण्यभूमि हो।

४. सुन्दर बनजंगल र बहुमुल्य सुनाखरी
पञ्चासे पहाड चारैतिर जंगलले घेरिएको छ। पदयात्राका क्रममा दाँयाबाँया जंगलले ढाकिएको सुन्दरपदमार्गबाट पञ्चासे पुग्न सकिन्छ। पञ्चासे सुनाखरी पदमार्ग सुरुवात देखि अन्तसम्म सुनाखरीयुक्त घनाजंगलले ढाकिएको छ। ५७०० हेक्टर जंगलले ढाकिएको यो क्षेत्र पर्यावरण, जैबिक बिबिधता र पर्यापर्यटनको कुञ्ज पनि हो। १४७ प्रजातिका बहुमुल्य सुनाखरी देख्न पाईने यहाँ २ थरी विश्वमै नपाईने सुनाखरी समेत अबलोकन गर्न पाईन्छ। यो ढकमक्क लालीगुँरासले ढाक्ने कोणधारी जंगल मात्रै नभै सुनाखरी, पुष्प बनस्पतिहरुको सुन्दर संयोजन भएको प्रकृतिको सुन्दर बगैंचा पनि हो। कहिले सुन्दर हरियाली तँ कहिले सुनाखरीको मुस्कुरावट अनि कहिले लालीगुँरासको स्वर्णिम लाली यहाँका मूल विशेषता समेत हुन्।
५. बन्यजन्तु र चराचुरुङ्गी
पञ्चासेको अर्को बिशेषता भनेकै कोणधारी जंगलका बीचमा पाईने बन्यजन्तु र चराचुरुङ्गी हुन्। सैँयौ चराचुरुङ्गी र दर्जन बढी बन्यजन्तुको बासस्थान क्षेत्र पञ्चासे बन्यजन्तु अबलोकन गर्नका लागि पनि महत्त्वपूर्ण गन्तव्य हो पञ्चासे सुनाखरी पदयात्रा कालिज, मृग, खरायो, चितुवा, भालु, गिद्ध, दुम्सी लगायत कैयन बन्यजन्तुर चराचुरुङ्गीको सहज अबलोकन गर्न पाईन्छ। मृग र चरा अध्ययनका निम्ति भारत लगायत अन्य देशहरुवाटसमेत मानिसहरु यहाँ आउँने गर्दछन्।
६. जडिबुटी र जैबिक बिबिधता
पञ्चासे जैबिक बिबिधता राजधानी नै हो। सुन्दर बनस्पति, पुष्प बगान, औषधीय विशेषता युक्त जडीबुटी यहाँका मूल सम्पत्ति हुन्। पाचऔले, सतुवा, तिते, सेतबरुवा, रक्तचन्दन लगायत पत्ता लगाउन नसकेका र खोज अध्ययन हुन बाँकी सैयौ बहुमुल्य औषधीय जडीबुटीको पुञ्ज पनि पञ्चासे हो। आयुर्बेद बिशेषज्ञहरुले यो औषधीय जडीबुटीको बगान क्षेत्र भएको प्रमाणित गर्दै आईरहेका छन्। यस्लाई आयुर्बेद अध्ययन केन्द्र र प्राकृतिक चिकित्सालयका रुपमा विकास गर्न प्रारम्भिक कामहरु भईरहेका छन्। वास्तबमै पञ्चासे क्षेत्र जडिबुटी र जैबिक बिबिधताको कुञ्ज नै हो।
७. छाँगा, छहरा र झरना
पञ्चासे क्षेत्र घना जंगलले ढाकिएको पहाड भएकाले यहाँ प्रशस्तै पानीका मुहान र स्रोतहरु छन्। पञ्चासे छदरीछहरा/ झरना यहाँको मूल झरना हो भने खहरे, हर्पनखोला, रतिखोलाको मूल मूहान पनि पञ्चासे नै हो। पोखराको सुन्दर ताल फेवातालको मूल मुहान नै पञ्चासेबाट सुरुवात हुने गर्दछ। यहाँ कैयन तालतलैया, झरना, पोखरी लगायत सुन्दर खोलानालाहरु प्रशस्त छन्। स्वच्छ पानीमा पाईने असला माछाका लागि पनि यो क्षेत्रप्रचलित छ। पञ्चासेका छाँगा, छहरा र झरनाहरुले पनि यहाँको सुन्दरताको महिमा बढाईरहेका छन्।
८. सुन्दर गाउँहरु र ग्रामीण साँस्कृतिक होमस्टे
पञ्चासे पहाडको चारैतिर सुन्दर गाउँहरु पर्दछन्। पञ्चासे पदयात्राको मूल विशेषता नै ग्रामीण परिबेश, साँस्कृतिक होमस्टे र अर्गानिक खानेकुरा हुन्। गुरुङ समूदाय, संस्कार र संस्कृतिको बाहुल्यता रहेको पञ्चासेमा गाउँपिच्छे पृथक बिशेषतायुक्त होमस्टे सञ्चालित छन्। गाउँमै फलाईएका अन्नपात, तरकारी, दूध मोही ररक्सी (लोकल) खान पाईनु यहाँको मूल बिशेषता हो। गुरुङ पहिरनमा सजिएका दिदिबहिनीहरुले देखाउने मौलिक नृत्य, दाजुभाइले देखाउने अर्घु, ट्होटे लगायतको मौलिक दृष्य निकै लोभलाग्दो र रोचक पाईन्छ। पञ्चासे पदयात्राको थकानका क्रममा पाईने स्थानीय स्वादिला खानेकुरा, मासुका परिकार, तरकारी, लोकल कुखुरा, ढिडो र गुन्द्रुक जोकोहीले भुल्नै नसक्ने रसिला र स्वादिला सम्झना हुने गर्दछन्। पञ्चासे यात्रा एक विशिष्ट पदयात्रा हो। पदयात्रामा पाईने सुनाखरी, जैबिक बिबिधता, वन्यजन्तु रचराचुरुङ्गी यहाँका मूख्य आकर्षण हुन्। प्रकृतिसँग लुकामारी खेल्दै पदयात्रामा निस्के सँगै मानव पञ्चासेको प्रकृतिसँगै विलिन हुनपुग्छ। पञ्चासे घुमफिर, भ्रमण, अध्ययन, अबलोकन र मनोरञ्जनका लागि हैन पर्याबरणीय स्वच्छतामा माया गाँस्न पनि उपयुक्त गन्तव्य हो। प्रेमिल जोडीहरु प्रेमलाई पर्याबरणसँगको तादाम्यतामा कसिलो बनाउने मात्रै हैन पर्याबरणमैत्री प्रेमालाप अनि प्राकृतिक हनिमुनका निम्ति पनि महत्त्वपूर्ण गन्तव्य हो। युवाहरुको प्रेम, प्रौढहरुको योग, ध्यान, तपस्या र साधना मात्रै नभै बृद्ध अबश्थाका मान्छेलाई पुजापाठ लगायत सबै उमेर समूहका मानिसको घुमफिरका निम्ति पनि पञ्चासे उपयोगी छ। पोखरा नजिकैको पदमार्ग पर्यटन गन्तव्य पञ्चासे प्राकृतिक उद्धान र प्रकृतिको भूस्वर्ग नै हो। पोखरा नजिकैको उत्कृष्ट पर्यापर्यटन गन्तव्य पञ्चासे छोटो दुरीको सुन्दर पदमार्ग गन्तव्यस्थल बनिसकेको छ। प्रकृतिमा रम्न चाहने सबै पदयात्रा पारखीहरुलाई प्रकृतिको सुन्दर उपहार पञ्चासेमा हार्दिक स्वागत।
भिडियो हेर्न यो लिन्क क्लिक गर्नुस्।