under featured image
Sky Link

कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रदर्शनीले कृषकहरुलाई प्रविधिमैत्री बनाउन सहयोग : शाह

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, माघ २७, चितवन।  मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीकोे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला कुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

प्रदर्शनीको अवलोकन गर्दै कार्यक्रमका प्रमुख व्यक्तित्व नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला कुमारी शाहले देशको समग्र अर्थतन्त्रको हिंसा ओगटेको कृषि प्रधान देश नेपालमा कृषिसँग सम्बन्धि प्रदर्शनीहरुले निकै ठूलो महत्व राख्ने बताउनुभयो । उहाँले यस्ता प्रविधियुक्त प्रदर्शनीहरुले सामान्य किसानदेखि ठूलो परिमाणमा व्यवसायिक कृषिसँग काम गर्दै आएका कृषकहरुलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्रदर्शनीमा रहेका अधिकांश कृषि सम्बन्धित स्टलहरुमा पुगी सम्बन्धित सरोकारवालाहरु सँग कृषि सँग सम्बन्धित उपकरणहरुको बारेमा जानकारी लिनुभएको थियो ।

Bg Hospital

सोही अवसरमा प्रदर्शनीको अवलोकन गर्दै मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.वसन्त कुशवाहा, कन्सुल जनरल भारत बिरगञ्जका प्रमुख नितेश कुमार, इसोचामका सहायक निर्देशक मनाङ्क शर्मा लगायतले यस्ता खाले प्रदर्शनीले वास्तविक कृषकहरुको मर्म, भावना समेटन सक्ने भएकोले प्रदर्शनी निकै फलदायी भएको बताएका थिए ।

यसैबीच प्रदर्शनीको अवलोकन पश्चात चितवन उद्योग संघको आयोजनामा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहसँग कृषि उद्यमशिलता सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरियो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत सँगै संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्रमा भएका कृषि सम्बन्धित प्रदर्शनीहरुको बारेमा जानकारी गराउनु भएको थियो । माघ २९ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थाको रुपमा रहेका छन् ।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.