
पोखरा भ्वाइस सम्वाददाता, फागुन १ चितवन ।
‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो ।
लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको विकास, प्रर्वद्धन तथा कलाकारहरुको प्रोत्साहनका लागि लक्की मिडिया हाउस निरन्तर क्रियाशिल छ ।

घरजग्गा सम्बन्धि कारोबार गर्दै आएको एसवन होम्सको मुख्य कार्यालय भरतपुर-११, नहरचोकमा रहेको छ । पोखरा, गैडाकोटमा समेत शाखा कार्यालय रहेको एसवन होम्सले दक्ष इञ्जिनियरको निगरानी तथा वास्तुशास्त्रको परामर्शमा नक्सा तथा भवन निर्माण गर्ने, आधुनिक तथा भूकम्प प्रतिरोधात्मक घर निर्माण जस्ता कामहरु गर्दै आएको छ । एसवन होम्सका निर्देशक शिव ढकालले सिने क्षेत्रको प्रर्वद्धन गर्न हातेमालो गर्न पाएकोमा खुशी लागेको बताए ।
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले मोफसुल टुरको पूर्वसन्ध्यामा सामाजिक कामहरुलाई निरन्तरता दिने जनाए । उनका अनुसार देवघाटमा रहेका वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने तयारी भएको छ । जेष्ठ नागरिकहरुबाट आर्शिवाद लिएर अवार्डको मोफसल टुर सुरु हुने बताए ।
एसवन ग्रुप अन्तर्गत एसवन विल्डर्स र एसवन होम्स पनि सञ्चालनमा छन् । एसवन विल्डर्सले आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डिपिआर तथा भवन निर्माणमा लागिपरेको छ । आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने लक्ष्य लिएको जनाइएको छ ।